राजनीति Archives - Page 11 of 11 - साझाकुरा
बिहिबार, असार ११, २०८३

राजनीति

एमाले महासचिव पोखरेलद्वारा कर्णालीमा सर्वसम्मत अध्यक्ष चुन्न निर्देशन
राजनीति

एमाले महासचिव पोखरेलद्वारा कर्णालीमा सर्वसम्मत अध्यक्ष चुन्न निर्देशन

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कर्णाली प्रदेशको पार्टी अध्यक्ष सर्वसम्मत चुन्न निर्देशन दिएका छन्। प्रदेश इन्चार्ज लेखराज भट्टलाई सर्वसम्मतिको निर्देशन दिएर महासचिव पोखरेल बिहीबार सुर्खेतबाट काठमाडौंतर्फ लागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव पोखरेलले मीनबहादुर शाहीलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अधिवेशन उद्घाटन गरेका थिए। बुधबार उद्घाटन सत्रपछि अध्यक्ष ओलीले शाहीलाई कर्णाली प्रदेशको अध्यक्ष बनाउनुपर्ने भन्दै उनकै नाममा सर्वसम्मति गर्न निर्देशन दिएका थिए।...
एमालेको कर्णाली प्रदेश अध्यक्षमा ओलीको समर्थन मीनबहादुर शाहीलाई
राजनीति

एमालेको कर्णाली प्रदेश अध्यक्षमा ओलीको समर्थन मीनबहादुर शाहीलाई

नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि मीनबहादुर शाही र गुलाबजंग शाहबीच प्रतिष्पर्धा हुने देखिएको छ। कालीकोटका शाही र सल्यानका शाहले अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्ने तयारी गरेका छन्। मनोनयन दर्ता शुक्रबार हुनेछ। सामुदायिक रेडियोका अभियन्ता, कर्णाली विकासको अध्येता र योजना आयोगका सदस्य रहिसकेका शाही एमालेको प्रदेश कमिटी सदस्य हुन भने शाह एमालेका पोलिटब्युरो सदस्य हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अधिवेशन उद्घाटन गरेका थिए। बिहीबार प्रदेशको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ।बुधबार उद्घाटन सत्रपछि अध्यक्ष ओलीले शाहीलाई कर्णाली प्रदेशको अध्यक्ष बनाउनुपर्ने भन्दै उनकै नाममा सर्वसम्मति गर्न निर्देशन दिएका थिए। तर स्थायी कमिटी सदस्य यमलाल कँडेलले प्रदेशको निर्णय प्रदेशले नै गर्ने भन्दै गुलाबजंग शाहलाई उम्मेदवार बनाउने बताएपछि सर्वसम्मत अध्यक्ष चुनिन...
एमाले बागमती प्रदेश अध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता
राजनीति

एमाले बागमती प्रदेश अध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता

नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ । नेतृत्व चयनका लागि बिहीबार बिहान ८ बजेदेखि मतदानको कार्यसूची तय भएको छ ।...
एमाले लुम्बिनीमा नयाँ नेतृत्वका लागि मतदान चल्दै
राजनीति

एमाले लुम्बिनीमा नयाँ नेतृत्वका लागि मतदान चल्दै

नेकपा एमाले लुम्बिनी प्रदेसमा नयाँ नेतृत्व चयनका लागि मतदान भैरहेको छ । आज बिहान ९ बजेदेखि चलिरहेको मतदान प्रकृया दिउँसो १ बजे सम्म रहने निर्वाचन समितिले जनाएको छ । भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भैरहेको अधिवेशनमा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजालबिच चुनावी प्रतिस्पर्धामा चलिरहेको छ । । नयाँ नेतृत्व चयनका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ४ सय प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।...
नेकपा समाजबादिका अध्यक्ष नेपाल निर्दाेष सावित भैसकेको प्रधानमन्त्री प्रचण्डको उद्घोष
मुख्य समाचार, राजनीति

नेकपा समाजबादिका अध्यक्ष नेपाल निर्दाेष सावित भैसकेको प्रधानमन्त्री प्रचण्डको उद्घोष

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा समाजबादीका अध्यक्ष माधव नेपाल निर्दोष साबित भैसकेको उद्घोष गरेका छन् । समाजवादी मोर्चाले पोखरामा शुक्रबार आयोजना गरेको शुभकामना सन्देश सभामा प्रचण्डले उक्त कुराको उद्घोष गरेका हुन् । “माधवजी यहीँ हुनुहुन्छ । अब उहाँमाथि प्रश्न उठाउने ठाउँ छैन” उनले थपे, ‘पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’ पुर्वप्रधानमन्त्री समेत रहेका माधब नेपालसंग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिईसकेको र सीआईबीले नै उहाँ निर्दोष हुनुहुन्छ भन्ने साबित गरेर मुद्दा चलाउन नपर्ने लिखित प्रतिवेदन दिएको प्रचण्डको दाबी छ । माधव नेपाल निर्दाेस भएपछि आफ्नो पनि टेन्सन हटेको प्रचण्डको भनाई थियो । ‘माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो’ केपी ओली प्रधामन्त्री हुँदा पनि षड्यन्त्र गरेर उनलाई फसाईन...
कोशी सरकार बिरुद्धको शुक्रबारको रिट सुनुवाई स्थगित १७ गते सुनुवाइ हुने
मुख्य समाचार, राजनीति, समाचार

