अर्थ/व्यापार Archives - Page 5 of 11 - साझाकुरा
शुक्रबार, फाल्गुन २९, २०८२

अर्थ/व्यापार

खाँदबारी बालविकास समाजलाई समाजसेवी घिमिरे दम्पत्तिद्धारा एक करोड सहयोग
अर्थ/व्यापार, समाचार

खाँदबारी बालविकास समाजलाई समाजसेवी घिमिरे दम्पत्तिद्धारा एक करोड सहयोग

समाजसेवी तथा सुशासनविद् हिरामणि घिमिरे र सीता घिमिरेले खाँदबारी बालबिकास समाजलाई एक करोड रुपैया प्रदान गरेका छन्। सङ्खुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिबार काठमाडौं चण्डोलमा आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गरेको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरे। सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै घिमिरेले पहिले समाजबाट आफूले विभिन्न प्रकारको सहयोग तथा लाभ लिएको र अहिले त्यसैको पैंचौ समाजलाई तिरेको बताए । ‘ मैले कुनै पैसा दिएको होइन, मैले समाजलाई पैचो फर्काएको मात्र हो’ घिमिरेले खाँदवारी वालबिकास समाजको उद्घाटन कार्यक्रममा भने–‘यो रकमबाट समाजमा रहेका वालवालिकाको स्वास्थ्य, शिक्षा तथा जीवनस्तर उकास्न सहयोग पुग्न सकोस् ।’ खाँदवारी बालविकास समाजले बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण ...
रुद्राक्ष व्यवसायि संघ कोशी प्रदेश अध्यक्षमा राजकुमार घिमिरे
अर्थ/व्यापार, समाचार

रुद्राक्ष व्यवसायि संघ कोशी प्रदेश अध्यक्षमा राजकुमार घिमिरे

श्रावण ११ खाँदबारी । रुद्राक्ष व्यवसायि संघ कोशी प्रदेश समिति पहिलो पटक गठन भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङ्टारमा राजकुमार घिमिरेको अध्यक्षतामा रुद्राक्ष व्यवसायि संघ कोशी प्रदेश समिति गठन भएको नवगठित समितिका उपाध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । घिमिरेको अध्यक्षता १५ सदस्यीय समिति गठन भएको हो । कोशी प्रदेश समितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ र रमेश बुढाथोकी, महासचिवमा सुरज गौतम, सचिवमा कमलबहादुर तिवारी, सहसचिवमा सुरेश श्रेष्ठ र कोषध्यक्षमा एकराज थापा चयन भएका छन् । समितिको सदस्यहरुमा धनबहादुर राई, राम राई, शिवकुमार श्रेष्ठ, भिम कार्की, विनय राई, नरेन्द्र तामाङ, दलेन्द्र राई र कृष्ण केसी रहेका छन् । संघका केन्द्रीय उपाध्यक्ष अगमसिं राई उपस्थितिमा समिति गठन भएको हो । नव गठित समितिले इश्वर शर्मा बजगाई र मुकेश अधिकारीलाई समिति सदस्यमा मनोनित समेत गरेको छ । समिति गठनका ल...
विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई सहयोग नगरेको ऊर्जामन्त्री खड्काको आरोप
अर्थ/व्यापार, समाचार

विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई सहयोग नगरेको ऊर्जामन्त्री खड्काको आरोप

श्रावण ११ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन् । सरकारी निकायले आफ्नो उत्तरदायित्व भुलेर उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्ने जस्तो गैरजिम्मेवार कार्य गरेकोमा उनले प्राधिकरणको नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा डेडिकेटेड तथा ट्रंक लाईनको वक्यौता रकम असुली गर्ने क्रममा प्राधिकरणले ६ वटा उद्योगको विद्युत आपूर्ति बन्द गरिएको सन्दर्भमा छलफल डाकिएको थियो । उक्त छलफलका क्रममा मन्त्री खड्काले सरकारको निर्णय नमान्ने भन्ने पनि हुन्छ र र भनि प्रश्न राखेका थिए । उद्योगि ब्यवसायीप्रति लचक देखिएका मन्त्री खड्काले विद्युत प्राधिकरणले उद्योगीहरुसँग बसेर छलफलको निश्कर्ष निकाली सरकारलाई बुझाउन समेत निर्देशन दिए । उनले विद्युत आपूर्ति नरोक्ने तर आवश्य...
शेयर बजार ७५ अङ्कले बढेर २८ महिनायताकै उच्च विन्दुमा पुग्याे
अर्थ/व्यापार

शेयर बजार ७५ अङ्कले बढेर २८ महिनायताकै उच्च विन्दुमा पुग्याे

शेयर बजार ७५ अङ्कले बढेर २८ महिनायताकै उच्च विन्दुमा पुग्याे श्रावण ८ शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ । नेप्से परिसूचक २८ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि २०७८ साल चैत १७ गते झन्डै २४ अङ्कले घटेर दुई हजार पाँच सय ४४ विन्दुमा झरेको नेप्से परिसूचक त्यसयता ओरालो लाग्दै आएको थियो । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, होटल, व्यापार, विकास बैंक, जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ र साहस ऊर्जा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको शेयर भने झन्डै ६ प्रतिशतले घटेको छ । आज तीन सय १७ वटा कम्पनीका तीन करोड ९७ ...
सुनको मूल्यमा एकै दिन दुई हजार बृद्धि
अर्थ/व्यापार

