राजनीति Archives - Page 7 of 10 - साझाकुरा
सोमवार, फाल्गुन १८, २०८२

राजनीति

युवा संघ नवौ जिल्ला अधिबेशन :  निर्वाचन मार्फत अध्यक्ष चुन्ने तैयारी
राजनीति, समाचार

युवा संघ नवौ जिल्ला अधिबेशन : निर्वाचन मार्फत अध्यक्ष चुन्ने तैयारी

नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल संखुवासभाको नवौ अधिबेशन सम्पन्न भएको छ । बिहिबार सदरमुकाम खाँदबारीमा शुरु भएकाे युवा संघको नवौं जिल्ला अधिबेसनबाट अन्य पदहरुमा सहमति जुटेपनिअध्यक्ष पदमा सहमति नजुटे पछि आज दिउँसाे निर्वाचनकाे तैयारि गरिएकाे युवा नेता ध्रुब डिवानले जानकारी दिए । हिजाे शुरु भएकाे अधिवेशन युवा संघका संखुवासभा जिल्ला अध्यक्ष ध्रुब खड्का (डीवान)को अध्यक्षतामा भएको थियाे । कार्यक्रममा प्रमुख अतिथी युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे र विशिष्ट अतिथी नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेत, नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम रहेका थिए । ...
नयाँ पार्टी जन्माउँदै राजेन्द्र महतो
राजनीति

नयाँ पार्टी जन्माउँदै राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी जन्माउने गृहकार्य शुरु गरेका छन्। लोसपाका अध्यक्ष महन्थ ठाकुर र महतोवीच पार्टिगत बिबाद चुलिए पछि महतो बैकल्पिक पार्टि निर्माणमा जुटेको श्रोतको भनाई छ । कारण केही दिन अघि ठाकुरले बोलाएको केन्द्रीय समितिको बैठकलाई महतोले ठाकुरको एकल निर्णय भन्दै बहिस्कार गरेका थिए। दोश्रो बरियताका रुपमा रहेका महतोले आफुमाथि अन्याय भएको भन्दै नयाँ पार्टि निर्माणको अन्तिम तैयारीमा लागेको आफ्ना नजिकका नेताकार्यकर्ता माझ खुलासा गरेका छन् । पार्टि निर्माणको शिलशिलामा महतोले सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ लगायतका जिल्लाका लोसपाका कार्यकर्ताहरूसँग भेटघाटमा ब्यस्त थिए । उनि अहिले मधेसका विभिन्न जिल्लाको भ्रमण सम्पन्न गरि बुधवार राति काठमाडौं हानिएका छन् । २०७८ भदौमा गठन भएको लोसपा ५ वर्षसम्म टु...
नेकपा एमालेले आज डोटीको सिलगढीमा सभा गर्दै
राजनीति

नेकपा एमालेले आज डोटीको सिलगढीमा सभा गर्दै

गत बिहीबारदेखि संकल्प यात्रा शुरु गरेको नेकपा एमालेले आज डोटीको सिलगढीमा बिषाल आमसभाको आयोजन गरेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत एमालेले आज शुक्रबार डोटीमा कार्यक्रम गर्न लागेको हो । शुक्रबार अध्यक्ष केपी ओली र नेता–कार्यकर्ताहरुले अमरगढीबाट यात्रा शुरु गरेपछि सकाली, गोपघाट, राजपुर चोक र दिपायलमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भने सिलगढीमा सभाको आयोजना गर्न लागिएको नेकपा एमाले डोटीले जनाएको छ । एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत गएको शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झण्डोत्तलन गरी अभियानको शुभारम्भ गरेका थिए । ...
कैद मिनाहाको निर्णय खारेजीसंगै पक्राउ परे रिगल
राजनीति, समाचार

कैद मिनाहाको निर्णय खारेजीसंगै पक्राउ परे रिगल

मन्त्रीपरिषदको शिफारिसका आधारमा राष्ट्रपतिद्धारा कैद मिनाहा गरि रिहा गरिएका रिगल भनिने योगप्रसाद ढकाललाई पुन पक्राउ गरिएको छ । उनी बाँकेको नेपालगञ्जेबाट अहिले साँझ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ । आजै सर्बाेच्चले फैसला सुनाउँदै उनलाई तत्काल पक्राउको आदेश दिएको थियो । आदेश आएको केहीबेरमै रिगललाई नेपालगञ्ज सेतु विक चोकबाट नियन्त्रणमा लिई पक्राउ गरेको बाँकेका प्रहरी नायब उपरीक्षक ९डीएसपी० नारायण डाँगीले जानकारी दिए । केहि संचारमाध्यमले रिगलले आफैं प्रहरी समक्ष आत्मसमर्पण गरेको भनिएपनि सर्वोच्चको आजको आदेशपछि उनि मोबाइल अफ गरेर भारत तर्फ भाग्ने तयारीमा रहेका प्रहरीको भनाई छ । तर प्रहरीको उच्च निगरानीका कारण उनि भाग्न नपाएको प्रहरीले जनाएको छ । रिगल सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी को घोषणा पछि रिहा भएका थिए । उनि २०७२ असार २...
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
मुख्य समाचार, राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । कांग्रेसभित्र विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले प्रदेशसभाका दुई तिहाईभन्दा धेरै सांसदको समर्थन पाउनुभएको हो । प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ मतदानका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । जसमा प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका छन् । संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदले विपक्षमा मतदान गरे । राप्रपाका एक सांसद भने अनुपस...
आज बिश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
मुख्य समाचार, राजनीति

