शिक्षा Archives - Page 3 of 4 - साझाकुरा
बिहिबार, बैशाख २४, २०८३

शिक्षा

कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक
शिक्षा, समाचार

कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा वैशाख २६ गतेसम्म चल्नेछ । यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते देखि २७ गतेसम्म हुनेगरी यस अघि नै तालिका सार्वजनिक भइसकेको छ । श्राेत:उज्यालाे...
खाँदबारी नगरपालिकाद्वारा मंगलादेवी माविलाई एक थान इन्भटर हस्तान्तरण
शिक्षा, समाचार

खाँदबारी नगरपालिकाद्वारा मंगलादेवी माविलाई एक थान इन्भटर हस्तान्तरण

२२ माघ २०८० संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित मंगलादेवी माध्यमिक विद्यालयलाई  खाँदबारी नगरपालिकाले एक थान इन्भटर हस्तान्तरण गरेको छ । आज सोमबार एक कार्यक्रम बीच विद्यालयमा नै पुगेर खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुलाराम आले, विद्यालयका प्रअ योगेन्द्रबहादुर श्रेष्ठ र ७ नम्बरका वडाध्यक्ष देवबहादुर पुवाँर मगरलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।  कार्यक्रममा खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले नगरभित्रका सबै विद्यालयहरुलाई नगरपालिकाले सकेको सहयोग गरिरहेको बताईन् । उनले यस विद्यालयमा इन्भटरको आवश्यकता भएको माग भई आएकाले नगरले सहयोग गरेको बताईन् ।  खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्कीले विद्यालयलाई सहयोग गर्ने हेतुले ३०० वाटको सोलार र विजुली दुवै तरिकाबाट चल्ने इन्भ...
“अखिल रनिङ शिल्ड हाजिरि जवाफ प्रतियाेगिता २०८०” सञ्चालन गरिने
शिक्षा

“अखिल रनिङ शिल्ड हाजिरि जवाफ प्रतियाेगिता २०८०” सञ्चालन गरिने

संखुवासभामा रहेका ७५ वटा माविलाई समेटेर जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । अनेरास्ववियु जिल्ला कमिटी संखुवासभाको आयोजनामा ३ बर्षे अखिल रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता हुने भएको हो । “चेतनशिल नागरिकको काधमा राष्ट्र विकास, विद्यार्थीको बौद्धिक क्षमता वढाउने अनेरास्ववियुको प्रयास” भन्ने मुल नाराका साथ प्रतियोगिता हुने प्रतियोगिताका संयोजक विवश खत्रीले पत्रकार सम्मेलनमा वताएका हुन् । संखुवासभामा रहेका ७५ वटा माविलाई विभिन्न ९ समुहमा विभाजन गरेको छनौट गरी प्रदेश निर्वाचन क्षेत्रिय सेमिफाईनल प्रतियोगिता माघको २२ गते सरस्वती मावि चैनपुर र २३ गते हिमालय मावि खाँदबारीमा हुनेछ । सेमिफाईनलबाट ४–४ वटा समुह छनौट गरी फाल्गुण ९ गते हिमालय मावि खाँदबारीमा फाईनल प्रतियोगिता हुने अनेरास्ववियु केन्द्रीय सदस्य तथा संखुवासभा जिल्ला ईञ्चार्ज अनुप चापागाईको अवधारणा अनुसार समुह विभाजन गरिए...
बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या आएको छ ः शिक्षा संयोजक अधिकारी
अन्तरवार्ता, भिडीयाे, शिक्षा, समाचार

बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या आएको छ ः शिक्षा संयोजक अधिकारी

जिल्लाको शैक्षिक क्षेत्रको गुणस्तर अभिबृद्धिमा योगदान पुर्याउँदै आएको युनाईटेड वल्र्ड स्कृल्स नेपाल (यु डब्लु एस नेपाल) का शिक्षा संयोजक आशिस अधिकारीले जिल्लाका बिभिन्न बिद्यालयहरुमा गठन भएका बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या भएको बताएका छन् । खाँदबारी एफएम संखुवासभाले संचालन गर्ने रेडियो कार्यक्रम संम्बाद डवलीमा सहकर्मी नवीन गुरुङ्ग संगको अन्तरवार्तामा संयोजक अधिकारीले अधिकांश बिद्यालयमा ब्यवस्थापन र शिक्षकको सकृयता नहुँदा संस्थाले शैक्षिक गुणस्तर अभिबृद्धि लागि बिद्यालयलाई उपलब्ध गराउँदै आएको सहयोग थप प्रभावकारी हुन नसकेको बताएका हुन् । उनले युडब्लुएसले कतिपय स्थानीय सरकार र बिद्यालयहरु संग गरेको सम्झौता समेत कार्यान्वयनमा नआएको बताउँदै शैक्षिक सुधारका लागि स्थानीय पालिकाहरुले समेत कार्यक्रम निरन्तरताको जिम्मा लिनुपर्ने बताए । यु डब्लु एस संग...
डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक
शिक्षा, समाचार, समाज

डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक

डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक भएको छ।  योगविज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४औं कृति हो। यसमा विवाह सम्बन्धी ज्ञान, विज्ञान र मनोविज्ञान समेटिएको छ।  “यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकांक्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् छ भन्ने मेरो विश्वास छ,” डा. अधिकारीले भने।  पुस्तकमा अधिकारीले विवाहका विविध पाटालाई केलाएर उत्तम छनोटका लागि मानिसलाई मार्गनिर्देश गरेको प्रकाशक संस्था फाइनप्रिन्टका नीरज भारीले बताए। भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योगविज्ञान एवम् मानव चेतना विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका अधिकारीका खाने कसरी पिउने कसरी, योग पनि गरौं भोग पनि गरौं, यस्तो होस् जीवनशैली, जिन्दगी रिल्याक्स प्लिज!, संस्कारी बन्ने काइदा, नैतिक सुखवाद र जीवन मूल्यहरू लगायत पुस्तक प्रकाशन भइसकेका छन्। पुस्तकका लेखक ड...
लेक लागेर मुस्ताङमा युक्रेन र भारतीय पर्यटकको मृत्यु
मुख्य समाचार, शिक्षा, स्वास्थ्य

लेक लागेर मुस्ताङमा युक्रेन र भारतीय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर युक्रेनी र भारतीय नागरिकको मृत्यु भएको छ । गत असोज १९ गतेपोखराबाट १० जनाको समूहसहित मुस्ताङ भ्रमणका लागि पुगेकी युक्रेनी महिला ३५ वर्षीया अन्ना पानिनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए । उनले कागबेनीमा बास बसेर असोज १९ गते पैदल हिँडेर झोङ हुँदै मुक्तिनाथ जाने क्रममा बीच बाटोमै उनलाई लेक लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश गौतमले बताए। युक्रेनी महिला पानिनालाई श्वासप्रश्वास र टाउको दुख्ने समस्या देखिएको थियो। लेक लागेका कारण बिरामी परेकी उनलाई जोमसोम अस्पतालमा उपचार लगिएको थियो। उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। लेक लागेर मृत्यु भएकी महिलाको शव हेलिकोप्टरमार्फत् काठमान्डौं लगिएको उनले जनाए । त्यसैगरी भारतको तामेलनाडुबाट मुक्त...
बरुण बहुमुखि क्याम्पस ब्यबस्थापन समितिकाे निर्वाचन सम्पन्न (ताजा नतिजा)
मुख्य समाचार, राजनीति, शिक्षा

बरुण बहुमुखि क्याम्पस ब्यबस्थापन समितिकाे निर्वाचन सम्पन्न (ताजा नतिजा)

संखुवासभाकाे खाँदबारी स्थित बरुण बहुमुखि क्याम्पस ब्यवथापन समितिकाे भर्खरै सम्पन्न नतिजा अनुसार ११ जना कार्य समिति सदस्य निर्वाचित भएबा छन् । जस अनुसार हरि कुमार कटुवाल ४० मत, दल ब बिक ४० मत, ईन्दा मिश्र ३३, युवराज शाक्य ३०,जिवनाथ खनालले २७ प्राप्त गरि निर्वाचित भएका छन् । भने २४ बराबरि मत प्राप्त गर्ने चार जना उम्मेदवार मध्ये चिठ्ठा मार्फत तिन जना चयन गरिने तैयारि भैरहेकाे छ । आज छनाैट हुनुपर्ने ११ जना सदस्य मध्ये यसअघि बबिता कार्की कटुवाल, डेगेश्वरी श्रेष्ठ र उषा कार्कि सर्बसम्मत निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुले आफु मध्येबाट अध्यक्ष र काषाध्यक्ष चयन गर्नेछन् ।...
डिभीको आवेदन खुल्यो, यस्ता छन् आवश्यक जानकारी
शिक्षा

डिभीको आवेदन खुल्यो, यस्ता छन् आवश्यक जानकारी

सन् २०२५ को डाइभर्सिटी भिसा (डि.भी.) को लागि आवेदन खुला गरिएको छ। इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न अर्थात् नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट आवेदन खुला गरिएकाे छ। डिभीको आवेदन नोभेम्बर ७ अर्थात् कार्तिक २१ गतेसम्म भर्न सकिने छ। इच्छुक आवेदकले निःशुल्क आवेदन दिन पाउनेछन्।   अमेरिकी दूतावासका अनुसार आवेदन दिनका लागि कन्सल्टेन्टको आवश्यकता पर्दैन भने आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सक्नेछ।   डि.भी. का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौल गर्नेछन्। अन्तर्वार्ताका लागि जाँदा आफूसँ...
विद्यार्थीको शङ्कास्पद मृत्यु भएको भन्दै होस्टेल र विद्यालयमा आगजनी
शिक्षा

विद्यार्थीको शङ्कास्पद मृत्यु भएको भन्दै होस्टेल र विद्यालयमा आगजनी

होस्टेलमै विद्यार्थीको मृत्यु शङ्कास्पद भएको भन्दै आक्रोशित विद्यार्थीका आफन्तहरूले होस्टेल तोडफोडसहित विद्यालयमा आगजनी गरेका छन्। सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बाल बाटिका सेकेण्डरी स्कुलको होस्टेलमा विद्यार्थी शङ्कास्पद रुपमा झुन्डिएको अवस्थामा फेला परेका थिए।  आगजनीका कारण विद्यालय पूर्ण रुपमा क्षति भएको छ। दुई वटा दमकलले आगो निभाएका थिए। प्रहरी संख्या कम हुँदा आक्रोशित बालकका आफन्तहरूले छिनभरमै विद्यालय आगजनी गरेर पूर्ण रुपमा क्षति गरेका थिए। कक्षा २ मा अध्ययनरत वर्ष ८ का सलाम पुलामी मगर दुई तला भएको बेडमै झुन्डिएको अवस्था फेला परेका हुन्।  दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका बालकको आफन्तहरू आई सकेका छन्। शुक्रवार साँझ झुन्डिएको अवस्थामा फेला परेका बालकको शव आफन्तहरूले उठाउन दिएका छैनन्। जसका कारण पोस्टमार्टम हुन सकेको छैन्...