समाचार Archives - Page 70 of 77 - साझाकुरा
शनिबार, फाल्गुन ३०, २०८२

समाचार

टिस्टा नदीमा भिषण बाढीमा परि २३ सैनिक बेपत्ता
समाचार

टिस्टा नदीमा भिषण बाढीमा परि २३ सैनिक बेपत्ता

नयाँ दिल्लीः उत्तर सिक्किमको टिस्टा नदीमा बाढी आउँदा २३ जना सैनिक बेपत्ता भएका छन्। प्रशासनले आसपासका मानिसहरूलाई सतर्क रहन आग्रह गरेको छ। खोजी अभियान जारी छ। गुवाहाटीका डिफेन्स पीआरओका अनुसार उत्तरी सिक्किमको लोनाक तालमा अचानक बाढी आएको थियो। २३ सैनिक बेपत्ता हुनुका साथै ४१ सवारी साधन माटोमा पुरिएका छन्। चुङथाङ बाँधबाट पानी छोडेपछि तलाउमा पानीको बहाव एकाएक १५ देखि २० फिट उचाइमा पुगेको थियो । जसका कारण सिङ्ताम नजिकै बर्दाङमा पार्किङ गरिएका सेनाका ४१ सवारी साधन पुरिएको हो। सरकारी संयन्त्रको प्रयोग गरी जनताको ज्यान जोगाइएको छ। केही व्यक्ति बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको छ।...
वरिष्ठ गायिका दिलमाया खातीको निधन
समाचार

वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा उहाँको जन्म भएको हो । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो ।  उहाँकाे गएराति निधन भएकाे हाे ।  दिलमाया खाती पहिलो पटक सन् १९६२ मा काठमाण्डौ आउनु भएको थियो । काठमाण्डौ आएका बेला आफन्तकोमा उहाँले गाउनु भएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गर्नु भएको थियो । त्यसपछि उहाँले नेपाली गीत गाउन थाल्नुभयो । अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गर्नु भएको छ । संगीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उहाँले गीत गाउनु भएको छ । यस्तै, युवा पुस्तामा गायक शैलेश सिंहसँग पनि उहाँले सहकार्य गर्नु भएको छ । नारायण गोपालसँग दिलमायाको भेट सन् १९७२ तिर दार्जिलिङमै भएको थियो । नारायण गोपालको ...
धादिङकाे मलेखुमा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे ज्यान गयाे, राजमार्ग अवरुद्ध
समाचार

धादिङकाे मलेखुमा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे ज्यान गयाे, राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङकाे गजुरी गाउँपालिका-२ फुर्केखाेलामा आज बिहान ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे ज्यान गएकाे छ । काठमाण्डाैबाट मुग्लिनका लागि छुटेकाे प्रदेश ०२–००१ख  ६४१३ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएकाे हाे । दुर्घटनामा बागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर  ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठको ज्यान गएको हो । उनीहरुकाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयाे । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि आक्रोशित मृतकका आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।...
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। बुधबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै, बसधबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशक...
बझाङमा भुकम्पकाे त्रास
समाचार

बझाङमा भुकम्पकाे त्रास

बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । आज मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दोस्रो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको गएको थियो । त्यसपछि ३ बजेर ४५ मिनेटमा ४ दशमलव १, ४ बजेर २८ मिनेटमा ४ दशमलव १ र ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै बेलुका ५ बजेर १९ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको छ । साना परकम्पहरू लगातार गइरहेका छन् । लगातार जमिन हल्लिरहेपछि मानिसहरू घरबाहिर निस्किएर खुला चाैरमा बसेका छन् ।  भूकम्पका कारण घाइते हुनेकाे सङ्ख्या ११ जना पुगेकाे छ । उनीहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ । भूकम्पकाे विस्तृत विवरण आउन बाँकी छ ...
सचिव मरासिनी, टेलिकमका पौडेललगायत नौविरुद्ध भ्रष्टाचार मुद्दा
समाचार

