काठमाडौं र ललितपुरमा साढे ८ घन्टा विद्युत आपुर्ति बन्द गरिने
भोलि सनिवारकाठमाडौं र ललितपुरका केहि क्षेत्रमा करिव साढे ८ घन्टा विद्युत आपुर्ति बन्द हुने नेपाल बिद्युत प्राधिकरणले जनाएको छ ।
टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीच गियरमार्फत चार्ज गर्न स्युचाटार के(थ्री ६६ केभी प्रसारण लाइन बन्द गरिने भएकाले के(थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट बितरण गरिँदै आएको बिद्युत सेवा बन्द हुने बिज्ञप्ती मार्फत जानकारी गराईएको छ ।
प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी. चार्ज गर्नेगरी कार्य भइरहेको छ।
भोलि के(थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको कुलेश्वर, रत्नपार्क, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको भना...









