स्वास्थ्य Archives - Page 7 of 9 - साझाकुरा
सोमवार, असार ८, २०८३

स्वास्थ्य

हेलिकप्टर दुर्घटनामा घाईते भएका पाइलट सेढाईंको मृत्यु
समाचार, स्वास्थ्य

हेलिकप्टर दुर्घटनामा घाईते भएका पाइलट सेढाईंको मृत्यु

असोज २७ गते मनाङ्ग एयरकाे हेलिकप्टर दुर्घटना हुँदा शरिरकाे ५० प्रतिशत भाग जलेर गंभिर घाईते मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधनभएको छ। उनले उढाएकाे हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालमा उपचार हुन नसकेपछि भारतकाे मुम्बई लगिएको थियो। नेसनल बर्न सेन्टर, मुम्बईमा उपचारका क्रममा रहेका उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्ति प्रकाशित गरि जनाएकाे छ। ...
पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न
खेलकुद, मनोरन्जन, समाचार, स्वास्थ्य

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न भएकाे छ । संखुवासभाकाे खाँदबारी युथ क्लबले नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा“पर्यटन प्रवर्धन खाँदबारी रन भन्ने मुल नाराका साथ आयाेजना गरेकाे धावन प्रतियाेगिता दशै, तिहार र छट पर्वकाे शुभकामना आदानप्रदान सहित आईतबार भब्य रुपमा सम्पन्न भएकाे हाे । खाँदबारी स्थित टुडिखेलबाट विभिन्न बिधामा रन शुरु गरिएकाे थियाे । खाँदबारी रनमा तीन सय बढिकाे सहभागिता रहेकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए । प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम र भेट्रन गरि चार वटा बिधामा प्रतिश्पर्धा गराईएकाे क्लबले जनाएकाे छ । बिभागिय पुरुष टिमतर्फ नयाँ भैरबी दल गुल्मका सुर्य बहादुर राेकायले प्रथम स्थान हाँसिल गरे भने निान खड्का र सुजन बिश्वकर्माले क्रमश दितिय र तृतिय स्थान हाँसिल गरे त्यसैगरि खुल्...
“पर्यटन प्रवर्धन,खाँदबारी रन”काे सम्पुर्ण तैयारि पुरा
खेलकुद, मुख्य समाचार, स्वास्थ्य

“पर्यटन प्रवर्धन,खाँदबारी रन”काे सम्पुर्ण तैयारि पुरा

नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा संखुवासभाकाे खाँदबारी युथ क्लबले आयाेजना गर्ने "खाँदबारी रन”काे सम्पुर्ण तैयारि पूरा भएकाे क्लबले जनाएकाे छ । भाेली आईतबार बिहान् ठिक ७:३० बजे खाँदबारी स्थित टुडिखेलबाट विशेष कार्यक्रमका साथ रन शुरुगरिने सम्पुर्ण तैयारि पुरा भएकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए खाँदबारी रनमा करिब पाँचसय बढिकाे सहभागिता रहने अपेक्षा रहेकाे शाक्यले जनाए । भाेलि हुने प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि तिन वटा बिधामा प्रतिश्पर्धा गराईने क्लबले जनाएकाे छ । बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल, खुल्ला पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन खाँदबारी टुडि...
गोर्खा वेल्फेयर ट्रष्टले पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम गर्ने
समाचार, स्वास्थ्य

गोर्खा वेल्फेयर ट्रष्टले पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम गर्ने

गोर्खा वेल्फेयर ट्रष्टले संखुवासभाको पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम आयोजना गर्नेभएको छ । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक सहयोग तथा पाँचखपन नगरपालिकाको संयोजनमा जन्मेदेखि २४ महिना सम्मको बालबालिकाको पोषण सुधार कार्यक्रम अन्तर्गत आगामी कार्तिक १५ देखि १८ गते सम्म मास स्कृनिङ्ग कार्यक्रम आयोजना गरिने वेलफेयर ट्रष्टका सोसियल सुपरभाईजर ज्ञानु भोटेले जानकारी दिए । यो कार्यक्रमबाट कुपोषित बालबालिकाको पहिचान र उनिहरुको स्वास्थ्य समस्याको निदान तथा उपचार शुरु गरिने उनले बताए । पाँचखपन नगरपालिकाको वडा नं. १ देखि ९ सम्म घरदैलो कार्यक्रम गरि कुपोषित बालबालिकाको घरघर सम्म महिला स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्य कर्मिहरु परिचालन गरिने ज्ञानु भोटेको भनाई छ । कार्यक्रममा २७ जना महिला स्वास्थ्य स्वयंसेवीका तथा सम्वन्धीत वडाको स्वास्थ्यकर्मिहरु परिचालन गरि घरदैलो अ...
लेक लागेर मुस्ताङमा युक्रेन र भारतीय पर्यटकको मृत्यु
मुख्य समाचार, शिक्षा, स्वास्थ्य

