खाँदबारी बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम ( फोटो फीचर सहित )
संखुवासभा पौष ७
वातावरणीय स्वच्छता कायम राखौ, स्वस्थ जिवन बाँचौं, हाम्रो फोहोर हाम्रै जिम्मेवारी भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ संखुवासभाको आयोजनामा सदरमुकाम खाँदबारीमा सामुहिक सरसफाई अभियान संचालन गरिएको छ । फोहोरका कारण जिल्ला सदरमुकामको प्रमुख बजारका रुपमा रहेको बसपार्क क्षेत्रको सौन्दर्यता खच्किएको भन्दै पत्रकार महासंघले खाँदबारी युथ क्लव, संबृद्ध बहुउदेश्यिय सहकारी संस्था, नेपाल अर्बूद रोग निवारण संस्थासगको संयुक्त आयोजनामा सरसफाई अभियान संचालन गरेको हो ।
सरसफाई अभियानमा जिल्ला प्रसाशन कार्यालय, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला समन्वय समिति, रेडक्रस, यातायात ब्यवसायी महासंघ लगायतको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया,सहायक प्र...









