समाचार Archives - Page 56 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

बर्षाैं देखि रोकिएको छुट जग्गा दर्ता खुला
समाचार

बर्षाैं देखि रोकिएको छुट जग्गा दर्ता खुला

जग्गाको नापजाँच भएको, दुई तीन पुस्ता देखि भोग चलन गर्दै आएको तर विभिन्न कारणले दर्ता नभएको छुट जग्गा दर्ता गर्न सरकारले खुला गरेको छ। विगत ८ वर्ष देखि छुट जग्गा दर्ता गर्न रोक लगाइएको थियो। भूमि व्यवस्था मन्त्रालयले बिहीबार राजपत्रमा सूचना निकाली छुट दर्ता गर्न खुला गरेको औपचारिक जानकारी गराएको छ। यसअघि पनि सरकारले पटक पटक सूचना निकाली छुट जग्गा दर्ता खुला गर्ने र बन्द गर्ने गरेको थियो। तर पछिल्लो पटक विगत ८ वर्ष देखि छुट जग्गा दर्ता गर्न बन्द गरिएको थियो। यसबाट जग्गाको नापजाँच भएको र भोगचलन गर्दै आएका जग्गाधनीहरू मर्कामा परेका थिए। उनीहरूले जग्गाको बेचबिखन गर्न, बैंकमा धितो राखी धरौटी लिन तथा नामसारी गर्न लगायतका सेवा पाउन सकेका थिएनन्। २०१९ सालमा जग्गा नापँजाच ऐन आए पछि २०२१ साल देखि २०५५ सालसम्म देशभरी जग्गा नापँजाच गरिएको थियो। यस अवधिमा जग्गा नाप जाँच गर्दा नाँपजाच भएको तर दर्ता ह...
३ हजारलाई शहीद घोषणा गर्ने प्रधानमन्त्री दाहालको उद्घोष
समाचार

३ हजारलाई शहीद घोषणा गर्ने प्रधानमन्त्री दाहालको उद्घोष

नेपाल सरकारले करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने तैयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घोष गरेका छन्। शनिबार शहीद प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धको क्रममा सरकारले सहित घोषणा गर्न छुटाएका करिब ३ हजारलाई सरकारले सहित घोषणा गर्न लागेको बताए । उनले उक्त प्रस्ताव मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने काम अन्तिम चरणमा पुगेको खुलासा गरे । उनले आफु प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु कोहि नछुटोस भनेर बिषेस ध्यान पुर्याईरहेको समेत खुलाए । प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको ऐतिहाँसिक त्याग तपश्या र बलिदानीलाई कदर गर्न सरकारले ३ हजार बढिलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका थिए । ...
राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै : आजै नतिजा
राजनीति, समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै : आजै नतिजा

आज राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । मतदान बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यक्रम छ । राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि सात प्रदेशबाट आठ राजनीतिक दलका ५१ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । एमालेबाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन् । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुने व्यवस्था छ । निर्वाचन आयोगका अनुसार कुल हजार ४७ मतदाता छन् । यीनै मतदाताहरुले १९ सदस्य चुन्नेछन् । निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र राखिएको छ । मतगणना आ...
आजदेखि श्री स्वस्थानीको व्रत शुरु
समाचार

आजदेखि श्री स्वस्थानीको व्रत शुरु

आजदेखि एक महिने श्री स्वस्थानीको व्रत शुरु गरिँदैछ । पौष शुक्ल पूर्णिमाका दिन शुरु गरिने श्रीस्वस्थानीको व्रत नेपाली हिन्दु समुदायले बिहीबारबाट शुरु गर्दैछन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीको कथा साँझपख वाचन गर्ने र सुन्ने परम्परा छ । विधिपूर्वक व्रत बस्नेले नुहाएर दिउँसो महादेव र स्वस्थानी परमेश्वरीको पूजा गर्दछन् । ...
भिजिट भिसामा छ बुँदे नयाँ नियम लागु
अन्तर्राष्ट्रिय, समाचार

भिजिट भिसामा छ बुँदे नयाँ नियम लागु

सरकारले भिजिट भिसामा विदेश जानका लागि नयाँ नियम लागू गरिएको घोषणा गरेको छ । विदेश लग्नेबाट ठगिन र गैरकानूनी ढंगले लुकेर काम गर्ने अवस्था अन्त्यका लागि अध्यागमन विभागले बुधवारबाटै लागू हुने गरी ट्राभल एड्भाईजरीसहितको ६ बुँदे नयाँ नियम लागू गरेको अध्यागमन बिभागले जनाएको छ । भिजिट भिसामा जानेहरु एजेण्टबाट नलुटिउन र विदेशमा लुकेर नबसोस भन्ने उदेश्यले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा ६ बुँदे नयाँ नियम लागू गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जनाए । भिजिट भिसामा भ्रमण गर्नैहरुसंग ६ महिनाको अवधि रहेको पासपोर्ट हुनुपर्नेछ । त्यसैगरी गन्तव्य देशको भिसा, टिकट, होटल बुकिङ वा कतै आफन्तसँग बस्ने हो भने नाता प्रमाणित हुने कागजपत्र र सरकारी वा गैरसरकारी वा व्यक्तिगत रुपमा जाने हो भने त्यसको खर्चको विवरण उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ । सरकारी वा गैरसरकारी संस्थाले खर्च नव्यहोर्ने अ...
न्युरोड पार्किङ्ग क्षेत्र घोषणा बिरुद्ध ब्यापारीको प्रदर्शन
अर्थ/व्यापार, समाचार

