अपराध Archives - Page 7 of 8 - साझाकुरा
सोमवार, असार ८, २०८३

अपराध

अपराध
दोलखा : चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर क्षेत्रबाट प्रहरीले बुधबार राति ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपास नजिकैबाट प्रहरीले अवैध रुपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो। बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले अन्नपूर्णलाई जानकारी दिए। उनकाअनुसार ठूलो परिमाणमा पैदलमार्गबाट सुन भित्रिएको सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। चार वटा बिस्कुट आकारको सुनसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दोलखाको सीमानामा चीनको तिब्बती नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद भएको हो। प्रहरीले आज पत्रकार सम्मेलन गरी यस विषयमा थप जानकारी गराउने तयारी गरेको छ। ...
टर्की पठाइदिन्छु भनेर १ करोड १६ लाख रुपैयाँ ठगी, पोखराकी सुरुची भुजेल पक्राउ
अपराध

टर्की पठाइदिन्छु भनेर १ करोड १६ लाख रुपैयाँ ठगी, पोखराकी सुरुची भुजेल पक्राउ

वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भनेर एक करोड १६ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ठगी आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ५ लेखनाथ टोलकी सुरुची भुजेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । पक्राउ परेकी भुजेलसमेतले टर्कीमा गएको भूकम्पपछि पुनःनिर्माणका लागि संयुक्त राष्ट्र सङ्घ माताहत रहेर काम गर्नुपर्ने र मासिक १४ सय डलरमा काम लगाइदिने भन्दै पैसा उठाएका थिए । पक्राउ परेका श्रेष्ठले सिर्जनकुमार राईसहित ३० जनाको एक करोड १६ लाख रुपैयाँ ठगी गरेको महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । विनोदले टर्की पठाइदिन्छु भनी रकम ठगी गरी पीडित भएका व्यक्तिहरूले आवश्यक कागजातसहित केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।...
मन्त्रीको पीए हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ
अपराध

मन्त्रीको पीए हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ

सुदूरपश्चिम प्रदेश सरकारका विभिन्न मन्त्रीको स्वकिय सचिव हुँ भन्दै विगत तीन महिनादेखि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सामाजिक विकास मन्त्रीको स्वकिय सचिव हुँ भनि ठगी गर्दै आएका कालिकोट जिल्ला शुभकालिका गाँउपालिका–८ मुग्राहका २९ वर्षीय अम्मरराज सेजुवाललाई कैलाली प्रहरीले नेपालगंजको एक होटलबाट पक्राउ गरेको हो। मन्त्रीकको स्वकिय सचिव हुँ भन्दै नेपालगंजमा वसेर सुदूरपश्चिमका मन्त्रालय मातहतका विभिन्न जिल्लाका कर्मचारी र व्यक्तीलाई फोन गरि आफ्नो ईसेवामा पैसा हाल्न लगाई ठगि गर्ने सेजुवाललाई नेपालगंजबाट पक्राउ गरेर ल्याईएको कैलाली जिल्लाका प्रहरी उपरिक्षक देवेन्द्र पालले बताए। ...
नाबालिकामाथि सामूहिक बलात्कारका आरोपी १६ वर्षपछि पक्राउ
अपराध

नाबालिकामाथि सामूहिक बलात्कारका आरोपी १६ वर्षपछि पक्राउ

नाबालिकामाथि सामूहिक बलात्कार गरी फरार रहेका एक जना प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार चितवन भरतपुर महानगरपालिका-८ गौरीगंजबाट एक जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा गौरीगंजका ५८ वर्षीय अमरेश कडेल छन्। कडेलविरूद्ध दुई वटा मुद्दामा फैसला भएको थियो। जबरजस्ती करणीमा पाँच वर्ष र सामूहिक करणीमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। सिआइबीका अनुसार घटना २०६४ पुस ५ गते राति साढे १० बजे ललितपुरको ठैबमा भएको थियो। साबिक ठैब गाविस-८ लिन्टीकल सेन्टर प्रालिको क्यान्टिनमा खाना नास्ता बनाउने नाबालिकामाथि सामूहिक बलात्कार भएको थियो।...
एउटै गिरोहबाट एक बर्षमा ३ सय ६३ केजी सुन तस्करी
अपराध

