पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा परि ४६ जनाको मृत्यु
पुष ११,
पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको मृत्यु भएको छ । पूर्वी अफगानिस्तानको पक्टिका प्रान्तमा पाकिस्तानी सैन्य विमानले गरेको बमबारीमा कम्तीमा ४६ जनाको ज्यान गएको र अरू धेरै जना घाइते भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् ।
गत मंगलबार देखि अफगानिस्थानमा पाकिस्तानले गरेको बम वर्षक विमान मार्फतको आक्रमण मा उनिहरुको ज्यान गएको बताईएको छ ।
पाकिस्तानी बम बर्षक बिमानले अफगानिस्तानका चार स्थानमा ब्यापक आक्रमण गरेको जनाईएको छ ।
पाकिस्तानी तालिबान (टीटीपी) लडाकू समूहको शिविरमा हवाई आक्रमण गरेको पाकिस्तानले पुष्टि गरेको छ । उता अफगानिस्तानको तालिबान सरकारले यसको बदला लिने चेतावनी दिएको छ । यो क्रूर अमानवीय कार्यको कडा भत्र्सना गर्दछौं । अफगानिस्तानको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खुराजमील...









