अर्थ/व्यापार Archives - Page 7 of 12 - साझाकुरा
सोमवार, बैशाख २८, २०८३

अर्थ/व्यापार

बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य नहुने अर्थमन्त्री पुनको चेतावनी
अर्थ/व्यापार, समाचार

बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य नहुने अर्थमन्त्री पुनको चेतावनी

अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति कुनै हालतमा स्वीकार्य नहुने धारणा राखेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘बैंकहरुबाट अनावश्यक ऋण लिने तर तिर्ने बेलामा बिभिन्न बहाना देखाएर तिर्दिन भन्ने प्रवृत्ति अपराधपुर्ण भएको भन्दै सरकारले यस्ता गतिबिधीलाई नियन्त्रण गर्ने बताए । उनले प्राप्त उपलब्धी र व्यवस्थामाथि प्रश्न उठाउने, सानातिना कमजोरी औंल्याएर राजनीतिक प्रणालीका बिरुद्धमा लाग्ने र नेतृत्वप्रति नै अनास्था पैदा गर्ने प्रवृत्तिसँग मौलाउँदै गएको बताएका थिए । धार्मिक, सामाजिक अतिवाद, मिलेर रहेको समाजलाई विखण्डन गर्ने प्रवृत्तिहरू सरकारलाई सह्य नहुने मन्त्री पुनले राज्य प्रणालीमा भएको कमजोरीको समीक्षा गर्न आफूहरू तयार रहेको बताउँदै आफू अर्थमन्त्री रहँदासम्म जनतामा आशा जगाउने काम गर्ने अर्थमन्त्री पुनको भनाई थियो । ...
सुनको भाउ आईतबार तोलाको १ लाख २६ हजार
अर्थ/व्यापार, समाचार

सुनको भाउ आईतबार तोलाको १ लाख २६ हजार

सुनको भाउ आज आईतबार बढेर तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ पुगेको जनाएको हो । गत बिहीवार र शुक्रवार सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएकोमा सुनको भाउ बढेर अहिले सम्मकै उच्च मुल्यमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउमा पनि बृद्धि आएको छ । चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । ...
नेपाल बैकद्वारा एटिएम सेवा शुरु
अर्थ/व्यापार, समाचार

नेपाल बैकद्वारा एटिएम सेवा शुरु

संखुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल बैंक लिमिटेडको एटिएम सेवा सुरु भएको छ । बुधबार नेपाल बैंक लिमिटेड शाखा कार्यालय खाँदबारीले एटिएम सेवा सञ्चालन ल्याएको हाे । एटिएम सेवा आज एक कार्यक्रमका बीच खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले उद्घाटन गरेका हुन् । एटिएम सेवा सञ्चालनमा आएपछि खाँदबारीमा आउने आन्तरिक र बाह्य पर्यटकलाई सहज हुने नगर प्रमुख थपलियाले बताए । एटिएम सेवा सञ्चालनमा आएपछि खल्तीमा पैसा बोक्नुपर्ने समस्या हट्ने नेपाल बैंक लिमिटेड शाखा कार्यालय खाँदबारीका प्रमुख अरुण चौधरीले बताए । कार्यक्रममा वडा नम्बरु १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान,उद्योगी ब्यापारी लयायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । यहाँ एटिएम सेवा सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । जिल्लामा नेपाल बैंकको पहिलो एटि...
सञ्चयकाेषद्वारा घुम्ती सेवा संचालन तीन सय ७७ बढि सञ्चयकर्ताले जिल्लामै सेवा पाए
अर्थ/व्यापार, समाचार

सञ्चयकाेषद्वारा घुम्ती सेवा संचालन तीन सय ७७ बढि सञ्चयकर्ताले जिल्लामै सेवा पाए

सङ्खुवासभामा सदरमुकाम खाँदबारीमा कर्मचारी संचय कोष सञ्चालन गरेको सञ्चयकर्ताका लक्षित घुम्ती सेवामा तीन सय ७७ सञ्चयकर्ताले सेवा लिएका छन् । कर्मचारी सञ्चय कोष, सेवा केन्द्र धनकुटाले शुक्रबार देखि आइतबार सम्म घुम्ती सेवा सञ्चालन गरेको धनकुटा सेवा केन्द्रका प्रमुख दिपेन्द्र सापकोटाले जानकारी दिए । सञ्चय कोषले नेपालमा नै पहिलो पटक घुम्ती सेवामा मार्फत सेवा प्रदान गरेको हो ।  हिमाली जिल्ला संखुवासभाका सञ्चयकताहरुले धनकुटा तथा विराटनगर पुगेर सेवा लिदा सास्ती खेप्नु परेकाले जिल्लामा नै पुगेर सेवा प्रवाह गरेको प्रमुख सापकोटाले बताए । जिल्लामा नै सेवा प्रवाह हुँदा सञ्चयकर्ताको समय र आर्थिक भार समेत कम भएको उनको भनाई छ । घुम्ती सेवामा तीन सय ७७ सञ्चयकर्ताले डिजिटल परिचय पत्र दिएका छन् । यस अघि सञ्चय कोषले हस्तलिखत परिचय पत्र मात्र वितरण गर्दै आएको थियो । गोपनियता, दुरूपयोग रोक्न र सेवा प्रभ...
आउँदो आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब रुपैयाँ
अर्थ/व्यापार, समाचार

