प्रतिपक्षका कुरा नसुनिए संसद र सडक अवरुद्ध गर्ने रास्वपाको चेतावनी
प्रतिपक्षका कुरा नसुनिए संसद र सडक अवरुद्ध गर्ने राष्ट्रिय स्वतन्त्र पार्टिले सरकारलाई चेतावनी दिएको छ ।
आज बिहिबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकार संसदप्रति अलिकति पनि जवाफदेहि नदेखिएको भन्दै प्रतिपक्षको कुरा नसुनिए सडक र सदन अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । उनले बालकुमारी घटनाको आवश्यक अनुशन्धान अघि बढाई कारबाही थाल्न सरकारलाई आग्रह गरेका थिए ।
सदनमा जोडदार माग राख्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीलाई प्रतिवेदनको अध्ययन कहाँ पुग्यो भनेर प्रश्न गरेका थिए । तर उनको प्रश्नका बारेमा कुनै सुनुवाई नभएको गुनासो राख्दै यसरी प्रतिपक्षको कुरालाई वेवास्था गरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
उनले भने ‘प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही कारवाही गर्नुहुन्छ भन्ने अपेक्षा गरेको तर अहिलेसम्म केही ...









