22JanNo Comments
सङ्खुवासभामा सापु (सेतो पुतली)का विरामी भेटिए
माघ ९
सङ्खुवासभाको भोटखोला गाउँपालिकाका एक बालकमा सापु राेग देखिएको छ ।
केहि दिन अगाडि खाँदबारी आएका ति बालकको आँखा सपु संक्रमण देखिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले जानकारी दिए ।
मंगलबार आँखामा समस्या देखिएपछि आँखा उपचार केन्द्रलाई ल्याइएको बालकको आँखामा सापु देखिएको ईन्चार्ज बरालले बताए ।
ती बालकलाई आजै रेफर गरि काठमाडौं पठाइएको उनले बताए । सेतो पुतलीको झुस आँखामा परेपछि लाग्ने रोगलाई सापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) भनिन्छ । यो रोग लागेपछि ४८ घण्टाभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा रहने इन्चार्ज बरालले बताए । जिल्लामा यस अघि सात जनालाई सापु लागेको भेटिएको र तीमध्ये एक जनाको आँखाको ज्योति गुमाउनु परेको थियो।
सङ्खुवासभा सेतो पुतलीको प्रकोप तथा जोखिम क्षेत्रको रुपमा लिइन्छ । सेतो पुतली सक्रिय भइसकेकाले सबै सजक रहन तेजरत्न आँखा तथा...
30DecNo Comments
दक्षिण कोरियामा विमान दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या एक सय ७९ जना पुग्यो
पाैष १५
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७९ जना पुगेको छ । एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय ७९ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ ।
घटनास्थलबाट दुई जनाको जीवितै उद्धार भएको थियो । उनीहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ । एक सय ७५ जना यात्रु र चालक दलका ६ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्किँदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो ।
एक सय ७५ जना यात्रुमध्ये एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक रहेका खबरमा उल्लेख छ ।
दक्षिण कोरियाको सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । प्रारम्भिक अनुसन्धानमा विमान अवतरणको नजिक पुग्दा चरासँग ठोक्किएको हुनसक्ने र खराब मौसम पनि दुर्घटनाको कारण ...
17SepNo Comments
दिल्लीका मुख्यमन्त्री केजरीवालले आज राजीनामा दिने
असोज १
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज राजीनामा दिनु हुने भएको छ । उहाँले जाँड–रक्सीजन्य पदार्थसम्बन्धी घोटाला प्रकरणमा जमानत प्राप्त हुनासाथ पदबाट राजीनामा दिने बताउनुभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गएको २१ मार्चमा पक्राउ परेर लामो समय तिहाड जेलमा बिताउनुभएका केजरीवालले राजीनामा दिन लाग्नुभएको हो । उहाँको आम आदमी पार्टीले अब नागरिकबाट इमानदारिताको प्रमाणपत्र लिएर मात्रै पदमा फर्किने बताएको छ । केजरीवालले दुई दिनअघि राजीनामाको घोषणा गर्नुभएको थियो ।
आम आदमी पार्टीले आजै नयाँ मुख्यमन्त्रीको नाम चयन गर्नेछ । केजरीवालकी पत्नी सुनिता केजरीवाल मुख्यमन्त्री बन्ने चर्चा भइरहे पनि सम्भावना भने कम रहेको भारतीय सञ्चारमाध्यम द हिन्दले जनाएको छ ।
नयाँ मुख्यमन्त्रीका रूपमा सुनितासहित आतिशी सिंह, गोपाल राय तथा कैलाश गहलोतको चर्चा भइरहेको छ ।...
30JulNo Comments
पाकिस्तानमा साम्प्रदायिक हिंसा, ४३ जनाको ज्यान गयो
श्रावण १५
पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परिवर्तन हुँदा ४३ जनाको ज्यान गएको छ । ३० एकड अर्थात झण्डै एक सय कनाल जग्गाको स्वामित्वको विषयमा विवाद हुँदा अरु एक सय ५० भन्दा धेरै मानिस घाइते भएका छन् । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीचको हो ।
अधिकारीहरुकाअनुसार ६ दिन अघि शुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ । दशकौँदेखि भइरहेको कृषि भूमि विवादमा वार्ता गरिरहेको परिषद्मा एकजनाले गोली चलाएपछि साम्प्रदायिक हिंसा शुरू भएको हो ।सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिबीच गएको बुधवारदेखि हिंसा भइरहेको बीबीसी हिन्दिले जनाएको छ । त्यहाँको सरकारी अधिकारीकाअनुसार हिंसामा सबैभन्दा धेरै अल्पसङ्ख्यक सम्प्रदायको रहेका छन् । कुर्रम पूर्व सङ्घीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा भएपनि सन् २०१८ मा खैबर पख्त...