कोशी सरकार बिरुद्धको शुक्रबारको रिट सुनुवाई स्थगित १७ गते सुनुवाइ हुने

शुक्रबार हुने भनिएको कोशी सरकार बिरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न अस्विकार गरेपछि स्थागित भएको छ । शुक्रबार स्थगित भएको रिटमाथि आईतबार १७ गते सुनुवाई हुने भएको छ । भाद्र १७ गते आइतवार सुनुवाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा हुने तय भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको मत दिनु असंवैधानिक भएको ठहर गरेको थियो । गतभदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्दा सभाध्यक्षको मत गैरसंवैधानिक भएको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। कोशी प्रदेशका मुख्यमन्त्री थापाले गत भाद्र १३ गते बुधवार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्र्दै आफुले संविधानसम्मत नै विश्वासको मत प्...
गृहमन्त्री श्रेष्ठलाई छलेर थाहै नदिई ब्याक डेट् को माइन्युटमा महत्वपुर्ण निर्णय
मुख्य समाचार, राजनीति

गृहमन्त्री श्रेष्ठलाई छलेर थाहै नदिई ब्याक डेट् को माइन्युटमा महत्वपुर्ण निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन र भ्रष्टाचारको अभियान नरोकिने बताईरहँदा भ्रष्टाचार सम्बन्धीका ठुला ठुला निर्णयहरु गृहमन्त्रीलाई थाहै नदिई छलेर हुने गरेको आशंका गरिएको छ । बिहीबारै उनकै पार्टीका नेता, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सरकारले सुरू गरेको सुशासनको अभियान असफल बनाउने प्रयत्न भइरहेको संकेत दिए । सुर्खेतमा प्रधानमन्त्री प्रचण्ड र काठमाडौंमा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार बिरुद्ध कडा किसिमको अभिव्यक्ति दिनेगरे पनि ठुला ठुला निर्णयहरु गोप्यरुपमा हुने गरेको नेताहरुले नै संकेत गरेका छन् । पटक पटक प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजि श्रेष्ठले सरकारलाई असफल बनाउन चारैतिरबाट घेरा हालिएको बताउने गरेका छन् । उनीहरूले सार्वजनिक रूपमा नभने पनि पछिल्लो समय केही घटनाले सरकार र प्रधानमन्त्री प्रचण्ड दबाबमा परेको खुलासा भइसकेको राजनितिक बिश्लेषकहरुको बुझाई छ...
भ्रष्टाचारको फाईलमा मेरो नाम देखिए मलाई पनि नछाड्नु ःप्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार, राजनीति

भ्रष्टाचारको फाईलमा मेरो नाम देखिए मलाई पनि नछाड्नु ःप्रधानमन्त्री प्रचण्ड

भाद्र १४ प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नाम भ्रष्टाचारको कुनै फाईलमा देखिए आफुलाई समेत नछाड्न सिआइबीलाई आग्रह गरेका छन् । समाजबादी मोर्चाले बिहिबार सुर्खेतमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त आग्रह गरेका हुन् । अहिले सरकार भ्रष्टाचार र भ्रष्टाचारिका बिरुद्धमा मिसनमा रहेकाले यो समयमा सरकारलाई थप उर्जा र समर्थन गर्न आग्रह गरेका थिए । भ्रष्टाचारमा संलग्न कसैलाई पनि सरकारले उन्मुक्ति नदिने भन्दै उनले सरकार भ्रष्टचारका बिरुद्ध शुन्य सहनशिलताका साथ अघि बढिरहेको बताएका थिए । देश र नेपाली जनाताको सर्बोत्तम हितका खातिर सरकार गठबन्धन र मोर्चा एक ढिक्का हुन आवश्यक रहेकोमा जोड दिए । सरकारले चालेको भ्रष्टचार बिरुद्धको कार्वाहिबाट तर्सिएकाहरुले सरकार बिरुद्ध षडयन्त्र गरिरहेको प्रधानमन्त्रीि पुष्पकमल दाहाल प्रचण्डको भनाई थियो...
भ्रष्टाचार बिरुद्धको अभियान रोकिने छैनः प्रचण्ड
राजनीति

भ्रष्टाचार बिरुद्धको अभियान रोकिने छैनः प्रचण्ड

भाद्र १२ प्रधानमन्त्री तथा नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले शुरु गरेको भ्रष्टाचार बिरुद्धको अभियान नरोकिने बताएका छन् । नेकपा माओबादी उपत्यका बिशेष प्रदेश समितिले मंगलबार राष्ट्रिय सभामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका पार्टि अध्यक्ष प्रचण्डले सरकारले शुरु गरेको भ्रष्टाचार बिरुद्धको अभियानलाई थप तिब्रता दिने बताए । उनले भुटानी शरणर्थीका नाममा भएका लुट प्रकरण, सुन तस्करी काण्ड लगायतका भ्रष्टचारका काण्डहरु यहि रोकिने वाला छैन भन्दै यो अभियानलाई थप तिब्रता दिने पक्षमा सरकार रहेको खुलासा गरे । माओबादी बिरुद्ध थप घेराबन्दी र कुप्रचार बढाईए पनि ढृणताका साथ अघि बढ्छौं प्रचण्डले भने । देश रुपान्तरणका लागि पहिले माओबादी रुपान्तरण हुनुपर्ने समेत प्रधानमन्त्री प्रचण्डको भनाई थियो । उनले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै...