अपराध Archives - Page 3 of 8 - साझाकुरा
सोमवार, असार ८, २०८३

अपराध

सामाजिक संजालमार्फत ठगिको घटना बढ्दै सचेत रहन प्रहरीको अनुरोध
अपराध, समाचार

सामाजिक संजालमार्फत ठगिको घटना बढ्दै सचेत रहन प्रहरीको अनुरोध

संखुवासभा कार्तिक २९ पछिल्लो समय संखुवासभामा पनि सामाजिक संजालको प्रयोगबाट हुने ठगि धन्दामा पिडित हुनेहरुको संख्या बढ्दै गएको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्स एप्स, ईस्टग्राम, लगायतका सामाजिक संजाल मार्फत ठगिनेको संख्या दर्जनमा मात्र नभएर सैयौंको संख्यामा रहेको पिडितहरुको भनाई छ । ह्याकरहरुले अरुको फेसबुक, फेसबुक पेज, जि मेल लगायत अन्य संजालहरु ह्याक गरि आफ्ना चिनजान र साथीभाईहरुलाई म्यासेज पठाई पैसा माग्ने गरेको र आफ्नै चिनजानको साथी हो भन्ने सम्झेर पैसा ट्रान्सफर गर्दा आफु ठगिएको नाम नखुलाउने शर्तमा खाँदबारी १ का एक ब्यवसायीले बताए । उनले आफुजस्तै सामाजिक संजालबाट ठगिनेको संख्या उल्लेख्य रहेको अनुमान गरेका छन् । नजिकका चिनजानको साथीको फेसबुकबाट बारम्बार केहि रकम सहयोगका लागि अनुरोध भएकाले आफुले बिश्वास गरेर रकम पठाउँदा ठगिनुपरेको उनले बताए । पछिल्लो समय अनलाईन ठगिका घटनाहरु ...
फरार बान्तवा कतारबाट फर्काइए
अपराध, समाचार

फरार बान्तवा कतारबाट फर्काइए

कार्तिक १४ पत्नीको हत्या गरेर फरार अभियुक्त भोजपुरका गजेन्द्र बान्तवा कतारबाट पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलले रेड नोटिस जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ । एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका बान्तवालाई सम्बन्धित मुद्दामा कारबाही गर्ने, गराउने प्रयोजनका लागि गत मंगलबार नेपाल ल्याईएको प्रहरीले जनाएको छ । प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको विशेष पहलमा रेड नोटीस जारी भएपछि बान्तवालाई फिर्ता ल्याइएको प्रहरीको भनाई छ । २०७८ साल मंसिर ३ गते मेचीनगर नगरपालिका–११ झापा धाइजन बस्ने ४८ वर्षीय शर्मिला तामाङ आफ्नै कोठामा मृत भेटिएकि थिईन् । प्रहरी अनुसन्धानमा उनको हत्या भएको पाईएपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा बान्तवाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी परेको थियो । मृतक शर्मिलाका दाजुले बान्तवा बिरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी ...
बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुवाङ बजार बन्द
अपराध, समाचार

बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुवाङ बजार बन्द

कार्तिक ६ बालिका बलात्कार गर्ने आरोपीलाई पक्राउ नगरिएको भन्दै दाङको भालुबाङ बजार बन्द गरेका छन् । उनिहरुले आज मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरको छ भने भालुबाङ बजार समेत पुर्णरुपमा बन्द गरेका छन् । गत असोज २४ गते सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न गएकी ८ बर्षीया बालिका बलात्कार गरिएको उनिहरुको आरोप छ । उक्त घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको बताएको थियो । पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिकासंगै रहेकी अर्की १५ बर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानका लागि भन्दै कार्यालयमा संरक्षण गरेर राखेको जनाईएको छ । दुवै बालिका संग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसंग सोधपुछ भैरहेको प्रहरीको भनाई आएपनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन । जिल्ला प्रहरी कार्यालय द...
सहकारी ठगीका आरोपी फरार मेयर नेपालीलाई भारतबाट नेपाल ल्याईदै
अपराध, समाचार

