संखुवासभामा मानव अधिकार उलङ्घनका घटनामा वृद्धि
संखुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा ५० वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ । गत साउन २४ गते जिल्ला कारागार खाँदबारी भित्रै प्रहरीको कुटपिटबाट दुई कैदी हत्या हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेकको ठहर छ ।
आज सदरमुकाम खाँदबारीमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ५० वटा घटनामा ५१ जना पीडित भएको इन्सेक संखुवासभा प्रतिनिधि भविन कार्कीले जानकारी दिए । अघिल्ला वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । संखुवासभामा ११ बालिका सहित १६ जना बलात्कृत, घरेलु हिंसाका २४, हत्या ५...









