स्थानीय संस्कृति संम्वर्धन र पर्यटन प्रवर्धनका लागि चिचिलामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन (पत्रकार सम्मेलनको भिडियो सहित)
यहि असोज २७ गते संखुवासभाको चिचिला गाउँपालिकामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन हुने भएको छ । भारत, अमेरिका र चिनियाँ प्रतिनीधिहरुको सहभागितामा सम्मेलन हुन लागेको पत्रकार सम्मेलन मार्फत चिचिला गाउँपालिकाले जानकारी दिएको हो ।
कार्यक्रम चिचिला गाउँपालिकाको आयोजना तथा मकालु साहित्य समाजको संयोजनमा हुन लागेको हो । चिचिला गाउँपालिकाको साँस्कृतिक तथा पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गर्न लागिएको हो । कार्यक्रममा मुख्य गरि भारत आसामका आदिवासी समुदाय कार्वी कुर्फो आमेईको साँस्कृतिक टोलीको सहभागिता रहने गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिनुभयो ।
कार्यक्रममा चिचिला गाउँपालिका भित्रका जातजातिहरुको साँस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने जिल्लाका अन्य स्थानीय तहहरुबाट समेत झाँकी सहितको जनप्रतिनीधिहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा बताईएको छ ।
कार्यक्रमम...









