समाचार Archives - Page 48 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
समाचार

नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । देशभरका यातायात कार्यालयबाट एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् । ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र(लाइसेन्स) जारी भएको भेटिएको थियो । अनलाईन खबर...
समाचार

१६ गते देखि बन्द अरुण नदिकाे फेरि पुन संचालनमा आयाे

भाेजपुरकाे उत्तरी दिङ्ला र संखुवासभाको तुम्लिङटार जाेड्ने अरुण नदिमा पर्ने सतिघाटकाे फेरि संचालनमा आएको छ । गत चैत १६ गते दिउसोबाट लठ्ठा घुमाउने पुुल्लीमा समस्या देखिए पछि फेरि बन्द भएको थियाे । लठ्ठा घुमाउने पुल्लि खिएर जानुका साथै त्यसले लठ्ठाका तारमा समेत समस्या देखिए पछि तत्काल फेरि बन्द गरिएको थियाे । षडानन्द नगरपालिकाकाे सम्पुर्ण टिम र काठमाडौंबाट आएको प्राविधिक टाेलिकाे अथक प्रयासपछि बैशाख ६ गतेबाट फेरि पुन संचालनमा आएको षडानन्द नगरपालिकाका कार्यकारी अधिकृत माेहन चापागाईंले बताए । फेरि मर्मत पछि उत्तरी क्षेत्रबाट चल्ने लामाे तथा छाेटाे दुरिका सवारीसाधन दिउँसोबाट संचालनमा आएका छन् । नदिमा पानीको वहाव षडान्नद नगरपालिका तर्फ माेडिएकाले सतिघाटतर्फ बालुवा धेरै थुप्रिएकाे छ । उक्त बालुवा स्काभेटल लगाएर नहटाउँदा सम्म ठुला मालवाहक सवारीसाधन ओसारपसारमा भने केही कठिनाइ हुने र त्यसकाे...
बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै सनाखत
समाचार

बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै सनाखत

बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम पश्चिम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, मुसिकोट नगरपालिका–२ रातामाटाका बसधनी बबि ददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका बस चालक सुवास गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेका  जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो । दुर्घटनामा २६ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाण्डौका लागि छुटेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस हिजो बेलुका  बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । बस सडकबाट...
माओबादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार

माओबादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

५ चैत्र २०८० सुन तस्करी प्रकरणमा आज पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राखेर थप अनुशन्धान अघि बढाउन अदालतले अनुमति प्रदान गरेको छ। जिल्ला अदालत काठमाडौंले उनिमाथि थप अनुशन्धान अघि बढाउन ४ दिन हिरासतमा राख्न अदालतले अनुमति प्रदान गरेको हो । सुनको तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठन गरिएको छानबिन आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार बिहान पूर्व सभामुख समेत रहेका महरासहितलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए। गृहमन्त्री रवी लागिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्...
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलबस्तुबाट नियन्त्रणमा
समाचार

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलबस्तुबाट नियन्त्रणमा

सुन प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलबस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भिम प्रसाद ढकालले जानकारी दिए । महरालाई थप अनुशन्धानका लागि अहिले कपिलवस्तुबाट काठमाण्डौ ल्याईंदै गरेको प्रहरीले जनाएको छ । सुन तस्करी सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महराको संलग्नता रहेको खुलासा गर्दै तत्काल उनलाई पक्राउ गरि मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको सिफारिस अनुसार महरालाई कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करीमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले राहुलबिरुद्ध ‘संगठित तस्करी’मा संलग्न रहेको आ...
हत्या भएको अवस्थामा मृत भटिएकी नर्सका प्रेमी पनि मृत भेटिए
अपराध, समाचार