न्युरोड पार्किङ्ग क्षेत्र घोषणा बिरुद्ध ब्यापारीको प्रदर्शन

न्युरोड क्षेत्रमा पार्किङ्ग निषेध गरेको भन्दै न्युरोडका ब्यापारीहरुले आज काठमाडौंमा बिसाल प्रदर्शन गरेका छन् । काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको भन्दै आज दोश्रो दिन पनि उनिहरुले आन्दोलन गरेका हुन् । महानगरपालिकाले मंगलबारदेखि लागु हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको घोषणा गरेको थियो । उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्पबारे छलफल नै नगरि एकतर्फी निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग सहित आज बृहत प्रदर्शन गरेका हुन् । महानगरको उक्त निर्णय बिरुद्ध व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला समेटेर एक संघर्ष समिति बनाएर आन्दोलन गर्दैआएका छन् । महानगरले सरोकारवालाहरुसँग परामर्...
आज १२ बजे सम्म मात्र राष्ट्रिय सभाको चुनाव प्रचारप्रसार गर्न पाइने
राजनीति, समाचार

आज १२ बजे सम्म मात्र राष्ट्रिय सभाको चुनाव प्रचारप्रसार गर्न पाइने

माघ ११ गते हुन गैरहेको राष्ट्रिय सभा निर्वाचनको प्रचारप्रसारको अवधि आज सोमबार राती १२ बजे सम्म मात्र रहेको छ । आज माघ ८ गते राति १२ बजेपछि पछि देखि मतदान सम्पन्न नभएसम्मका लागि मत माग्ने र मतदातालाई प्रभावपार्ने काम गरिएको पाईएमा निर्वाचन आयोगले कानुनबमोजिम कार्वाहि हुने समेत चेतावनी दिएको छ । आगामी माघ ११ गते बिहिबार राष्ट्रियसभाको रिक्त रहेको १९ पदका लागि सातै प्रदेशमा निर्वाचन हुने आयोगले मिति तय गरेको छ । ‘आज राति १२ बजेपछि देखि राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठनले पुर्णतया आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी संचालन गर्न र सामाजिक संजाल वा कुनै माध्यमबाट पनि मतदानलाई प्रभावपार्नेगरि सामग्री प्रसारण, शेयर गर्ने नपाउने उल्लेख गरेको छ । ...
उपसचिवको खातामा कम्प्युटर अपरेटरद्वारा अढाई करोड जम्मा
अपराध, समाचार

उपसचिवको खातामा कम्प्युटर अपरेटरद्वारा अढाई करोड जम्मा

किक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँको स्रोतबारे विभागले अनुसन्धान सुरु गरेको हो । बुटवल यातायात कार्यालयका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले उपसचिव केशव अर्यालको खातामा अढाई करोड रुपैयाँ जम्मा गरेको देखिन्छ । त्यस विषयमा अनुसन्धान थालिएको छ', सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतले भन्यो । अनियमित तरिकाले लाइसेन्स वितरण गरिएको विषयमा यातायात व्यवस्था विभाग स्वयंले छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छानबिनका लागि प्रतिवेदनसहितका विवरण बुझाइसकेको अवस्थामा सम्पत्ति शुद्धीकरण...
म्यान्माका करिब ३०० सैनिक भागेर भारतमा
अन्तर्राष्ट्रिय, समाचार

म्यान्माका करिब ३०० सैनिक भागेर भारतमा

सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब तीन सय मान्माका सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले जनाएका छन्। म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग विद्रोही समूहले सशस्त्र आन्दोलन गरिरहेको छ। गत नोभेम्बरमा अराकान आर्मी (एए)ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि म्यान्माको भारतीय सीमा नजिकको केही भागमा तनाव बढेको थियो। यसै हप्ता उक्त समूहले भारतको मिजोरम राज्यको सिमानामा रहेको प्रमुख सहर पालेतवा र ६ वटा सैन्य अखडा कब्जा गरेको बताएको थियो। आसाम राइफल्स अर्धसैनिक बलका अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने, ‘हतियार र गोलाबारुदसहित कुल २ सय ७६ सैनिक बोन्डुकबाङ्सोरा गाउँमा आइपुगेका छन्।’ उनीहरूलाई हाम्रो क्याम्पमा आश्रय दिएको उनले बताए। ‘आउने सैनिकलाई आवश्यक पर्ने सबै सहयोग दिइएको छ’, उनले भने।  अधिकारीका अनुसार भारतीय सेनाको युनिटले ती सैनिकबाट बायोमेट्रिक ...
वरिष्ठ गायक योगेश वैद्यको निधन
समाचार

वरिष्ठ गायक योगेश वैद्यको निधन

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार राति निधन भएको छ । पारिवारिक स्रोतका अनुसार गएराति साढे १२ बजे उहाँको निधन भएको थियो । बिहीबार दिउँसो वैद्यको स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ बढी समस्या भएपछि अस्पताल लैजाने क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ । उहाँलाई भ्याली अस्पताल लगिएको थियो । वैद्यका नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् । त्यसैगरी सपना भुलाइ सारा.., मेरा आँशुमा नहाँसे.., नेपाल मेरो उपहार भो.., लगायत गितका सर्जकले ३३ वर्ष सरकारी सेवामा बिताउनु भएको थियो । वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उहाँका दुई छोरी र एक छोरा छन् । ईमेज खबरमा समचार छ ।...