एउटै गिरोहबाट एक बर्षमा ३ सय ६३ केजी सुन तस्करी

११ महिना भित्र एउटै गिरोहले ३ सय ६३ केजी सुन तस्करी गरेको एक अनुशन्धानबाट खुलेको छ । गिरोहका संचालकहरुले नेकपा माओवादीका केही नेता र तिनका परिवारका संग सम्बन्ध बढाई सुन तस्करि गर्ने गरेको पाईएको हो । बिषेस गरि चिनियाँ तस्करले नेपालका राजनितिक दलका नेताहरुलाई प्रभावमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिनामा साढे ३ सय किलोभन्दा बढी सुन भन्सारबाट पास गराएको पुष्टि भएको छ । तथ्य तथ्यांङ्क अनुसार तस्करीको सुन विमानस्थल भन्सारका कर्मचारी र भन्सार एजेण्टहरुकै मिलेमतोमा तस्करी गिरोहले उक्त मात्रामा अबैद्ध सुन गन्तव्यसम्म पुर्‍याएको प्रहरी अनुसन्धानले देखाएको छ । सुन काण्डमा अनुसन्धानमा तानिएकाहरूसंगको बयानका आधारमा गिरोहले माओवादी पृष्ठभूमिका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनको परिवारसँग निकटको सम्वन्ध स्थापित गरेको पा...
२६ लाखसहित कर अधिकृत पक्राउ
अपराध

२६ लाखसहित कर अधिकृत पक्राउ

बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एक अधिकृत पक्राउ परेका छन् । दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटालाई आज नेपालगञ्ज बिमानस्थलबाट प्रहरिले पक्राउ गरेको हो । उनको साथबाट श्रोत नखुलेको २६ लाख रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए। कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत दिपक पौडल भने फरार भएको डिएसपी डाँगिको भनाई छ । उनको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ । श्रोत नखुलेको २६ लाख रकम झोलामा बोकेर सापकोटा श्री एयरलाइन्सको हवाईजहाज मार्फत नेपालगञ्जबाट काठमाडौँ उड्ने क्रममा थिए । हाल उनलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता तथा डिएसपी डाँगीले संचारकर्मीलाई जानकारी दिएका छन् ।...
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सारका कर्मचारीद्वारा जाँचपास ठप्प
अपराध, समाचार

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सारका कर्मचारीद्वारा जाँचपास ठप्प

सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान अघि बढाईएकोमा बिरोध जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारेका छन् । विमानस्थल भन्सारमा समातिएको तस्करीले ६० केजी सुन प्रकरणमा भन्सारमा कार्यरत कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरूले सेवा ठप्प पारेको जनाईएको छ । सुन तस्करीको अनुसन्धानको क्रममा आफ्ना सहकर्मिहरुमाथि प्रहरीले अन्धाधुन्दमा आरोप, पक्राउ र धरपकड शुरु गरेको उनीहरूको आरोप छ । ईमान्दारितापुर्वक काम गरिरहेका सहकर्मि कर्मचारिहरुमाथि अनुशन्धानका नाममा मानमर्दन गर्ने र अपराधि सरह आफुहरुलाई दुरब्यवहार गरिएको उनिहरुको भनाई छ । ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा जुटिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अहिलेसम्म भन्सारमा कार्यरत ६ जना कर्मचारिलाई पक्राउ गरि अनुशन्धान र थप बयान लिईरहेको बताईएको छ ।...
प्रदेश साँसद अनिरुद्रकुमार सिंह पक्राउ
अपराध

प्रदेश साँसद अनिरुद्रकुमार सिंह पक्राउ

मधेश प्रदेशका प्रदेश सभा सदस्य माननिय साँ अनिरूद्धकुमार सिंह पक्राउ परेका छन् । २०६४ सालमा माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार सिंहलाई पक्राउ गरेको एसपी नरेन्द्र कार्कीले बताए । आरोपि सिंहले गत निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र उम्मेदवारका रुपमा बिजय हाँसिल गरेका थिए ।  ...
एक केजी अबैद्ध सुनसहित महिला पक्राउ
अपराध

एक केजी अबैद्ध सुनसहित महिला पक्राउ

उत्तरि रसुवाबाट प्रहरिले एक केजी अबैद्घ सुन सहित एकजना महिलालाई पक्राउ गरेको छ । उनलाई सनिवार मितेरी पुलबाट पक्राउ गरिएको प्रहरिले जनाएको छ । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ छिन् । केरूङबाट अवैध रूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लागिएको अवस्थामा सीमा सुरक्षाकर्मीले पक्राउ गरेको रसुवाका प्रहरी प्रमुख डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनले सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताए । उक्त अबैद्ध सुन ओसारसारका बारेमा थप अनुसन्धान अघि बढाईएको डिएसपी बुढाथोकीको भनाई छ ।...
बालिका बलात्कारको आरोपमा युवक पक्राउ
अपराध, समाज

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका(६ का २१ वर्षीय चिरन्जिवी बोहरा रहेको प्रहरीले जनाएको छ । आरोपी बोहोरालाई बिहिबार दिउँसो प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो। बोहराविरूद्ध १३ वर्षीया बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका(१ बगरस्थित एक घरमा पुर्याई बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।...