लेक लागेर मुस्ताङमा युक्रेन र भारतीय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर युक्रेनी र भारतीय नागरिकको मृत्यु भएको छ । गत असोज १९ गतेपोखराबाट १० जनाको समूहसहित मुस्ताङ भ्रमणका लागि पुगेकी युक्रेनी महिला ३५ वर्षीया अन्ना पानिनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए । उनले कागबेनीमा बास बसेर असोज १९ गते पैदल हिँडेर झोङ हुँदै मुक्तिनाथ जाने क्रममा बीच बाटोमै उनलाई लेक लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश गौतमले बताए। युक्रेनी महिला पानिनालाई श्वासप्रश्वास र टाउको दुख्ने समस्या देखिएको थियो। लेक लागेका कारण बिरामी परेकी उनलाई जोमसोम अस्पतालमा उपचार लगिएको थियो। उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। लेक लागेर मृत्यु भएकी महिलाको शव हेलिकोप्टरमार्फत् काठमान्डौं लगिएको उनले जनाए । त्यसैगरी भारतको तामेलनाडुबाट मुक्त...
खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना
खेलकुद, समाचार, स्वास्थ्य

खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना

“पर्यटन प्रवर्धन,खाँदबारी रन” मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।
अज्ञात समुहले दल्याे ब्यवसायि दुर्गा प्रसाईंलाई कालोमोसो
मुख्य समाचार, स्वास्थ्य

अज्ञात समुहले दल्याे ब्यवसायि दुर्गा प्रसाईंलाई कालोमोसो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्।  काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्। उक्त होटलमा पत्रकार सम्मेलन सकेर बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो किन र कसले दलेकाे हाे भन्नेबारेमा अनुसन्धानअघि बढाईएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारि दिए । ...
जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार, आकस्मिक बाहेकका सबै सेवा ठप्प
स्वास्थ्य

जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार, आकस्मिक बाहेकका सबै सेवा ठप्प

सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पतालमै दुर्व्यवहार भएको छ । अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचारकै क्रममा सोमवार ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेका जनाइएको छ । अस्पताल प्रमुख डा प्रशान्त शाहका अनुसार सोमवार दिउँसो उपचारका लागि आएकाे भन्दै जाँडरक्सी खाएर गरेर अस्पताल प्रवेश गरेका एक व्यक्तिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपात गर्दै अस्पतालमा समेत तोडफोडको प्रयास गरेका थिए । जाँडरक्सी खाएर गरेर गाडी चलाएका कारण दुर्घटनामा परि  उपचारका लागि आएका ती व्यक्तिले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु माथि अपशब्द प्रयोग गर्दै जाइ लागेका अस्पतालले जनाएको छ । उनलाई अस्पतालले सामान्य उपचार पश्चात् प्रहरीको जिम्मा लगाएको अस्पताल प्रमुख डा. शाहले बताउनुभयो । घटनाको जिल्ला अस्पतालले भर्त्सना गरेको छ । सोमवार रात...
कोरोनाविरुद्धको खोप पत्ता लगाउने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
स्वास्थ्य

कोरोनाविरुद्धको खोप पत्ता लगाउने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

यस वर्षको भौतिक विज्ञान तथा औषधि विज्ञान बिधाको नोबेल पुरस्कार अमेरिकी जीव शास्त्रीद्वय कटलिन करिको र ड्रे वायसमानलाई प्रदान गरिएको छ । कोभिड १९ विरुद्धको प्रभावकारी खोप विकास गर्न सक्षम बनाउने न्यूक्लियोसाइडमा आधारित परिमार्जन सम्बन्धी खोज गरेको आधारमा उनीहरुलाई नाबेल पुरस्कार प्रदान गरिएको हो । सन् २०२० को अन्त्यमा न्यूक्लियोसाइडमा आधारित दुई अत्यधिक सफल खोपहरूको अनुमोदन गर्न कटलिन करिको र ड्रे बायसमानको भुमिका महत्वपुर्ण रहेको भन्दै पुरस्कार प्रदान गरिएको हो । सो खोपले कोरोना कालमा लाखौँ मानिसको ज्यान जोगाएको थियो । सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित यो पुरस्कार भौतिक शास्त्र, रसायन शास्त्र, जीवशास्त्र, साहित्य, शान्ति, चिकित्सा र अर्थशास्त्र विधानमा प्रदान गरिन्छ । नोबेल पुरस्कार विजेतालाई बाह्र लाख अमेरिकी डलर प्रदान गर्ने गरिन्छ । ...
जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन
समाचार, स्वास्थ्य

जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन

ओखलढुंगा । जिल्ला समन्वय समिती ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । शनिबार राती १० बजे शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचारको क्रममा ७३ वर्षको उमेरमा खनालको निधन भएको हो । खनाल लामो समय देखी क्यान्सर रोग बाट पीडित थिए । जिसस प्रमुख खनाल केही महिना अघि थप अवस्थ भएपछी उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको उनका भतिज एवम् नेपाली काँग्रेस जिल्ला सभापती तेजेन्द्र खनालले बताए । यस अघि नेपाल तथा भारताका विभिन्न अस्पतालमा उनको उपचार प्रयास गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समिती सभापती खनालले जानकारी दिए ।खनाल नेपाली काँग्रेसको तर्फबाट जिल्ला समन्वय समिती ओखलढंगाको प्रमुख बनेका हुन् । खनाल नेपाली काँग्रेस जिल्ला कार्य समिती ओखलढुंको पुर्व कोषाध्यक्ष, उपाध्यक्ष साथै महासमिती सदस्य भएका थिए । खनालको परिवारमा दुई छोरा र दुई छोरी छन् । आज आईतबार पशुपती आर्य घाटमा खना...