समाचार Archives - Page 64 of 77 - साझाकुरा
शनिबार, फाल्गुन ३०, २०८२

समाचार

जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु भएर फेरि गयाे ५.८ काे भुकम्प
समाचार

जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु भएर फेरि गयाे ५.८ काे भुकम्प

जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु भएर फेरि अहिले ४:३२ बजे ५.८ रेक्टरकाे भुकम्प गएकाे छ । भुकम्पबाट थप क्षति पुगेकाे छ । भूकम्पपछि स्थानीयहरु खुल्ला ठाउँ र चाैतारामा बसिरहेका छन् । गएको शुक्रवार राति जाजरकोटमै केन्द्रविन्दु भएर गएको भूकम्पकाबाट जाजरकोट र रुकुम पश्चिममा गरि १ सय ५३ जनाको ज्यान गएको थियाे भने अरबाैंकाे भाैतिक संरचनामा क्षति पुगेकाे थियाे । आज गएकाे भुकम्पले कुनै मानविय क्षति नपुगेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ । ...
सांसदकाे १५ दिनको सुबिधा भूकम्प पीडितलाई सहयोग गर्ने काँग्रेसकाे निर्णय
समाचार

सांसदकाे १५ दिनको सुबिधा भूकम्प पीडितलाई सहयोग गर्ने काँग्रेसकाे निर्णय

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले आफ्ना दलका तर्फबाट भूकम्पपीडितका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीस्थित उहाँको निवासमा बसेको बैठकले भूकम्पमा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ...
जाजरकोट भुकम्पः मृतकका परिवारलाई दुई लाख
समाचार

जाजरकोट भुकम्पः मृतकका परिवारलाई दुई लाख

आईतबार बसेको मन्त्रिपरिषद बैठकले भुकम्पका कारण मृत्यु भएकाको परिवारलाई तत्कालका लागि रु दुई लाख उपलब्ध गराउने घोषणा गरेको छ । मन्त्रिपरिषदको आजको आकस्मिक बैठकले भुकम्पका कारण मृत्यु भएका परिवारलाई तत्कालका लागि रु दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रवार राती ६।४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरि १ सय ५७ जनाले ज्यान गुमाएका थिए । त्यसैगरि उत्त भुकम्पमा परि २ सय बढि घाईते भएका थिए । ...
जनप्रतिनिधी र कर्मचारीद्धारा भुकम्प पिडितलाई १ करोड सहयोगको घोषणा
समाचार, समाज

जनप्रतिनिधी र कर्मचारीद्धारा भुकम्प पिडितलाई १ करोड सहयोगको घोषणा

चितवनको भरतपुर महानगरपालिकाले जाजरकोटका भुकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरको छ । जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाको आइतवार बसेको ८७ औँ कार्यपालिका बैठकले जाजरकोटका भुकम्प प्रभावितको खोज, उद्धार, राहत, उपचार र पुनस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिईन् । भुकम्प प्रभावितका लागि उपलब्ध गराईने एक करोड जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको तीन दिनको तलब, मावि शिक्षकको तीन दिनको तलब, आधारभूत तहका शिक्षकको दुई दिनको तलव र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ब्यहोरिने भरतपुर महानगरपालिकाले जनाएको छ । महानगरपालिका प्रमुख दाहालले यतिवेला भुकम्प प्रभावीतहर...
भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुग्याे
समाचार

भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुग्याे

जाजरकाेट केन्द्रबिन्दु बनाई आज राति गएकाे भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ । जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए । १४० जना घाइते भएकाे र दर्जन बढि गंभिर अवस्थामा रहेकाे बताईएकाे छ ।
उपमेयर सहित भुकम्पमा परि जाजरकोट र रुकुममा ५० बढिको मृत्यु
समाचार

उपमेयर सहित भुकम्पमा परि जाजरकोट र रुकुममा ५० बढिको मृत्यु

मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पबाट जाजरकोट र रुकुममा गरि हालसम्म ५० बढिको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । भुकम्पबाट हालसम्म रुकुममा मात्र २८ बढिको ज्यान गएको रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जनाए । नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोक्काले जानकारी दिए । स्थानीय संचारकर्मीहरुले जानकारी दिए अनुशार जाजरकोट र रकुमका गरि ६७ जनाको शव संकलन भैसकेको तर आधिकारीक पुष्टी हुन बाँकि रहेको जनाईएको छ । उनिहरुले थप दर्जनौं ब्यक्तिहरु हराईरहेको र उद्धारको कार्य जारीरहेको बताएका छन् । सैयौंको संख्यामा मानिसहरु घाईते भएका छन् ...
आज राति गएकाे भुकम्पमा परेर  जाजरकोट र रुकुममा गरी ३६ जनाको ज्यान गएको पुष्टि
मुख्य समाचार, समाचार