सहकारी ठगीका आरोपी फरार मेयर नेपालीलाई भारतबाट नेपाल ल्याईदै

असोज ११ सहकारी ठगी आरोपमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा पक्राउ गरिएको छ । सुरक्षा अधिकारीहरुले उनलाई नियन्त्रणमा लिईएको जनाएका छन् । इन्टरपोलमा समेत रेड नोटिस जारी गरि खोजि शुरु गरिएको उनलाई दिल्लीमा भारतिय प्रहरीले फेला पारेर नेपाल प्रहरीलाई बुझाउने तैयारी गरेको जनाईएको छ । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली गत २०८० जेष्ठ ५ गते देखि फरार भएका थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जेठ १६ गते...
सहकारी ठगीको करोडौं रकम फिल्ममा डुब्यो
अपराध, समाचार

सहकारी ठगीको करोडौं रकम फिल्ममा डुब्यो

२०८१ असोज १० सहकारी ठगी प्रकरणमा फिल्म क्षेत्र समेत तानिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा सहकारी ठगीको रकम चलचित्र क्षेत्रमा समेत प्रयोग भएको भेटिएको उल्लेख छ । काठमाडौंको कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष दिनेश दर्शनधारीले ठूलो लागतमा सिनेमा र म्युजिक भिडियो बनाएको र त्यसमा सहकारीको ठूलो लगानी फसेको जनाइएको छ । कीर्तिपुरका स्थानीय दर्शनधारीले नेपाल प्रहरीका पूर्व एआईजी छविराज जोशीका छोरा रोचक जोशी, अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ तथा करिश्मा मानन्धरकी छोरी कविता मानन्धरलाई म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर ठूलो लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । दर्शनधारीका भाइ योगेन्द्र दर्शनधारीले निर्मल बुद्धभूमि बचत तथा कृषि फार्म नै चलाएको समेत प्रतिवेदनमा उल्लेख छ । सरकारले सहकारी संस्था बचत र...
सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली सपरिवारसहित सम्पर्कविहिन
अपराध, राजनीति, समाचार

सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली सपरिवारसहित सम्पर्कविहिन

असाेज ९ गण्डकी- कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार हुनुहुन्छ । सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उहाँ सपरिवार सम्पर्कविहीन हुनुभएको थियो । प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरेपनि उहाँ अझै पक्राउ पर्न सक्नुभएको छैन । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।...
सामाजिक संजालमार्फत ठगिको घटना बढ्दै सचेत रहन प्रहरीको अनुरोध
अपराध, शिक्षा, समाचार

सामाजिक संजालमार्फत ठगिको घटना बढ्दै सचेत रहन प्रहरीको अनुरोध

भाद्र ४ पछिल्लो समय संखुवासभामा पनि सामाजिक संजालको प्रयोगबाट हुने ठगि धन्दामा पिडित हुनेहरुको संख्या बढ्दै गएको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्स एप्स, ईस्टग्राम, लगायतका सामाजिक संजाल मार्फत ठगिनेको संख्या दर्जनमा मात्र नभएर सैयौंको संख्यामा रहेको पिडितहरुको भनाई छ । ह्याकरहरुले अरुको फेसबुक, फेसबुक पेज, जि मेल लगायत अन्य संजालहरु ह्याक गरि आफ्ना चिनजान र साथीभाईहरुलाई म्यासेज पठाई पैसा माग्ने गरेको र आफ्नै चिनजानको साथी हो भन्ने सम्झेर पैसा ट्रान्सफर गर्दा आफु ठगिएको नाम नखुलाउने शर्तमा खाँदबारी १ का एक ब्यवसायीले बताए । उनले आफुजस्तै सामाजिक संजालबाट ठगिनेको संख्या उल्लेख्य रहेको अनुमान गरेका छन् । नजिकका चिनजानको साथीको फेसबुकबाट बारम्बार केहि रकम सहयोगका लागि अनुरोध भएकाले आफुले बिश्वास गरेर रकम पठाउँदा ठगिनुपरेको उनले बताए । पछिल्लो समय अनलाईन ठगिका घटनाहरु संखुवासभामा समेत ...
लाखौं रुपयाँ ठगिको आरोपमा कलाकार ईकु पक्राउ
अन्तर्राष्ट्रिय, अपराध, समाचार

