समाचार Archives - Page 46 of 77 - साझाकुरा
सोमवार, चैत्र २, २०८२

समाचार

एक अर्बभन्दा बढी बिगाे दाबी गर्दै गाेदावरीका मेयरसहित १४ विरुद्ध मुद्दा 
समाचार

एक अर्बभन्दा बढी बिगाे दाबी गर्दै गाेदावरीका मेयरसहित १४ विरुद्ध मुद्दा 

जेष्ठ २१ ललितपुरकाे गाेदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले साेमबार विशेष अदालतमा मुद्दा दर्ता गरेकाे छ। अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेकाे छ। त्यसकाे कुल बिगाे एक अर्बमाथि छ। श्राेत:नयाँ पत्रिका
गर्मीले भारतमा ३२० को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

गर्मीले भारतमा ३२० को मृत्यु

नयाँ दिल्ली (एजेन्सी) : तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। एजेन्सीका अनुसार पछिल्लो ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर प्रदेशमा मात्र सबैभन्दा बढी १ सय जनाको ज्यान गएको हो। बुधबारदेखि शनिबारसम्ममा राजस्थानमा चलेको तातो लहरका कारण ६० जनाको ज्यान गएको छ। यसैगरी झारखण्डमा ३७, ओडिसामा १८, मध्येप्रदेशमा २ र दिल्लीमा एक जनाको ज्यान गएको हो। अत्यधिक गर्मी भएपछि झारखण्डमा १ हजार ३ सय २६ जना अस्पताल भर्ना भएका छन्। पछिल्लो ३ दिनमा गर्मीकै कारण बिहारमा ६९ जनाको मृत्यु भएको तथ्यांक छ। जसमा यूपी–बिहारमा शुक्रबार मात्र ४० जनाभन्दा बढीको मृत्यु भएको छ। तीमध्ये लोकसभा चुनावी काममा खटिएका २५ कर्मचारी र अधिकारी छन्। त्यहाँ ४८.०२ डिग्रि तापक्रम मापन गरिएकाे थियाे ।...
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु
समाचार

मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु

मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेका .छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर रावतको पनि मृत्यु भएको थियो । शनिबार मानबहादुर, शोभान र राजबहादुरलाई मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढी ल्याइएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको थियो । अर्का बिरामी देवराज बुढालाई पनि स्वास्थ्य चौकीबाट गमगढी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । अनलाईन खबरमा याे समचार छ ।...
त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन
समाचार

त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन

त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नाममा काठमाण्डौभित्र रहेका जग्गाको खोजी गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई लगत सङ्कलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अरु कामका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न भनिएको छ । समितिमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी सदस्य छन् भने प्रा.डा. प्रेमसागर थापा विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव छन् । समितिले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ ।  याे समचार उज्यालाे अनलाईनमा प्रकाशित छ । ...
समाचार

कान्तिपुर सहकारीमा ६ अर्ब हिनामिना : पूर्वअध्यक्ष लामा पक्राउ, नौ सञ्चालक अझै फरार 

मीनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष चन्द्रबहादुर (सिबी) लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार बिहान चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । चितवनमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । यसअघि नै लामासहित ११ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिसकेको छ ।  प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई पक्राउ गरी मुद्दा चलाएकोमा अन्य १० जना फरार थिए । सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया अझै फरार छन् । याे समचार नयाँ पत्रिकाले प्रकाशन गरेकाे छ ।...
२८ सय केजी सुन तस्करीमा संलग्न थप नौजना पक्राउ
अपराध, समाचार

२८ सय केजी सुन तस्करीमा संलग्न थप नौजना पक्राउ

विमानस्थलबाट दुई हजार आठ सय ३१ केजी सुन तस्करी गर्ने चिनियाँ नेतृत्वको समूहका थप नौजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोस्रो चरणमा अनुसन्धान गरी यसमा संलग्न थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।  दुई साताअघि नै उनीहरूलाई पक्राउ गरे पनि गिरोहका थप व्यक्ति खोजी गर्न सिआइबीले उनीहरूको नाम गोप्य राखेको छ । पक्राउ पर्नेमा काभ्रेका थर्कमान (कान्छा) लामासहितका व्यक्ति छन् । लामा चिनियाँको निर्देशनमा काठमाडौंमा सुन ओसारपसार गर्ने व्यक्ति हुन् ।  पहिलो चरणको अनुसन्धानमा तीन सय ६२ केजी सुन तस्करी भएको सिआइबीको निष्कर्ष थियो । थप अनुसन्धान गर्दा दुई हजार आठ सय ३१ केजी सुन सो समूहले नेपालमा तस्करी गरेको प्रमाण र आधार भेटिएको सिआइबी स्रोत बताउँछ ।  हाल नौजनालाई थुनामा राखी सुन तस्करी प्रकरणमा अनुसन्धान भइरहेको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवा...
अर्थ/व्यापार, समाचार

सहकारीमा डुबेको ५ लाखसम्मको रकम सरकारले फिर्ता दिने

सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । आगामी आव २०८१ ÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच लाख रुपैयाँसम्म रकम बचत गरेका एकाघरका बचतकर्ताको रकम सरकारले फिर्ता गर्ने जानकारी गराएका हुन् । उनले सहकारीको व्यवस्थापनका लागि नियमनकारी निकाय स्थापना गर्ने पनि बताए । सरकारले पाँच लाख भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने पनि घोषणा गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आउँदो आर्थिक वर्षको बजेट ६ अर्ब ८२ करोड रुपैयाँ रहेको बजेट प्रस्तुत गरे।...
पत्रकार महासंघ संखुवासभाको कार्यालयमा तालाबन्दी
समाचार

पत्रकार महासंघ संखुवासभाको कार्यालयमा तालाबन्दी

संखुवासभा जेष्ठ १४ पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको कार्यालयमा साेमबार तालाबन्दी गरिएको छ । पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता शुद्धिकरणको नाममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सदस्यता खारेज गरेकाे विरोधमा संखुवासभाका चारवटा संस्थाहरुले तालाबन्दी गरेको हो । पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीलाई कार्यालयबाट बाहिर निकाली प्रेस युनियन, प्रेस सेन्टर, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) र राष्ट्रिय फोटो पत्रकार समुहले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ संखुवासभामा ३९ जना सदस्यहरु रहेकोमा २०८० बैशाख १८ गते बसेको बैठकद्धारा ३३ जना सक्रिय पत्रकार सदस्यहरुको नवीकरण गर्न केन्द्रमा सिफारिस गरेकाे थियाे । आन्दाेलित संस्थाहरुले शुद्धिकरणको नाममा सदस्यता हटाएकोप्रति तिब्र असहमती जनाउदै विरोध स्...
५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह
समाचार, स्वास्थ्य

५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

डेंगु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस...
सगरमाथा चढ्ने क्रममा केन्याली आरोहीको मृत्यु, नेपाली सहयोगी बेपत्ता
समाचार

सगरमाथा चढ्ने क्रममा केन्याली आरोहीको मृत्यु, नेपाली सहयोगी बेपत्ता

विनाअक्सिजन सगरमाथा चढ्ने क्रममा केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृत अवस्थामा भेटिएको पर्यटन विभागले जनाएको छ । उनी विनाअक्सिजन आफ्ना नेपाली माउन्टेन गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथमा १८ मेका दिन आधार शिविरबाट दोस्रो आधार शिविर तर्फ प्रस्थान गरेका थिए । उनीहरू १९ मेका दिन दोस्रो शिविरमा बसेर २० मेका दिन तेस्रो शिविर पुगेका थिए ।...