आज राति गएकाे भुकम्पमा परेर जाजरकोट र रुकुममा गरी ३६ जनाको ज्यान गएको पुष्टि

जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि ३६ जनाको ज्यान गएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ४ बजेसम्म प्राप्त विवरणअनुसार ३६ जनाको ज्यान गएको र ४६ जना घाइते भएको पुष्टि भएको छ । उद्धारको लागि सुर्खेतबाट मात्रै ६० जनाभन्दा बढी प्रहरी खटाइएको उहाँले जानकारी दिनुभयो ।  जाजरकोटमा मात्रै ३४ जनाको ज्यान गएको छ । ८ जना गम्भीर घाइतेलाई उपचारको लागि सुर्खेत पठाइएको र २१ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएक...
पाइलट कुटाकुट प्रकरण मन्थली विमानस्थलका प्रमुख निलम्बित
समाचार

पाइलट कुटाकुट प्रकरण मन्थली विमानस्थलका प्रमुख निलम्बित

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पाइलटबीच भएको कुटाकुट प्रकरणमा रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान गर्न विमानस्थल कार्यालयका प्रमुख अशोक थापालाई निलम्बन गरेको प्राधिकरणले जनाएको छ। कार्यालय प्रमुख थापाले झगडा भइसकेपछि पनि क्याप्टेन संजीव श्रेष्ठलाई रामेछाप(लुक्लाको उडान गर्ने अनुमति दिएका थिए। तनावमा रहेका पाइलटलाई उडान भर्ने अनुमति दिएपछि प्राधिकरणले थापालाई निलम्बन गरेको हो। यसअघि नागरिक उड्डयन प्राधिकरणले पाइलट पोशाकमै विमानस्थल परिसरमा कुटाकुट गर्ने तारा एयरका वरिष्ठ क्याप्टेन संजीव श्रेष्ठ र सन्तोष शाहलाई ग्राउण्डेड गरेको छ। शुक्रबार बिहान उनीहरूबीच ड्युटीमा खटिएको बेला भएको कुटाकुटको घटनालाई प्राधिकरणले गम्भीररुपमा लिएको प्रवक्ता ज्ञानेन्द्र भूलले बताएका छन्। कुटाकुटको कारण भने खुलेको छैन। कुटाकुटको घटना सार्वजनिक भएसँगै त...
गृहद्धारा १० सिडिओको सरुवा
समाचार

गृहद्धारा १० सिडिओको सरुवा

गृह मन्त्रालयले आज दस जना प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने निर्णय गरेको छ । गृहले आज बिहिबार गरेको निर्णय अनुशार सोलुखोम्बुका खिमराज भुसाललाई सुनसरी, रसुवाका सीडीओ प्रकाशचन्द्र अधिकारीलाई बैतडी, कालिकोटका जोरासिंह माझीलाई बाँके, बझाङका नारायणप्रसाद पाण्डेयलाई सुर्खेत, म्याग्दीका तुल्सीराम पौडेललाई नुवाकोट, मुगुका मोहनबहादुर थापालाई सल्यान, डोल्पाका भुमिश्वर पोखरेललेलाई सिन्धुली, हुम्लाका श्रीनाथ पौडेललाई गोरखा, मनाङका सुप्रभा ढुंगेल खनाललाई गृह मन्त्रालय, र ताप्लेजुङका गोमादेवी चेम्जोङलाई इलाम सरुवा गरेको गृहले जनाएको छ । त्यसैगरि बझाङको सीडीओमा बिश्वमित्र कुइकेल, दैलेखमा खिमराज भुसाल, मुगुमा टोपेन्द्रबहादुर केसी, कालिकोटमा गणेश नेपाली, रसुवामा वेदनिधि खनाल, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा देवी पाण्डे खत्री र डोल्पामा तुलसी...
कैद मिनाहाको निर्णय खारेजीसंगै पक्राउ परे रिगल
राजनीति, समाचार

कैद मिनाहाको निर्णय खारेजीसंगै पक्राउ परे रिगल

मन्त्रीपरिषदको शिफारिसका आधारमा राष्ट्रपतिद्धारा कैद मिनाहा गरि रिहा गरिएका रिगल भनिने योगप्रसाद ढकाललाई पुन पक्राउ गरिएको छ । उनी बाँकेको नेपालगञ्जेबाट अहिले साँझ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ । आजै सर्बाेच्चले फैसला सुनाउँदै उनलाई तत्काल पक्राउको आदेश दिएको थियो । आदेश आएको केहीबेरमै रिगललाई नेपालगञ्ज सेतु विक चोकबाट नियन्त्रणमा लिई पक्राउ गरेको बाँकेका प्रहरी नायब उपरीक्षक ९डीएसपी० नारायण डाँगीले जानकारी दिए । केहि संचारमाध्यमले रिगलले आफैं प्रहरी समक्ष आत्मसमर्पण गरेको भनिएपनि सर्वोच्चको आजको आदेशपछि उनि मोबाइल अफ गरेर भारत तर्फ भाग्ने तयारीमा रहेका प्रहरीको भनाई छ । तर प्रहरीको उच्च निगरानीका कारण उनि भाग्न नपाएको प्रहरीले जनाएको छ । रिगल सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी को घोषणा पछि रिहा भएका थिए । उनि २०७२ असार २...