समाचार Archives - Page 50 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

बरिष्ठ समाजसेवी श्रेष्ठले दिनेभए क्लबलाई निशुल्क जग्गा (भिडियाे)
भिडीयाे, समाचार

बरिष्ठ समाजसेवी श्रेष्ठले दिनेभए क्लबलाई निशुल्क जग्गा (भिडियाे)

हेल्पिङ्ग हेण्ड्स अन्तराष्ट्रियका अध्यक्ष, संखुवासभा स्थित सुर्य सेकेण्डरी बाेर्डिङ स्कुलका सञ्चालक खाँदबारी ताराद्वारा सम्मानित ब्यक्तित्व नारायण श्रेष्ठले खाँदबारी युथ क्लबलाई निशुल्क रुपमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। लामाे समय देखि संखुवासभाकाे सामाजिक सुधारका विभिन्न क्षेत्रमा कृयाशिल खाँदबारी युथ क्लब आफ्नै कार्यालय भवन नहुँदा समस्यामा पर्दै आएकाे छ । भवन अभावमा घर भाँडामा बस्दै आएकाे खाँदबारी युथ क्लबले विभिन्न ब्यक्ति र स्थानीय सरकारसंंग जग्गा उपलब्ध गराउन दर्जनाैं पटक आग्रह गर्दा पनि कुनै सुनुवाई हुन सकिरहेकाे थिएन । केहिदिन अघि क्लबले आयाेजना गरेकाे स्वागत सम्मान तथा भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै बरिष्ठ समाजसेबीका रुपमा परिचित श्रेष्ठले खाँदबारी १ स्थित सुर्य बाेर्डिङ स्कुल नजिकै रहेकाे मुल्यवान घडेरी क्लबलाई निशुल्क प्रदान गर्ने घाेषणा गरेका हुन् । ...
एकीकृत समाजवादी पनि सरकारमा सहभागि हुने
राजनीति, समाचार

एकीकृत समाजवादी पनि सरकारमा सहभागि हुने

नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने निर्णय गरेको जनाएको छ । नव गठबन्धनको सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न आज बुधबार बसेको सचिवालय बैठकले अहिले बनेको सरकारमा सहभागिता जनाउने निर्णय गरेको जनाईएको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिएकोमा आज उक्त निर्णय गरिएको नेकपा एसको सचिवालयले जनाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आर्थिक संकटको समाधान गर्दै रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, सन्तुलित परराष्ट्र नीति लगायतका विषयमा प्रधानमन्त्रीको जवाफ सुनेपछि निर्णय थप पुष्टी हुने जनाईएको छ । ...
एमाले मन्त्रीहरुको मन्त्रालय बाँडफाँड टुंगियो
राजनीति, समाचार

एमाले मन्त्रीहरुको मन्त्रालय बाँडफाँड टुंगियो

नेकपा एमालेबाट सरकारमा सहभागी हुने ८ जना मन्त्री र मन्त्रालय टुंगिएको दावी गरिएको छ । एमाले सचिव रघुवीर महासेठलाई उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री तोकिएको छ भने अन्य मन्त्रालयमा पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिईएको नेकपा एमालेले जनाएको छ । त्यस्तै दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी र बलराम अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्ने गरि निर्णय भएको एमाले स्रोतले उल्लेख गरेको छ ।...
एमाले जिल्ला अध्यक्षमा खड्ग राई निर्वाचित
राजनीति, समाचार

एमाले जिल्ला अध्यक्षमा खड्ग राई निर्वाचित

नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन् । सोमबारदेखि खाँदबारीमा जारी नवाैँ जिल्ला अधिवेशनको बन्दसत्रले आज राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा चैनपुर नगरपालीका पुर्व मेयर तथा नेता भरत खत्रीले आफ्नाे उम्मेद्वारी फिर्ता लिए पछि राई सर्वसम्मत निर्वाचित भएका हुन । फागुन २१ गते बाट जिसस हलमा शुरु भएकाे अधिवेशन नेकपा एमाले पार्टी  सचिव रघुवीर महासेठले उद्घाटन गरेका थिए । पार्टी  सचिव रघुवीर महासेठले सकेसम्म अन्य सबै पदहरु सर्बसम्मत गर्न आग्रह गरेका छन् । जिल्ला कमिटी उपाध्यक्ष, सचिव, उपसचिवमा पनि सर्वसम्मतको प्रयास भैरहेको जनाईएकाे छ । ...
नयाँ समीकरण बन्ने भएपछि बालुवाटारमा मन्त्राालय बाँडफाँटबारे छलफल
राजनीति, समाचार

