मनोरन्जन Archives - Page 2 of 2 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

मनोरन्जन

अभिनय गर्दा आँखामा आँसु जरुरी छैन,पीडा देखिनुपर्छ: मनिषा कोइराला
अन्तरवार्ता, मनोरन्जन

अभिनय गर्दा आँखामा आँसु जरुरी छैन,पीडा देखिनुपर्छ: मनिषा कोइराला

अभिनेत्री मनिषा कोइरालाले अभिनय गर्दा आँखामा आँसुभन्दा पीडा देखिनु जरुरी भएको बताएकी छन् । कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउने भन्दै उनले दुःखसुख, मूल्यमान्यता, सोच, विचारलगायत पक्षमा सिनेमाले पनि आफ्नो जीवनमा केही योगदान दिन सक्ने बताइन् । ‘२१ औं शताब्दीमा रिलः नेपाली सिनेमाको विकासु विषयमा काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन अभिनेत्री मनिषा कोइरालाले राखेको मन्तव्यको सम्पादित अंश : मैले पहिलेदेखि नै भन्दै आइरहेको छु, आफ्नो वरपर भएको कथा होस् या सिनेमा, त्यो आफूसँग सम्बिन्धत हुनुपर्छ। कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउँछ। दुःखसुख, मूल्यमान्यता, सोच, विचार लगायत पक्षमा सिनेमाले पनि हाम्रो जीवनमा केही योगदान दिन सक्छ, बाटो देखाउन सक्छ। सक्नुपर्छ जस्तो लाग्छ। अहिले म नेटफिल्क्सको एउटा वेबसिरिज गर्दैछु। ओटीटीबाट प्रस...
ओखलढुंगा वाम्बुले राई समुदायले मनाए ढवाङकुम
मनोरन्जन, समाज

ओखलढुंगा वाम्बुले राई समुदायले मनाए ढवाङकुम

ओखलढुंगाका प्रकृतिपूजक वाम्बुले राई समुदायले ढवाङकुम चाड भब्यरुपले मनाएका छन् । जनैपूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म वाम्बुले राई समुदायले ढवाङकुम चाडमनाउने गर्दैआएका छन् । वाम्बुले राई समुदायको बाहुल्यता रहेको जिल्लाको वाक्सा, उँबू, मोली, लगायतका ठाउँमा प्रकृति र पितृ स्मरण सहित पूजा गर्दै यो पर्व भब्यरुपले मनाउँदै आएका छन् । ढ्वाङकुमटारमा जम्मा भएर मनाइने यो चाँडमा वाम्बुले राईहरुले नाक्सोमार्फत आफ्नो पितृ र प्रकृतिलाई कागुनीको भात, कोदोको जाँड, मकैको झुत्ता, काँक्रा, भुटेको मासुलगायतका वस्तु चढाउने परंम्परा रहिआएको छ । हरेक घरबाट थुन्चेमा विभिन्न सामग्री बोकेर ढ्वाङकुमटारमा लगि सामुहिक रुपमा घर परिवार र आफन्तसंग भेटघाट तथा नाचगान समेत गरिने प्रचलन छ ।...