खेलकुद Archives - Page 7 of 10 - साझाकुरा
आइतवार, बैशाख २७, २०८३

खेलकुद

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियाेगिता संखुवासभामा
खेलकुद, समाचार

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियाेगिता संखुवासभामा

मुख्यमन्त्रि कप राष्ट्रिय पुरुष भलिबल प्रतियाेगिता संखुवासभाको सदरमुकाम खाँदबारीमा आयाेजना हुने भएको छ। भलिबल संघ संखुवासभाकाे संयोजनमा कोशी प्रदेश खेलकुद विकास बोर्डकोले आयोजना गर्ने उक्त प्रतियाेगिता आगामी फागुन १५ देखि १९ गते सम्म सञ्चालन गरिने संखुवासभा भलिबल संघका अध्यक्ष मेदिनी घिमिरेले बताए । संखुवासभामा पहिलाे पटक हुन लागेको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आर्मी, सशस्त्र र प्रहरीसहित तीनवटा विभागीय टिम र सातै प्रदेशका टिम गरी १० टिमको सहभागिता रहने जनाईएकाे छ । अनुमानित ४० लाखकाे लागत रहेकाे प्रतियाेगिता संचालनका लागि कोशी प्रदेशबाट २० लाख प्राप्त हुने र बाँकि २० लाख विभिन्न दाताहरुसंग संकलन गर्नुपर्ने अवस्था रहेकाे भलिबल संघका केन्द्रीय सदस्य प्रबीण श्रेष्ठले बताए । प्रतियोगितमा प्रथम हुने टिमले रु ३ लाख, द्वितीय हुने टिमले रु १ लाख ५० हजार, तृतीयले ५० हजार र च...
यू–१९ एसिया कप क्रिकेट शुरु, आज नेपाल र पाकिस्तान भिड्दै
खेलकुद

यू–१९ एसिया कप क्रिकेट शुरु, आज नेपाल र पाकिस्तान भिड्दै

एसिसी युथ– १९ एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट युएईमा सुरु हुँदैछ । नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ । प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा युएई, जापान, श्रीलंका र बंगलादेश छन् । आज सुरु हुने प्रतियोगिता पुष १ गतेसम्म चल्नेछ । सबै खेल आइसिसी एकेडेमी ओभल मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागी जापान र युएई बाहेक अन्य सबै टोलीलाई यो प्रतियोगिता आसन्न यूथ– १९ विश्वकप क्रिकेटको तयारीको रुपमा रहेको छ । युथ– १९ विश्वकप क्रिकेट आगामी जवनरी १३ देखि फेब्रेुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुनेछ । उक्त प्रतियोगितामा नेपालको समूहमा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् । ...
फिफा विश्वकप छनोटमा आज नेपाल र यमन भिड्दै
खेलकुद

फिफा विश्वकप छनोटमा आज नेपाल र यमन भिड्दै

फिफा विश्वकप फुटबल छनोट चरणको खेलमा नेपालले मंगलवार यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ७ बजे सुरु हुनेछ । अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औं स्थानमा छ । विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन छन् । नेपालले दोस्रो चरणका पहिलो खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । यस्तै बहराइनसँग २–० गोलले पराजित भएको यमन पनि अंकविहीन छ । यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो । ...
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनौट
खेलकुद

यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनौट

यूएईलाई हराउँदै नेपाल आउँदोवर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनौट भएको छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा ६३ रन जोडे । यस्तै कप्तान पौडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । यस्तै मुहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट लिए । नेपाल १० वर्षपछि टी–२० विश्व...
टि–ट्वेन्टी विश्वकप छनौटमा आज नेपाल र ओमान भिड्दै
खेलकुद

टि–ट्वेन्टी विश्वकप छनौटमा आज नेपाल र ओमान भिड्दै

आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको छनोट खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्ने भएकाले महत्वका साथ हेरिएको छ । जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने ओमान पनि लगातार दुई जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ । टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा नेपाल र ओमानबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ । आजको खेल जित्ने टोलीले अर्को समुहको उपविजेतासँग सेमिफाइनलमा खेल्नेछ । अर्को समुहको निर्णायक खेलमा आज युएई र हङकङ तथा बहराइन र कुवेत भिड्नेछन् । यो समुहका दुई खेलबाट युएईको चार अंक छ भने बहराइन र हङकङको २–२ अंक छ ।...
टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सिंगापुरमाथि नेपालको जीत
खेलकुद

टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सिंगापुरमाथि नेपालको जीत

आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकालेको छ । आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको हो । सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ दशमलब ३ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको हो । टियु क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको थियो । सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । टी–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली क्षेत्रको छनौट प्रतियोगिता आजबाट काठमाडौंमा सुरु भएको हो । आठ टोली सहभागी प्रतियोगितामा समुह चरणका खेलहरु कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह ‘ए’ मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । दुबै समुहबाट शिर्ष दुई टोली सेमिफाइ...
एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो
खेलकुद

एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो मलेसिया आज भएको एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ। आजको खेलमा नेपालले यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले हराउँदै उपाधी हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेट गुमाउँदै ५० रन बनाउँदा भिषण बर्षाद भएपछि खेल स्थगित गरिएको थियो । वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको तर, यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट हुनपुग्यो । नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए। उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरेका थिए। नेपाललाई जित दिलाउन उत्तम थापा मगरले ५७ रन, अर्जुन कुमालले ५५ रन जोडे। अर्जुन र देवले तेस्र...
विश्व कप क्रिकेटमा पाकिस्तान एक विकेटले पराजित, दक्षिण अफ्रिका शीर्षस्थानमा उक्लियो
खेलकुद

विश्व कप क्रिकेटमा पाकिस्तान एक विकेटले पराजित, दक्षिण अफ्रिका शीर्षस्थानमा उक्लियो

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ । जितका लागि पछ्याएको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाका एडेन मारक्रमले ९१ रन बनाए । बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ५० र साउद साकिलले ५२ रन बनाए । दक्षिण अफ्रिकी बलर ताब्रिज साम्सीले ४ विकेट लिए । यो जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकको शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिाकाको ६ खेलबाट १० अङ्क भएको छ । भारतको पनि समान १० अङ्क छ तर नेट रन रेटको आधारमा दोस्रो स्थानमा झरेको छ । पराजयसँगै पाकिस्तान भने चार अङ्कमै सीमित रह्यो । श्राेत:उज्यालाे अनलाईन...
यूएईलाई ५ विकेटले हराउँदै त्रिदेशिय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालकाे चाैथाे जित
खेलकुद, समाचार

यूएईलाई ५ विकेटले हराउँदै त्रिदेशिय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालकाे चाैथाे जित

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार चाैथाे जित निकालेकाे छ । शृङ्खलाअन्तर्गत समूह चरणकाे आफ्नाे अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ६५ रनकाे लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए । यस्तै कप्तान राेहित पाैडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए । बलिङतर्फ नेपालका साेमपाल कामी र अविनाश बाेहाेराले २/२ तथा गुलसन झा र करण केसीले १/१ विकेट लिए । नेपाल समूह चरणको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले प...
अरुण भ्याल्ली फुटबल प्रतियाेगिता आयाेजना गर्दै एडभान्स
खेलकुद, समाचार

अरुण भ्याल्ली फुटबल प्रतियाेगिता आयाेजना गर्दै एडभान्स

सामाजिक सद्भावका लागि युवा एकता, बिकृति र बिसंगतिका बिरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिवद्धता भन्ने नारा सहित संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांग स्थीत एडमान्स क्लवले आठौं अरुण भ्याल्ली आमन्त्रित फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । सनिबार क्लवले एक पत्रकार सम्मेलनको आयोजनागरि प्रतियोगिताको बारेमा बिस्तृत जानकारी दिएकोे हो । आगामि कार्तिक २० गते देखि २४ गते सम्म संचालन हुने फुटवल प्रतियोगितामा जिल्लाका १२ टिमको सहभागिता रहने जनाईएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु दुई लाख र दितिय हुने टिमलाई नगद रु एक लाख पुरस्कारको ब्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नका लागि सबैको सहयोगको अपेक्षा गरिएको क्लबका सल्लाहकार मेदिनी घिमिरेले जनाए । उनले पर्यटन प्रवर्धन संगसंगै युवा एकता र सामाजिक बिकृति बिसंगति न्युनिकरणमा खेलक्षेत्रको...