सुनको मूल्यमा एकै दिन दुई हजार बृद्धि

श्रावण २ आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजारले बृद्धि भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर डेढ लाखको नजिक पुग्दै नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज भने १ लाख ५० हजारमा कारोबार भैरहेको संघको भनाई छ । चाँदीको मूल्यमा पनि तोलामा २० रुपैयाँले बृद्धि आजएको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको संघको दावी...
मंगलबार ७० अंकले बढ्यो नेप्से
अर्थ/व्यापार

मंगलबार ७० अंकले बढ्यो नेप्से

श्रावण १ नेप्से परिसूचक मंगलबार उच्च अंकले बृद्धि भएको छ। आर्थिक बर्ष २०८१.०८१ को पहिलो दिन आज नेप्से ७०‍.१८ अंकले वृद्धि भएको हो। मंगलबार ३.१३ प्रतिशतले वृद्धि भएर २३१०.५९ विन्दुमा पुगेको छ । नयाँ सरकार गठन भएको दिन हिजो सोमबार १७.१८ अंकको गिरावट आएको परिसूचकमा मंगलबार भने तिब्र बृद्धि देखिएको हो । नेप्सेमा लामो समयावधी अर्थात ६ महिनापछि उच्च मूल्यको कारोबार भएको जनाईएको छ। आज मंगलबार ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। मंगलबार २ सय ३४ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ। पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक ०.४२ प्रतिशतले घटे पनि बाँकीको भने वृद्धि भएको छ। हाइड्रोपावर समूहको सबैभन्दा धेरै ५.४५ प्रतिशतले वृद्धि आएको छ भने विकास बैंक समूहको परिसूचक पनि...
११ महिनामा वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब अुसार २९
अर्थ/व्यापार, समाचार

११ महिनामा वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब अुसार २९

चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब रुपैयाँ पुगेकाे छ । २० वटा वाणिज्य बैंकहरुले यो ११ महिनामा कुल ५६ अर्ब ४८ करोड ४ लाख रुपैयाँ नाफा कमाएकाे हाे। सबैभन्दा बढी नबिल बैंकले ६ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ नाफा गरेकाे छ । ग्लोबल आइएमई बैंकले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकले ४ अर्ब ३८ करोड १३ लाख , प्राइम बैंकले ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ र एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ नाफा गरेका छन् । चालु आर्थिक वर्षको जेठसम्म सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल बैंक रहेको छ । यो बैंकले ११ महिनामा १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको नेपाल राष्ट्र बैकले जनाएकाे छ । ...
शेयर बजार २१ अङ्कभन्दा धेरैले बढ्यो, ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
अर्थ/व्यापार, समाचार

शेयर बजार २१ अङ्कभन्दा धेरैले बढ्यो, ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

असार २३, आज हप्ताको पहिलो दिन अर्थात आईतबार शेयर बजारमा दोहोरो अङ्कको बृद्धि आएको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २७ अङ्कले बृद्धि भएर २ हजार १ सय ४० दशमलव ९७ विन्दुमा पुगेको छ । आईतबार विकास बैंक, फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर कारोबार बढेको छ । जसमा प्रमुख रुपमा महोटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयरमा उच्च अङ्कको बृद्धि देखिएको छ । आज सीईडीबी हाइड्रोपावर, नेशनल लघुवित्त, निफ्रा र केबीएल डिबेन्चर २०८६ को शेयरमा ५ प्रतिशतभन्दा बढिको बृद्धि आएको छ । समग्रमा कारोबार र बजार बढेकोमा मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमा भने १० प्रतिशतको गिरावट आएको छ । आज ३ सय २५ वटा कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब २९ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।...
सुनको भाउ एकै दिन तोलामा सोह्र सयले बढ्यो
अर्थ/व्यापार, समाचार

सुनको भाउ एकै दिन तोलामा सोह्र सयले बढ्यो

असार २० सुनको भाउ आज बिहिबार एकैदिन तोलामा सोह्र सयले बढेको छ । हिजो बुधबार तोलाको १ लाख ४२ हजार ७ सयले कारोबार भएको सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ । आज चाँदीको भाउ पनि सामान्य रुपले बढेको छ । चाँदीको भाउमा आज ४० रुपैयाँ बृद्धि भएर तोलाको १ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ ।  ...
२० वटा सहकारीका कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय
अर्थ/व्यापार, समाचार

२० वटा सहकारीका कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

१७ असार, मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट संखुवासभा जिल्ला सहित ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको हाे । सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन विशेष समितिले निर्णय गरेको छ । समस्याग्रस्त सहकारीका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भए पनि अरू विवरण, जानकारी र तथ्य आवश्यक पर्ने भएकाले कागजात झिकाउने निर्णय गरेको समितिले जनाएको छ । समितिको हिजोको बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, २०६१/०६२ मा सहकारी अधययनका लागि गठित कार्यदलका संयोजक युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहाद...