समाचार Archives - Page 54 of 80 - साझाकुरा
शुक्रबार, बैशाख २५, २०८३

समाचार

संखुवासभाको खाँदबारीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी ससस्त्र प्रहरी बलले जित्यो
खेलकुद, समाचार

संखुवासभाको खाँदबारीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी ससस्त्र प्रहरी बलले जित्यो

संखुवासभा फागुन १९ संखुवासभाको खाँदबारीमा सम्पन्न कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी ससस्त्र प्रहरी बल एपिएफले हात पारेको छ । आज भएको फाईनल खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै एपिएफले उपाधी हात पारेको हो । आजै भएको सेमिफाईनल खेलमा त्रिभुवन आर्मिलाई हराउँदै नेपाल पुलीसले त्रितिय स्थान हात पारेको छ भने त्रिभुवन आर्मिले सान्त्वना स्थान हाँसिल गरेको छ । गत फागुन १९ देखि शुरु भएको प्रतियोगितामा बिभागिय टिम सहित ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका प्रथम स्थान हाँसिल गर्ने ससस्त्र प्रहरी बल एपिएफले रु ३ लाख शिल्ड र मेडल हात पारेको छ । त्यसैगरि दितिय हुनेले नगद रु १ लाख ५० हजार, तृतिय हुनेले रु ५० हजार शिल्ड र चौथो हुने टिमले रु ३० हजार र मेडल हात पारेका थिए । ...
मुख्यमन्त्री कप भलिबल : एपिएफ, पुलिस, कोशी र गण्डकी विजयी
खेलकुद, समाचार

मुख्यमन्त्री कप भलिबल : एपिएफ, पुलिस, कोशी र गण्डकी विजयी

सङ्खुवासभाको खाँदबारीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा दोस्रो दिनको खेलमा एफिएफ, नेपाल पुलिस क्लब, कोशी प्रदेश र गण्डकी विजयी भएका छन् । दुई पोल मार्फत तीन विभागीय टिम सहित पाँच प्रदेश विच खेल भइरहेको छ । प्रत्येक टिमले आफ्नो पोलका तीन टिम सँग खेल खेल्ने छन् ।  बुधबार (आज) भएको लिग चरणको खेलमा एपिएफ क्बल एफिएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराएको छ । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई कोशी प्रदेशले जितेको छ । आर्मीले ३–१ को सेटमा हारेको हो । तेस्रो खेलमा पुलिस क्लबले सोझो सेटमा कर्णाली प्रदेशलाई हराएको छ । अन्तिम खेल गण्डकी प्रदेशले सुदुपश्चिम प्रदेशलाई सोझो सेटमा हराएको छ ।  पोल ‘ए’ मा नेपाल पुलिस क्बल, कोशी प्रदेश, एपिएफ र कर्णाली प्रदेश रहेका छन् । त्यसैगरी पोल ‘बि’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, सुदुपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विच खेल भइरहेको छ ।...
कलाकार कुटपिट अभियोगमा शर्मिला वाइबा पक्राउ
समाचार

कलाकार कुटपिट अभियोगमा शर्मिला वाइबा पक्राउ

आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै पीडितले जाहेरी दिएका थिए । त्यसपछि उनको खोजी थालेको प्रहरीले उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएकाे समचार अनलाईन खबरले प्रकाशित गरेकाे छ ।...
नेपाल बैकद्वारा एटिएम सेवा शुरु
अर्थ/व्यापार, समाचार

नेपाल बैकद्वारा एटिएम सेवा शुरु

संखुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल बैंक लिमिटेडको एटिएम सेवा सुरु भएको छ । बुधबार नेपाल बैंक लिमिटेड शाखा कार्यालय खाँदबारीले एटिएम सेवा सञ्चालन ल्याएको हाे । एटिएम सेवा आज एक कार्यक्रमका बीच खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले उद्घाटन गरेका हुन् । एटिएम सेवा सञ्चालनमा आएपछि खाँदबारीमा आउने आन्तरिक र बाह्य पर्यटकलाई सहज हुने नगर प्रमुख थपलियाले बताए । एटिएम सेवा सञ्चालनमा आएपछि खल्तीमा पैसा बोक्नुपर्ने समस्या हट्ने नेपाल बैंक लिमिटेड शाखा कार्यालय खाँदबारीका प्रमुख अरुण चौधरीले बताए । कार्यक्रममा वडा नम्बरु १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान,उद्योगी ब्यापारी लयायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । यहाँ एटिएम सेवा सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । जिल्लामा नेपाल बैंकको पहिलो एटि...
राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख चोरी, कर्मचारी पक्राउ
समाचार

राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख चोरी, कर्मचारी पक्राउ

राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ चोरी गर्ने बैंकका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कोरियामा बस्दै आएका एक युवकको खाताबाट बैंकका कर्मचारी रोहितकुमार ओझाले रकम निकालेका हुन् । ओझा वाणिज्य बैंकको वीरगन्ज, पोखरिया शाखामा कार्यरत थिए । ओझाले खाताबाट पैसा चोरी गरेको स्वीकार गरेका छन् । खातामा दुई करोड रुपैयाँभन्दा धेरै रकम देखे । लामो समयदेखि खातामा कारोबारसमेत नभएको देखेपछि उनले पैसा निकाल्ने योजना बनाए । कोरियामा रहेका खाताधनीले धेरैपटक पैसा निकालिसकेपछि मात्र थाहा पाएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।...
गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन
समाचार

गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन भएको छ । आज सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । भजन शिरोमणिको उपाधिबाट सम्मानीत स्वर्गिय आचार्य लामो समय देखि अस्वस्थ थिए । आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको बताईएको छ । संगीतकार हरि लम्सालका अनुसार अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको हो । आचार्यको पार्थिव शरीरलाई भोली अर्थात मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाई गरिने जनाईएको छ । स्वर्गिक आचार्य १९९९ सालमा धनकुटामा जन्मिएका थिए । उनको नेपाली सुगम संगीतमा विशिष्ट स्थान रहिआएको छ । उनी स्वर...
भारतिय चर्चित गायक पंकज उधासको ७२ बर्षको उमेरमा निधन
समाचार

भारतिय चर्चित गायक पंकज उधासको ७२ बर्षको उमेरमा निधन

भारतिय चर्चित गायक पंकज उधासको ७२ बर्षको उमेरमा आज निधन भएको भारतिय संचार माध्यमहरुले जनाएका छन् । भारतीय संचार माध्यमका अनुशार उधासको मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे निधन भएको हो। उनी विगत केही दिनदेखि उक्त अस्पतालमा उपचाररत थिए । स्वर्गिय गायक उधासको सैयौं गित र गजलहरु बिश्व चर्चित समेत बनेका थिए । उनका चर्चित गजलहरु मध्ये ‘चिठी आयी है’बाट उनले निकै चर्चा बटुलेका थिए । स्वर्गिय गायक तथा गजलकार पंकज उधासलाई सन् २००६ मा पद्मश्री पुरस्कारबाट सम्मान समेत गरिएको थियो । ...
लोसपा बरिष्ठ नेता राजेन्द्र महतोद्वारा पार्टि परित्याग, नयाँ आन्दोलनको घोषणा
राजनीति, समाचार

लोसपा बरिष्ठ नेता राजेन्द्र महतोद्वारा पार्टि परित्याग, नयाँ आन्दोलनको घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । आज राष्ट्रिय सभागृहमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् । बरिष्ट नेता महतोले पत्रकार सम्मेलन मार्फत नै लोसपा परित्यागसंगै राष्ट्रिय मुक्ति आन्दोलन समेत आजैबाट शुरु भएको घोषणा गरेको जनाईएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुर र महतोबिच केही महिला अघि देखि नै मनमुटाव देखिँदैआएको थियो । पार्टि परित्याग गरेको घोषणा संगै महतोले राष्ट्रिय मुक्ति आन्दोलन अभियान शुरु भएको र पार्टीको स्वरूप गठनलाई तिब्रता दिने बताएका थिए । ...
क्रिकेट कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई मासिक १ लाख तलव
खेलकुद, समाचार

क्रिकेट कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई मासिक १ लाख तलव

नेपाल क्रिकेट सङ्घ (क्यान)को यही फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुरुष र महिला क्रिकेटरको श्रेणी वर्गीकरण गरेको छ । क्यानको आजको बैठकले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जनालाई केन्द्रीय सम्झौतामा राख्ने निर्णय गरेको क्यानले उल्लेख गरेको छ । । पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने क्रिकेटरहरुमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल गरी ६ जना रहेका छन् । उनिहरुले मासिक एक लाख रुपैयाँ तलब पाउने उल्लेख गरिएको छ । त्यसैगरि पुरुषतर्फ ‘बी’ श्रेणीका ६ जना क्रिकेटरले ७० हजार, ‘सी’ श्रेणीका ४ जनाले ५५ हजार, ‘डी’ श्रेणीका ७ जनाले ३५ हजार र उदीयमान श्रेणीमा पर्ने ७ जना क्रिकेटरले मासिक २५ हजार रुपैयाँ तलब पाउने निर्णय भएको क्यानले जनाएको छ । यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा पर्ने कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगरले जनह...
निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरे आन्दोलनकारी, ४९ जना पक्राउ
समाचार

निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरे आन्दोलनकारी, ४९ जना पक्राउ

निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेकाे आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । संसद भवनमा प्रवेश गरेकाे आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।  निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । श्राेत:राताेपाटी...