आउँदो आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब रुपैयाँ

आउँदो आर्थिक वर्ष २०८१र८२ का लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब रुपैयाँ बराबरको सिलिङ्ग तोकेको हो । सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबीच निरन्तर छलफल हुने गरेको भए पनि कुनै विवाद भने नभएको अर्थमन्त्री डां प्रकाशशरण महतले बताए यसैबीच, चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नुलाई बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतको भनाई छ । मन्त्रालयमा आज शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको जानकारी दिए। विभिन्न सञ्चारमाध्यमले बजेट घटाएको व्याख्या गरी समाचार दिएको भन्दै उनले स्पष्ट पार्न पत्रकार सम्मेलन नै आयोजना गर्नुपरेको ध...
फेरि बढ्यो डिजेल र पेट्रोलको भाऊ
अर्थ/व्यापार, समाचार

फेरि बढ्यो डिजेल र पेट्रोलको भाऊ

नेपाल आयल निगमले आजबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । आयल निगम सञ्चालक समितिको बिहिबार बसेको बैठकको निर्णय अनुशार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्यमा प्रतिलिटर दुई रुपैंयाँ बुद्धि गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । उनले निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत कायम राखिएको जानकारी दिए । निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः १६९।५०, १७१ र १७२ तथा डिजेलरमटिटेल क्रमशः १५७।५०, १५९ र १६० तोकेको छ। इण्डियन आयल कर्पोरेसनबाट बिहिबार प्राप्त भएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १।८३ र डिजेलमा १।५६ बृद्धि भएर आएको निगमको भनाई छ । ...
ऋण उठाउन सहकारीले पुराण लगाउने
अर्थ/व्यापार, समाचार

ऋण उठाउन सहकारीले पुराण लगाउने

ऋणीहरूले समयमा साँवा तथा ब्याज भुक्तानी गर्न आनाकानी गरेपछि बागलुङको एक सहकारीले धार्मिक बाटो रोज्ने भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरूको सचेतनाका लागि ‘सहकारी पुराण’को योजना सार्वजनिक गरेको हो । पुराणमा कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भएको चर्चा हुन्छ, त्यसैले अब हामीले सहकारी पुराणमार्फत सहकारी शिक्षा प्रदान गर्ने योजना बनाएका छौँ”, सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले भने, ‘नाम चलेका पण्डित बोलाएर भव्य सहकारी पुराण गर्ने योजना छ ।’ सहकारीले पत्रकार सम्मेलन गरेर विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो । “पुराणमा सहभागिताका लागि ऋण नतिर्नेलाई बोलाइने छ, अन्य शेयर सदस्यलाई पनि सहभागी गराइने छ, सहकारी पुराणले ऋण नतिर्नेलाई ज्ञान दिनेछ”, शर्मा भन्छन्, “नियमावलीमा तोकिएका प्रक्रियामा जानुपूर्व हामीले सचेतनामार्फत नै ऋण भुक्तानीको बाटो खोजेका हौँ ।” ...
संखुवासभा मोवायल ब्यवसायी संघको दोश्रो बार्षिक साधारण सभा सम्पन्न
अर्थ/व्यापार, समाचार

संखुवासभा मोवायल ब्यवसायी संघको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

संखुवासभा माघ २३, संखुवासभा मोवायल ब्यवसायी संघको दोश्रो बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खाँदबारीमा भएको साधारण सभामा जिल्लाका करिव पाँच दर्जन मोवायल ब्यवसायीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष कृष्णराज पुरीको सभापतित्वमा भएको साधारण सभामा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया प्रमुख अतिथी रहनुभएको थियो भने बिशिष्ट अतिथीहरुमा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी घनश्याम श्रेष्ठ, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान लगायत रहनुभएको थियो । संघका सचिव राज श्रेष्ठले संचालन गर्नूभएको कार्यक्रममा अध्यक्ष कृष्णराज पुरीले मोवायल ब्यवसायीहरुले भोग्न परिरहेका समस्या र जिल्लामा मोवायल ब्यवसायीको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै ...
न्युरोड पार्किङ्ग क्षेत्र घोषणा बिरुद्ध ब्यापारीको प्रदर्शन
अर्थ/व्यापार, समाचार

न्युरोड पार्किङ्ग क्षेत्र घोषणा बिरुद्ध ब्यापारीको प्रदर्शन

न्युरोड क्षेत्रमा पार्किङ्ग निषेध गरेको भन्दै न्युरोडका ब्यापारीहरुले आज काठमाडौंमा बिसाल प्रदर्शन गरेका छन् । काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको भन्दै आज दोश्रो दिन पनि उनिहरुले आन्दोलन गरेका हुन् । महानगरपालिकाले मंगलबारदेखि लागु हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको घोषणा गरेको थियो । उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्पबारे छलफल नै नगरि एकतर्फी निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग सहित आज बृहत प्रदर्शन गरेका हुन् । महानगरको उक्त निर्णय बिरुद्ध व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला समेटेर एक संघर्ष समिति बनाएर आन्दोलन गर्दैआएका छन् । महानगरले सरोकारवालाहरुसँग परामर्...
२ करोड ३० लाख रकमसहित ४ जना पक्राउ
अर्थ/व्यापार

२ करोड ३० लाख रकमसहित ४ जना पक्राउ

राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । उनले भने, “राजस्व अनुसन्धान विभागको टोलीले करिब रु दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।” व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताए । श्राेत काराेबार...