लाखौं रुपयाँ ठगिको आरोपमा कलाकार ईकु पक्राउ

भाद्र २७ हास्य कलाकार सुलेमान शंकर अर्थात ईकु भनिने सूर्यमान शंकरलाई प्रहरीले पक्राउ गरेको छ । कलाकार भिषामा युरोप पठाउने भन्दै सर्बसाधारणबाट लाखौँ रुपैयाँ असुलि गरेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। मंगलबार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुढानीलकण्ठबाट पक्राउ गरेको पुष्टि गरेको छ । नेपाली सांस्कृतिक कार्यक्रमहरुमा गैर कलाकारलाई कलाकार बनाई क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी लाखौँ रुपैयाँ असुल गरेको सीआईबीले जनाएको छ ।...
इन्जिनियर शिव र सबइन्जिनियर उषाकिरणलाई भ्रष्टाचार मुद्धामा एक लाख ८५ हजार बढिको  जरिवाना सहित ८ महिना कैद
अपराध, समाचार

इन्जिनियर शिव र सबइन्जिनियर उषाकिरणलाई भ्रष्टाचार मुद्धामा एक लाख ८५ हजार बढिको जरिवाना सहित ८ महिना कैद

भाद्र २३ घर निर्माण सम्पन्नताको प्रमाणपत्रका लिनका लागि घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र विचौलिया सुरज कुँवरलाई अख्तियारले दोषी ठहर गर्दै सजाँय सुनाएका छन् । गत चैत २८ गते घर सम्पन्नताको प्रमाणपत्र उपलब्ध गराउन घुस लिँदालिँदै उनिहरुलाई आयोगबाट खटिएका कर्मचारीले रंगेहात पक्राउ गरेको थियो । यस प्रकरणमा मुख्य दोषी मानिएका इन्जिनियर शिवप्रसादलाई समेत पक्राउ गरी अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो । पोखरा १० मा निर्माण गरिएको एक घरको निर्माण सम्पन्न प्रमाणपत्र बनाउनका लागि उनिहरुले इन्जिनियर बरालकै नेतृत्वमा रोकाया र सुरजले घुस मागेका थिए । त्यही क्रममा २ लाख रुपैयाँ बुझाइसकेर थप डेढ लाख रुपैयाँ बुझाउने क्रममा पोखरा–५ बाट उषाकिरण र सुरजलाई अख्तियार टोलिले पक्राउ गरेको थियो । अख्तियारले अनुसन्धानपछि गत वैशाख २० गते २ इन्जिनियरस...
अस्पतालको बेडबाट फरार थुनुवा चार दिनपछि समातिए
अपराध, समाचार

अस्पतालको बेडबाट फरार थुनुवा चार दिनपछि समातिए

भाद्र ८ झापाःअस्पतालको बेडबाट केहि दिन अघि हतकडी फुस्काई फरार रहेका थुनुवा चार दिन पछि पुन पक्राउ परेका छन् । लागु औषध मृद्धाका थुनुवा दमक नगरपालिका–३ भुटानी शरणार्थी सेक्टर जी थ्री हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई लाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई अजुनधारा ११ स्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। भदौ ४ गते दिउँसो ४ बजे पेट दुख्ने बिरामी भएको बहाना बनाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल भर्ना भएका उनि मध्यराति हतकडी फुस्काई फरार रहेका थिए । राईको सुरक्षामा लापर्वाही गरेको भन्दै उनको निगरानिमा खटिएका प्रहरी हवल्दार बमबहादुर राईलाई निलम्बन गरिएको थियो ।...