ललिता निवास प्रकरणमा १२ जना दोषी ठहर
बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले बिहिबार रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ।
दोषी ठहर हुने अन्यमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि दोषी रहेको सर्वोच्च अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।
उनले अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको जनाएका हुन् । सो जग्गा व्यक्तिको नाममा ल्याउन प्रमुख भूमिका निर्वाह गरेका रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई पनि बिषेस अदालतले जनाएको छ । विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेको प्रवक्ता कार्कीले बताए।
उनले मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको जानकारी गराए । अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर...