आज बिश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

कोशीका नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीले आज बिश्वासको मत लिने भएका छन् । अहिले प्रदेश सभामा सदस्यहरुले आफ्ना मन्यब्य राखिरहेका छन् । गएको असोज २० मा स्थगित भएको प्रदेशसभाको बैठक अहिले चलिरहेको छ । आजको बैठक केहिबेरमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदै हनुहुन्छ । सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सांसद सहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा हस्ताक्षर पेश गरेपछि उहाँ गत शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । कार्की कांग्रेस नेता डा. शेखर कोइराला पक्षका नेता हुनुहुन्छ । कार्की संविधानको धारा १६८, ९५० अनुसार मुख्यमन्त्री बन्नु भएको हो ।एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख...
कोशी प्रदेशमा एमाले समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त
मुख्य समाचार, राजनीति, समाचार

कोशी प्रदेशमा एमाले समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त

कोशी प्रदेशमा एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदले हस्ताक्षर गरेपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सनिवार बिहान मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत भएकोमा एमाले र कार्की पक्षधर कांग्रेसका सांसदहरु मात्र उपस्थित भएका थिए भने आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार ईन्द्र आङ्बो र उनका समर्थक सनाखतका लागि उपस्थीत भएनन् । गठबन्धनबाट माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको मुख्यमन्त्रीमा दाबी पेस गरेपनि । तर आङ्बो पक्ष हस्ताक्षर सनाखतका लागि उपस्थित नै भएनन् । कार्कीलाई संविधान...
कोशीका शेखर पक्षका ८ सांसदको दाबी : इन्द्र आङबोले हाम्रो हस्ताक्षर दुरुपयोग गरे
राजनीति, समाचार

कोशीका शेखर पक्षका ८ सांसदको दाबी : इन्द्र आङबोले हाम्रो हस्ताक्षर दुरुपयोग गरे

कोशीमा नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यले नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका छन् । उनीहरुले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् । आङबोले पनि उनीहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि ८ जनाले आफूहरुको हस्ताक्षर दुरुपयोग गरिएकाे बताए । कार्कीलाई समर्थन गर्नेमा उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् । कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ८ जनाले आङबोलाई समर्थन नरहेकाे प्रष्ट पारेका छन् । अनलाईनखबरले याे समचारलाई प्राथमिकताका साथ प्रकासन गरेकाे छ ।...
टेरामक्स प्रविधि जडानको कार्य तत्काल अघि नबढाउन निर्देशन
राजनीति

टेरामक्स प्रविधि जडानको कार्य तत्काल अघि नबढाउन निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि जडानको कार्य तत्कालका लागि अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले टेरामक्स प्रविधि जडानका लागि भएका प्रक्रियाका बारेमा थप छलफल गर्नुपर्ने भएकाले कार्य तत्कालका लागि अघि नबढाउन सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले स्मार्ट टेलिकमको दूरसञ्चार अनुमतिपत्र बिक्री प्रक्रियालाई पनि अघि नबढाउन निर्देशन दिएको छ भने ग्रामीण दूरसञ्चार कोषको कार्यान्वयनका सम्बन्धमा पनि थप निर्णय नगर्न नगराउन सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । उनले टेरामक्स प्रविधिको आवश्यकता,ग्रामीण दूरसञ्चार सेवाका बारेमा उठेका प्रश्नहरु गम्भीर रहेकोले थप छलफलको आवश्यकता देखिएको बताए । साथै स्मार्ट टेलिकमका सन्दर्भमा नियमावली नै संशोधन गरेको ...
कोशीमा माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय, राप्रपालाई सभामुख दिने तयारी
मुख्य समाचार, राजनीति

कोशीमा माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय, राप्रपालाई सभामुख दिने तयारी

कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई  अघिसार्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको गठबन्धनको बैठकले कोशीमा सरकार गठनका लागि अन्तिम विकल्पका रूपमा माओवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो । यसअघि माओवादीलाई मुख्यमन्त्री दिन नसकिने अडान लिएको नेपाली कांग्रेस अब कुनै हालतमा आफ्नो पक्षमा बहुमत नजुटेपछि पछि हट्न बाध्य भएको छ । यसअघि कांग्रेसका उद्धव थापा दुई पटकसम्म मुख्यमन्त्री बने पनि विश्वासको मत जुटाउन असफल हुनुभएको थियो । अब फेरि कांग्रेसकै मुख्यमन्त्री बन्दा विश्वासको मत पाउने आधार नदेखिएपछि गठबन्धनले माओवादीलाई दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । माओवादीले आफूहरूले बहुमत जुटाउने दाबी गर्दै आएको छ । यसका लागि प्रध...