नयाँ समीकरण बन्ने भएपछि बालुवाटारमा मन्त्राालय बाँडफाँटबारे छलफल

नयाँ सत्तासमीकरण बन्ने भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका नेताहरूबीच छलफल भएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको हो। बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्। बैठकमा नयाँ समीकरण र मन्त्रालयको बाँडफाटको बारेमा छलफल भएको स्रोतले बताएको छ। प्रचण्ड र ओलीले रास्वपाका  लामिछानेलाई भौतिक मन्त्रालय दिन चाहे पनि लामिछानेले भने गृहमन्त्रालयको अडान छाडेका छैनन्। परराष्ट्रमन्त्रालयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन्। एमाले र माओवादी केन्द्रले अर्थ र गृहमन्त्रालयमा दावी गरेका छन्। यद्देपि लामिछानेले गृह नछोड्ने अडान लिएपछि प्रचण्ड र ओलीले थप छलफल गर्...
मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपिएफले चुम्यो
खेलकुद, समाचार

मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपिएफले चुम्यो

जिल्लामा आयोजित मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि एपिएफले जितेको छ। शनिबार भएको फाइनल खेलमा एपिएफले गण्डकी प्रदेशलाई ३–१ को अन्तरमा हराएको हो। पहिलो सेट गण्डकीले २५–२० अंक प्राप्त गर्दै जित हासिल गरे पनि त्यसपछि लगातार २५–२३, २५–२१ र २५–२१ अंक प्राप्त गर्दै तीनै सेट जित्दै एपिएफले उपाधि चुमेको हो। प्रतियोगितामा नेपाल आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको छ। पुलिससँग २५–२३, २५–१७, २५–१७ ले पराजित आर्मीले चौथो स्थानमा चित्त बुझाएको छ। फाइनल खेलमा म्यान अफ द म्याच एपिएफका विजय थापा घोषित भए। थापालाई आयोजकको तर्फबाट नगद ५ हजार रुपैयाँले पुरस्कृत गरिएको छ।  प्रतियोगितामा एपीएफका विजय थापा सर्वोकृष्ट खेलाडी घोषत भए । थापाले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । एपीएफका विनोद चन्द बेष्ट डिफेन्डर, लोकेन्द्र गिरी बेष्ट...
नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा प्रवेश
खेलकुद, समाचार

नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा प्रवेश

नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा प्रवेश गर्न सफल भएको छ । आज भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्नै नेपाल फाईनलमा प्रवेश गरेको हो । आफ्ना बिरुद्ध नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाउँदै भेटाएको थियो । नेपाललाई जित दिलाउन ४६ रन बनाउँदै नेपालका कप्तान रोहित पौडेलले महत्वपुर्ण भुमिका निभाएका थिए । यसैगरि गुल्सन झा ३८ रनको योगदान दिएका थिए । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाएका थिए । नेपालका प्रतिस जिसीले ३ र करण केसी र कुशल मल्लले समान २ विकेट लिएका थिए । नेदरल्याण्डलाई हराएसंगै नेपालले ४ अङ्क हात पादै ...
बलात्कारी दुई खालका हुँदो रहेछनः गायिका समीक्षा अधिकारी
समाचार, समाज