हत्या भएको अवस्थामा मृत भटिएकी नर्सका प्रेमी पनि मृत भेटिए

विराटनगरमा एक पुरुष मृत भेटिएका छन् । हिजो (आइतबार) राति २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन् । प्रहरीका अनुसार शिवशंकर शुक्रबार दिउँसो विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी हुन् । नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिकाकुमारी आफू बसेकै कोठाको बाथरुममा मृत भेटिएकी थिइन् । नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर दासको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । श्राेत: नारायणी अनलाईन...
आगलागीमा परि भोजपुर हतुवागडीमा तीन बालबालिकाको मृत्यु
समाचार

आगलागीमा परि भोजपुर हतुवागडीमा तीन बालबालिकाको मृत्यु

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा हिजो भएको आगलागीमा परि एकै परिवारका तीन जना मृत्यु भएको छ । आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागिमा परि मृत्यु हुने पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी रहेको जिप्रका भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए । ...
बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य नहुने अर्थमन्त्री पुनको चेतावनी
अर्थ/व्यापार, समाचार

बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य नहुने अर्थमन्त्री पुनको चेतावनी

अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति कुनै हालतमा स्वीकार्य नहुने धारणा राखेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘बैंकहरुबाट अनावश्यक ऋण लिने तर तिर्ने बेलामा बिभिन्न बहाना देखाएर तिर्दिन भन्ने प्रवृत्ति अपराधपुर्ण भएको भन्दै सरकारले यस्ता गतिबिधीलाई नियन्त्रण गर्ने बताए । उनले प्राप्त उपलब्धी र व्यवस्थामाथि प्रश्न उठाउने, सानातिना कमजोरी औंल्याएर राजनीतिक प्रणालीका बिरुद्धमा लाग्ने र नेतृत्वप्रति नै अनास्था पैदा गर्ने प्रवृत्तिसँग मौलाउँदै गएको बताएका थिए । धार्मिक, सामाजिक अतिवाद, मिलेर रहेको समाजलाई विखण्डन गर्ने प्रवृत्तिहरू सरकारलाई सह्य नहुने मन्त्री पुनले राज्य प्रणालीमा भएको कमजोरीको समीक्षा गर्न आफूहरू तयार रहेको बताउँदै आफू अर्थमन्त्री रहँदासम्म जनतामा आशा जगाउने काम गर्ने अर्थमन्त्री पुनको भनाई थियो । ...
लुम्बिनीबाट एक हजार दुई सय ५० जना भिक्षुहरुको धम्मयात्रा शुरु
समाचार

लुम्बिनीबाट एक हजार दुई सय ५० जना भिक्षुहरुको धम्मयात्रा शुरु

रासस रुपन्देही — बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर अर्थात अल्पकालीन भिक्षुहरुको धम्मयात्रा आजदेखि शुरु भएको छ । उनीहरुले मायादेवी मन्दिरबाट धम्मयात्रा शुरु गरेका हुन् । यात्रा दुई दिनपछि पूरा हुनेछ । भिक्षुहरुलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डाक्टर हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा सुरु गराउनुभएको हो । लुम्बिनीबाट सुरु भएको धम्मयात्रा आज भैरहवा र भोलि नवलपरासीको रामग्राम पुग्नेछ । लुम्बिनीमा बुद्धशिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप धम्मयात्राले समुदायतहसम्म बौद्धशिक्षालाई अघि बढाउन सहयोग पुग्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनुभयो । लुम्बिनीमा गएको फागुन १६ गतेदेखि एक हज...
सुन तस्करीमा संलग्न रहेकाे आशंकामा दीपेश पुन पक्राउ
समाचार

सुन तस्करीमा संलग्न रहेकाे आशंकामा दीपेश पुन पक्राउ

सुन तस्करीको आशंकामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रहरिले पक्राउ गरेकाे छ । पुनलाई काठमाण्डौबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जनाकारिदिए । गत श्रावणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको करिब ६१ केजी सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको प्रहरिकाे भनाई छ । हिजो गृहमन्त्रीसमक्ष पेस भएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता रहेकाे खुलाईएकाे छ । ...