शिक्षा Archives - Page 4 of 4 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

शिक्षा

महोत्तरीको सोनमामा प्रहरी र बिद्यार्थीबिच झडप २३ सेल अश्रुग्याँस प्रहार
शिक्षा

महोत्तरीको सोनमामा प्रहरी र बिद्यार्थीबिच झडप २३ सेल अश्रुग्याँस प्रहार

महोत्तरीको सोनमा गाउँपालिकामा प्रहरि र बिद्यार्थीबिच झडप हुँदा ६ जना प्रहरी आईते भएका छन् । शिक्षक सरुवाको विषयलाई लिएर मंगलबार दिउँसो गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई हटाउने क्रममा बिबाद बढ्दा बिद्यार्थिहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलित बिद्यार्थीहरुले मोटरसाइकलमा आगजनी र ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । त्यसलाई नियन्त्रण गर्न प्रहरीे २३ सेल अश्रुग्याँस प्रहार गरेका थिए । आन्दोलित विद्यार्थीहरूले मोटरसाइकलमा आगजनी गरेपछि शुरक्षा ब्यवस्था मिलाउनेक्रममा झडप भएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए । अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक गिरीको भनाई छ । विद्यालयमा तीनजना शिक्षकको सरुवा गरिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए।...
गुल्मीमा चट्याङ् लागेर ८ जना विद्यार्थीहरु घाइते
शिक्षा

गुल्मीमा चट्याङ् लागेर ८ जना विद्यार्थीहरु घाइते

गुल्मीको मुसिकोट नगरपालिका ६ मा पर्ने कुर्घाको कुर्घा निम्न माध्यमिक विद्यालयमाआज दिउसो सवा तीन बजे अचानक चट्याङ् पर्दा ८ विद्यार्थीहरु घाइते भएका छन । विद्यार्थाी घाइते भएको विद्यालयका प्राधानाध्यापक मोति प्रसाद शर्माले जानकारी दिए । चट्याङ्बाट घाइते हुनेहरुमा ईसा घर्ती, झलका विक, अनुजा विक, अनिसा विक, सृजना शर्मा, समीक्षा थापा, वुद्धिमाया नेपाली र कल्पना विक, कक्षा ६ मा अध्यनरत ईसा घर्ती, झलका विक, अनुजा विक र कक्षा ८ मा अध्यनरत अनिशा विक रहेका छन् । उनिहरु मध्ये केहिको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रधानाध्यापक शर्माले बताए । घाइते अन्य चार जना भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेका छन । चट्याङ् पर्दा ३५/४० जना विद्यार्थीहरु एउटै कोठामा पढिरहेका थिए । पानी सिमसिम परिरहेको मयमा एक्कासि चट्याङ् परेपछि कक्षा कोठाको पछ...
शुल्क बृद्धि फिर्ताको माग सहित अनेरास्वबियुले गर्याे मन्त्रीहरुलाई अवरोध
शिक्षा

शुल्क बृद्धि फिर्ताको माग सहित अनेरास्वबियुले गर्याे मन्त्रीहरुलाई अवरोध

अत्याधिक शुल्क बृद्धि गरिएको भन्दै अनेरास्वबियुले मन्त्रीहरुको गाडीमा अवरोध पुर्याएका छन् । आज आईतबार बिहान ८ बजेको समय देखि एक घण्टा बिरोध स्वरुप उनिहरुले मन्त्री निवास पुल्चोक देखि बाहिरिने र भित्रिने मन्त्रीहरुको सवारी साधनमा अवरोध गरेका हुन् ।   मन्त्रीको सवारीमा अवरोध गरेको भन्दै केहि बेर अवरोध कर्ता र प्रहरी बिच ठेलमठेल समेत भएको थियो । आन्दोलनकारीहरुले गत श्रावण २०८० श्रावण २५ गते ईन्जिनियरिंङ्ग अध्ययन समितिले संस्थान अन्तरगतका आंगिक क्याम्पसहरुको शुल्क २ लाख ८० हजारबाट अत्याघिक बृद्धिगरि एकैपटक ७ लाख ७५ हजार पुयाएको बिरोधमा श्रृङ्खलाबद्ध आन्दोलन गर्दैआएको अनेरास्वबियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । बृद्धि गरिएको शुल्क फिर्ता नलिए थप आन्दोलनको कार्यक्रम अघि बढाईने प्रवत्ता पौडेलको भनाई छ ।...