28MayNo Comments
आ ब २०८१/८२ काे बजेट प्रस्तुत हुँदै
https://www.facebook.com/share/p/KLun1gDxdjapTYTy/?mibextid=oFDknk
26FebNo Comments
राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख चोरी, कर्मचारी पक्राउ
राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ चोरी गर्ने बैंकका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कोरियामा बस्दै आएका एक युवकको खाताबाट बैंकका कर्मचारी रोहितकुमार ओझाले रकम निकालेका हुन् ।
ओझा वाणिज्य बैंकको वीरगन्ज, पोखरिया शाखामा कार्यरत थिए । ओझाले खाताबाट पैसा चोरी गरेको स्वीकार गरेका छन् । खातामा दुई करोड रुपैयाँभन्दा धेरै रकम देखे । लामो समयदेखि खातामा कारोबारसमेत नभएको देखेपछि उनले पैसा निकाल्ने योजना बनाए ।
कोरियामा रहेका खाताधनीले धेरैपटक पैसा निकालिसकेपछि मात्र थाहा पाएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।...
29JanNo Comments
प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस सङ्खुवासभामा पनि मनाइयो
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सङ्खुवासभाले प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा प्रेस सेन्टरले खाँदबारीमा शुभाकामना आदानप्रदान कार्यक्रमा गरेको हो । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सङ्खुवासभाका अध्यक्ष अनिष विष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्लाका पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सङ्खुवासभाका संयोजक टेकमान राईले शुभकामना मनतव्य राखे । त्यसैगरी पत्रकार महासंघ अध्यक्ष इन्द्र गिरी, महासंघका संस्थापक अध्यक्ष डा।मात्रिका तिम्सिना, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला अध्यक्ष भोल राई, खाँदबारी–६ वडा अध्यक्ष अर्जुन तामाङ, प्रेस युनिय जिल्ला सभापति दिपेन्द्र शाक्य, फोनिज जिल्ला अध्यक्ष नविन गुरुङले स्थापना दिवसको शुभकामना मनतव्य दिए ।
कार्यक्रमा...
25DecNo Comments
बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या आएको छ ः शिक्षा संयोजक अधिकारी
जिल्लाको शैक्षिक क्षेत्रको गुणस्तर अभिबृद्धिमा योगदान पुर्याउँदै आएको युनाईटेड वल्र्ड स्कृल्स नेपाल (यु डब्लु एस नेपाल) का शिक्षा संयोजक आशिस अधिकारीले जिल्लाका बिभिन्न बिद्यालयहरुमा गठन भएका बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या भएको बताएका छन् ।
खाँदबारी एफएम संखुवासभाले संचालन गर्ने रेडियो कार्यक्रम संम्बाद डवलीमा सहकर्मी नवीन गुरुङ्ग संगको अन्तरवार्तामा संयोजक अधिकारीले अधिकांश बिद्यालयमा ब्यवस्थापन र शिक्षकको सकृयता नहुँदा संस्थाले शैक्षिक गुणस्तर अभिबृद्धि लागि बिद्यालयलाई उपलब्ध गराउँदै आएको सहयोग थप प्रभावकारी हुन नसकेको बताएका हुन् । उनले युडब्लुएसले कतिपय स्थानीय सरकार र बिद्यालयहरु संग गरेको सम्झौता समेत कार्यान्वयनमा नआएको बताउँदै शैक्षिक सुधारका लागि स्थानीय पालिकाहरुले समेत कार्यक्रम निरन्तरताको जिम्मा लिनुपर्ने बताए ।
यु डब्लु एस संग...
18DecNo Comments
नेतृत्वले राम्राे काम नगर्दा संघियताप्रति जनताकाे बितृष्णा बढ्याे: पुर्व राज्यमन्त्रि गुरुङ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि तारामान गुरुङले नेतृत्वकाे असक्षमताका कारण संघियताप्रति जनताकाे बितृष्णा बढ्दैगएकाे बताएका छन् ।
संखुवासभाकाे पहिलाे रेडियाे खाँदबारी एफएमकाे कार्यक्रम संबाद डवलीमा प्रस्ताेता नवीन गुरुङसंगकाे संबादमा उनले जनताकाे घरदैलाेमा सेवाप्रवाह गर्ने जिम्मेवारि बाेकेका कतिपय जनप्रतिनिधी पञ्चायती शैलिमा रहेकाे र भ्रष्टाचारमा लिप्त रहँदा जनतामा संघियताप्रति नै बितृष्णा जाग्दै गएकाे उनकाे आराेप थियाे ।
भिडियाे
https://youtu.be/VoXLCZU2re8?si=DSZMcXFdQz1bP35i...