सचिव मरासिनी, टेलिकमका पौडेललगायत नौविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिव तथा नेपाल टेलिकमका कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रले २५ करोड रुपैयाँको अस्वाभाविक लागतमा पेमेन्ट गेटवे खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारले सो अनियमिततामा संलग्न भएको आरोपमा अर्थ मन्त्रालयका बजेट महाशाखाका तत्कालीन सहसचिव तथा हाल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा हाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सूचना प्रविधि केन्द्रका अध्यक्ष सञ्जय शर्मालगायत नौ जनाविरुद्ध भ्रष्टाचार म...
पूर्वानुमानः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

पूर्वानुमानः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बताएको छ। आज दिउँसो देशभर सामान्य बदली रहने बताइएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । ...
तस्कर र अपराधीहरू संगठित भएर आक्रमण गरिरहेका छन् : गृहमन्त्री श्रेष्ठ
समाचार

तस्कर र अपराधीहरू संगठित भएर आक्रमण गरिरहेका छन् : गृहमन्त्री श्रेष्ठ

हेटौंडा : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा त्यसका संरक्षकहरू संगठित भएर आक्रमण ढंगले लागेको बताएका छन्।  सोमबार हेटौंडामा सम्बोधन गर्दै उनले वर्तमान सरकारले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बाहिर पठाउने गिरोहलाई अनुसन्धान गरेर कानुनको दायरामा ल्याई केही व्यक्तिहरू अहिले जेलमा रहेकोसमेत बताए।  उनले भने, 'ललिता निवासको काण्डमा पनि सरकारी जग्गा मालपोत कार्यालयका कर्मचारीहरू, राज्यका कतिपय अधिकारीहरू र दलालहरू मिलेर व्यक्तिको नाममा बनाएर राज्यलाई लुट्ने कार्यको पनि वर्तमान सरकारले प्रहरीद्वारा अनुसन्धान बढाएर अदालत पुर्‍याएका छौं।' सरकारको जग्गा सरकारकै नाममा ल्याउने आधार तय भइसकेको भन्दै उनले सरकार त्यसका पहल गरिरहेको बताए।  त्यस्तै सुन तस्करीको विषयमासमेत अनुसान्धान प्रक्रिया अघि बढिरहेको बताए। 'यस्ता भष्ट्रचार र अपराधविरुद्धका क...
अख्तियारमा उजुरीका चाङ : स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार
समाचार

अख्तियारमा उजुरीका चाङ : स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी सङ्घीय मामिलासँग सम्बन्धीत उजुरी परेका छन् । आयोगको वार्षिक प्रतिवेदनका विषयमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले गत आर्थिक वर्षमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३५ दशमलव ९५ प्रतिशत रहेको जनाएको हो । त्यस्तै  शिक्षा (स्थानीय तहसमेत) १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६ दशमलव ०९ प्रतिशत, वन तथा वातावरणसँग सम्बन्धित चार दशमलव १४ प्रतिशत र स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित तीन दशमलव १२ प्रतिशत उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ ।  आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ महिला छन् । गत आर्थिक बर्षमा आयोगमा विभिन्न माध्यमबाट कुल २० हजार नौ सय...
जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन
समाचार, स्वास्थ्य

जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन

ओखलढुंगा । जिल्ला समन्वय समिती ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । शनिबार राती १० बजे शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचारको क्रममा ७३ वर्षको उमेरमा खनालको निधन भएको हो । खनाल लामो समय देखी क्यान्सर रोग बाट पीडित थिए । जिसस प्रमुख खनाल केही महिना अघि थप अवस्थ भएपछी उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको उनका भतिज एवम् नेपाली काँग्रेस जिल्ला सभापती तेजेन्द्र खनालले बताए । यस अघि नेपाल तथा भारताका विभिन्न अस्पतालमा उनको उपचार प्रयास गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समिती सभापती खनालले जानकारी दिए ।खनाल नेपाली काँग्रेसको तर्फबाट जिल्ला समन्वय समिती ओखलढंगाको प्रमुख बनेका हुन् । खनाल नेपाली काँग्रेस जिल्ला कार्य समिती ओखलढुंको पुर्व कोषाध्यक्ष, उपाध्यक्ष साथै महासमिती सदस्य भएका थिए । खनालको परिवारमा दुई छोरा र दुई छोरी छन् । आज आईतबार पशुपती आर्य घाटमा खना...