सामाजिक संस्थाहरुद्वारा संयुक्त रुपमा विश्व क्यान्सर दिवस मनाईयाे
हेरचाहमा हुने असमानताकाे अन्त्य गराैं भन्ने नाराका साथ आज बिश्वभर विभिन्न चेतनामुलक कार्यक्रमका साथ विश्व क्यान्सर दिवस मनाईएकाे छ ।
दिवसका अवसरमा नेपाल अर्बुद राेग निवारण सस्था संखुवासभाले आज सदरमुकाम खाँदबारिमा दिप प्रज्वलन कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
संखुवासभा उद्योग बाणिज्य संघ र खाँदबारी युथ क्लबसंगकाे सहकार्यमा खाँदबारिकाे पाेखरि पार्कमा आयाेजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहनुभएकाे थियाे ।
बिशिष्ठ अतिथिका रुपमा नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष ईन्द्र गिरी, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान, नेपाल भलिबल संघका केन्द्रीय सदस्य प्रबिण श्रेष्ठ रहनुभएकाे थियाे ।
अर्बुदका जिल्ला सचिब निरञ्जन श्रेष्ठले संचालन गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी समन्वय प्रमुख सुमन शाक्यले क्यान्सर राेगलाई प्राण घातक राे...