बलात्कारी दुई खालका हुँदो रहेछनः गायिका समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीले बलात्कारी दुई किसिमको हुने भन्दै बलात्कारी र हत्यारालाई कडा कार्वाहि गर्न आग्रह गरेकी छिन् । चितवनकी सालिन पोखरेलको मृत्यु प्रकरणका बारेमा आफ्नो धारणा राख्दै उनले उक्त कुरा बताएकी हुन् । पोखरेलेको हत्याको चाँडै सत्य तथ्य बाहिर आओस उनले भनेकी छिन् । सामाजिक संजालफेसबुकमा आफ्नो धारणा पोस्ट गर्दै गायिका अधिकारीले सालिन मृत्यु प्रकरणको सत्यतथ्य चाँडै सार्वजनिक गरि अपराधिलाई कडा सजायको माग गरेकी छिन् । गायिका समीक्षाले ‘बलात्कारी पनि दुई प्रकारका हुने रहेछन्’ भनी पोष्ट गरेकि छिन् । पहिलो नम्बरमा ‘माया र करुणाको नाटक गर्ने बलात्कारी’ भनेर नामकरण गर्दै त्यस्ता प्रकारका बलात्कार ‘जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्’ भनेर कमेण्ट गरेकी छिन् भने दोस्रो किसिमको बलात्कारी ‘जबरजस्ती गर्ने बलात्कारी’ हुन् भन्दै दोश्रो किसिमको बलात्कारीले त्यो हो ‘जसले न जिउँदो छाड्छन्, ...
संखुवासभाको खाँदबारीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी ससस्त्र प्रहरी बलले जित्यो
खेलकुद, समाचार

संखुवासभाको खाँदबारीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी ससस्त्र प्रहरी बलले जित्यो

संखुवासभा फागुन १९ संखुवासभाको खाँदबारीमा सम्पन्न कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी ससस्त्र प्रहरी बल एपिएफले हात पारेको छ । आज भएको फाईनल खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै एपिएफले उपाधी हात पारेको हो । आजै भएको सेमिफाईनल खेलमा त्रिभुवन आर्मिलाई हराउँदै नेपाल पुलीसले त्रितिय स्थान हात पारेको छ भने त्रिभुवन आर्मिले सान्त्वना स्थान हाँसिल गरेको छ । गत फागुन १९ देखि शुरु भएको प्रतियोगितामा बिभागिय टिम सहित ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका प्रथम स्थान हाँसिल गर्ने ससस्त्र प्रहरी बल एपिएफले रु ३ लाख शिल्ड र मेडल हात पारेको छ । त्यसैगरि दितिय हुनेले नगद रु १ लाख ५० हजार, तृतिय हुनेले रु ५० हजार शिल्ड र चौथो हुने टिमले रु ३० हजार र मेडल हात पारेका थिए । ...
मुख्यमन्त्री कप भलिबल : एपिएफ, पुलिस, कोशी र गण्डकी विजयी
खेलकुद, समाचार

मुख्यमन्त्री कप भलिबल : एपिएफ, पुलिस, कोशी र गण्डकी विजयी

सङ्खुवासभाको खाँदबारीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा दोस्रो दिनको खेलमा एफिएफ, नेपाल पुलिस क्लब, कोशी प्रदेश र गण्डकी विजयी भएका छन् । दुई पोल मार्फत तीन विभागीय टिम सहित पाँच प्रदेश विच खेल भइरहेको छ । प्रत्येक टिमले आफ्नो पोलका तीन टिम सँग खेल खेल्ने छन् ।  बुधबार (आज) भएको लिग चरणको खेलमा एपिएफ क्बल एफिएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराएको छ । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई कोशी प्रदेशले जितेको छ । आर्मीले ३–१ को सेटमा हारेको हो । तेस्रो खेलमा पुलिस क्लबले सोझो सेटमा कर्णाली प्रदेशलाई हराएको छ । अन्तिम खेल गण्डकी प्रदेशले सुदुपश्चिम प्रदेशलाई सोझो सेटमा हराएको छ ।  पोल ‘ए’ मा नेपाल पुलिस क्बल, कोशी प्रदेश, एपिएफ र कर्णाली प्रदेश रहेका छन् । त्यसैगरी पोल ‘बि’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, सुदुपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विच खेल भइरहेको छ ।...