जग्गादाता मन बहादुर सम्मानित
नेपाली काँग्रेस चिचिला ५ नं वडा कार्य समिति संखुवासभाले चिचिला ५ नं वडा कार्यालयलाई निशुल्क रुपमा जग्गा दिने जग्गादाता मन बहादुर राई (ठालुमान) लाई एक कार्यकमका बिच सम्मान गरेकाे छ । चिचिला ५ का पुर्व वडाध्यक्ष समेत रहेका जग्गादाता राईले संखुवासभा चिचिला ५ काे वडा कार्यालय भवन निर्माणका लागि करिब ५ राेपनी जग्गा निशुल्क प्रदान गरेका थिए ।
नेपाली काँग्रेस ५ नं वडा कार्य समितिका सभापति फत्तिमान गुरुङकाे सभापतित्व तथा निवर्तमान जिल्ला सभापति दीपन कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे सम्मान कार्यक्रममा नेपाली काँग्रेस काेशी प्रदेस सदस्य राजेन्द्र घले काँग्रेस जिल्ला सचिब टकमान घलेकाे समेत उपस्थिति रहेकाे थियाे ।
जग्गादाता सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला सचिब टकमान घलेले कराेडाैं मूल्य बराबरकाे जग्गा सरकारलाई निशुल्क उपलब्ध गराउने मनकारी समाजसेवी मन बहादुर राई (ठालुमान)ले च...








