समाचार Archives - Page 68 of 77 - साझाकुरा
शनिबार, फाल्गुन ३०, २०८२

समाचार

गोर्खा वेल्फेयर ट्रष्टले पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम गर्ने
समाचार, स्वास्थ्य

गोर्खा वेल्फेयर ट्रष्टले पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम गर्ने

गोर्खा वेल्फेयर ट्रष्टले संखुवासभाको पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम आयोजना गर्नेभएको छ । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक सहयोग तथा पाँचखपन नगरपालिकाको संयोजनमा जन्मेदेखि २४ महिना सम्मको बालबालिकाको पोषण सुधार कार्यक्रम अन्तर्गत आगामी कार्तिक १५ देखि १८ गते सम्म मास स्कृनिङ्ग कार्यक्रम आयोजना गरिने वेलफेयर ट्रष्टका सोसियल सुपरभाईजर ज्ञानु भोटेले जानकारी दिए । यो कार्यक्रमबाट कुपोषित बालबालिकाको पहिचान र उनिहरुको स्वास्थ्य समस्याको निदान तथा उपचार शुरु गरिने उनले बताए । पाँचखपन नगरपालिकाको वडा नं. १ देखि ९ सम्म घरदैलो कार्यक्रम गरि कुपोषित बालबालिकाको घरघर सम्म महिला स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्य कर्मिहरु परिचालन गरिने ज्ञानु भोटेको भनाई छ । कार्यक्रममा २७ जना महिला स्वास्थ्य स्वयंसेवीका तथा सम्वन्धीत वडाको स्वास्थ्यकर्मिहरु परिचालन गरि घरदैलो अ...
डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक
शिक्षा, समाचार, समाज

डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक

डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक भएको छ।  योगविज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४औं कृति हो। यसमा विवाह सम्बन्धी ज्ञान, विज्ञान र मनोविज्ञान समेटिएको छ।  “यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकांक्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् छ भन्ने मेरो विश्वास छ,” डा. अधिकारीले भने।  पुस्तकमा अधिकारीले विवाहका विविध पाटालाई केलाएर उत्तम छनोटका लागि मानिसलाई मार्गनिर्देश गरेको प्रकाशक संस्था फाइनप्रिन्टका नीरज भारीले बताए। भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योगविज्ञान एवम् मानव चेतना विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका अधिकारीका खाने कसरी पिउने कसरी, योग पनि गरौं भोग पनि गरौं, यस्तो होस् जीवनशैली, जिन्दगी रिल्याक्स प्लिज!, संस्कारी बन्ने काइदा, नैतिक सुखवाद र जीवन मूल्यहरू लगायत पुस्तक प्रकाशन भइसकेका छन्। पुस्तकका लेखक ड...
सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकको प्रतिवेदन कानून समितिबाट पारित
समाचार

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकको प्रतिवेदन कानून समितिबाट पारित

कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधबार समितिले पारित गरेको हो । उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताउनुभयो । उहाँका अनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ । तत्कालिन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राख्ने तर तत्कालिन अवस्थामा ३ किलोमिटरको सीमाको...
स्थानीय संस्कृति संम्वर्धन र पर्यटन प्रवर्धनका लागि चिचिलामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन (पत्रकार सम्मेलनको भिडियो सहित)
समाचार, समाज

स्थानीय संस्कृति संम्वर्धन र पर्यटन प्रवर्धनका लागि चिचिलामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन (पत्रकार सम्मेलनको भिडियो सहित)

यहि असोज २७ गते संखुवासभाको चिचिला गाउँपालिकामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन हुने भएको छ । भारत, अमेरिका र चिनियाँ प्रतिनीधिहरुको सहभागितामा सम्मेलन हुन लागेको पत्रकार सम्मेलन मार्फत चिचिला गाउँपालिकाले जानकारी दिएको हो । कार्यक्रम चिचिला गाउँपालिकाको आयोजना तथा मकालु साहित्य समाजको संयोजनमा हुन लागेको हो । चिचिला गाउँपालिकाको साँस्कृतिक तथा पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गर्न लागिएको हो । कार्यक्रममा मुख्य गरि भारत आसामका आदिवासी समुदाय कार्वी कुर्फो आमेईको साँस्कृतिक टोलीको सहभागिता रहने गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा चिचिला गाउँपालिका भित्रका जातजातिहरुको साँस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने जिल्लाका अन्य स्थानीय तहहरुबाट समेत झाँकी सहितको जनप्रतिनीधिहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा बताईएको छ । कार्यक्रमम...
राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ
अपराध, समाचार

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् । हिजो दिउँसो जुम्लाको सिँजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका-४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका-८ का २३ वर्षीय कमल खनाललाई घुससहित पक्राउ गरेको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  हल्दिबारी गाउँपालिकामा उनीहरु कार्यरत थिए । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार रुपैयाँ लिएपछि घटना सार्वजनिक भएको हो । पौडेलले उनीहरुविरूद्ध  जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि  प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । ...
खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना
खेलकुद, समाचार, स्वास्थ्य

खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना

“पर्यटन प्रवर्धन,खाँदबारी रन” मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।
हमासकाे आक्रमणमा  ज्यान गुमाएका नेपालीहरुकाे शाेकमा भाेलि राष्ट्रिय शाेक बिदा,मृतकका परिवारलाई जनहि १० लाख राहतकाे घाेषणा
अन्तर्राष्ट्रिय, समाचार

हमासकाे आक्रमणमा ज्यान गुमाएका नेपालीहरुकाे शाेकमा भाेलि राष्ट्रिय शाेक बिदा,मृतकका परिवारलाई जनहि १० लाख राहतकाे घाेषणा

इजरायलमा हमासकाे आक्रमणमा परि मृत्यु भएका १० जना नेपालीकाे शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शाेक बिदाकाे घाेषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शाेक बिदाकाे घोषणा गरेको हाे । आजकाे बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई नेपाल फर्काउने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए । इजरायलमा गएकाे शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट 'इन्टर्नसिप' मा गएकामध्ये १० जना विद्यार्थीको मृत्यु भएकाे थियो । ...
अफगानिस्तानमा आएकाे  भूकम्पपरि  २ हजार बढिकाे मृत्यु १० हजार घाईते
अन्तर्राष्ट्रिय, समाचार

अफगानिस्तानमा आएकाे भूकम्पपरि २ हजार बढिकाे मृत्यु १० हजार घाईते

सनिबार अफगानिस्तानमा आएकाे बिनाशकारि भूकम्पमा मृत्युहुनेकाे सङ्ख्या दुई हजार नाघेकाे छ । हिजो शनिवार गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा दुई हजार जना पुगेको र १० हजार जनाभन्दा धेरै घाइते भएकाे अफगानि अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेकाे छ । इरान र अफगानिस्तानको सीमा नजिकमा पर्ने पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पका कारण उनिहरुकाे ज्यान गएकाे हाे । भूकम्पका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् । मानिसहरू भग्नावशेषमा फसेका छन् । तालिबान अधिकारीहरूले खोज तथा उद्धार र राहतका लागि विश्वव्यापी रूपमा सहयाेगकाे आग्रह गरेका छन् ।...
जनकपुर बिग मार्टमा आगलागी,करोडाैंकाे क्षति
समाचार

जनकपुर बिग मार्टमा आगलागी,करोडाैंकाे क्षति

गए राति जनकपुर बिग मार्टमा भिषण आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे देखि आगो लागे पनि आज बिहान मात्र नियन्त्रणमा आ एकाे छ । जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ । मार्टको  सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ ।...