समाज Archives - Page 9 of 10 - साझाकुरा
शुक्रबार, असार १२, २०८३

समाज

समाज
अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अभिनेता केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गत शुक्रबार पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुन : सोमबार अदालतमा उपस्थित गराउनुपर्छ । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।...
आरजुलाई २ करोड दिएको अडियो बनाउने कांग्रेस नेता गुरुङ पार्टीबाट निष्कासित
अपराध, समाज

आरजुलाई २ करोड दिएको अडियो बनाउने कांग्रेस नेता गुरुङ पार्टीबाट निष्कासित

नेपाली कांग्रेसले फिदिम नगरपालिका सभापति प्रकाश गुरुङलाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन समितिले गुरुङलाई तीन वर्षसम्मका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले विज्ञप्ति जारी गर्दै गुरुङलाई पार्टीबाट निष्कासित गरेको जानकारी गराएका छन् । गुरुङले जिल्ला सहसचिव सन्तोष श्रेष्ठसँग २०७४ सालको स्थानीय तह निर्वाचन पूर्व गरेको टेलिफोन संवाद गत असार १३ गते बाहिरिएपछि कांग्रेसको जिल्ला कार्यसमिति बैठकले दुवै जनालाई स्पष्टीकरण मागेको थियो । अडियो संवादमा फिदिम नगरपालिकामा मेयर पदको टिकट लिन पार्टी सभापति शेरबहादुर देउवापत्नी आरजु राणासँग २ करोड लेनदेन भएको आशय प्रकट गरिएको थियो । स्थानीय तह निर्वाचनमा गुरुङ स्वयम् मेयरका आकाङ्क्षी रहेकाले टिकट नपाएपछि पूर्वाग्रही भएर बदनियत पूर्वक अडियो–भिडियो रेकर्ड गरेर सार्वजनिक गरेको गुरुङम...
यसवर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार
समाज

यसवर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार

यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाउने भएको छ । मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यस्तै, २०७९ सालको जगदम्बा श्री पुरस्कार वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको गुठीले जनाएको छ । दुवै पुरस्कारको राशि ४र४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ । मदन पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेको थियो । विसं २०१२ मा मदन पुरस्कार गुठी स्थापना भएको थियो भने विसं २०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँको सम्झना स्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो । विंस २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको अग्निले पा...
डडेल्धुरामा करेन्ट लगाएर माछा मार्दा एक युवकको मृत्यु
समाज

डडेल्धुरामा करेन्ट लगाएर माछा मार्दा एक युवकको मृत्यु

डडेल्धुराको आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। डडेलधुराको आलिताल गाउँपालिका-७ राउजाली बस्ने २२ वर्षीय राजेन्द्र विष्टको खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय,जोगबुडाका प्रहरी निरिक्षक गगन सिंह भांटका अनुसार विद्युको मेन लाइनबाट तार तानेर सुनखोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।  शनिबार साँझ करिब ६ बजे करेन्ट लागेर बेहोस भएका विष्टलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो। विष्टको अस्पताल पुग्नु भन्दा पहिला नै मृत्यु भइसकेको अस्पताल श्रोतले जनाएको छ। उक्त घटनाबारे थप  अनुसन्धान भइ रहेको प्रहरिले जनाएको छ। ...
इलामको पाथिभरा मन्दिरमा उठेका लाखौं रकम घोटाला
समाज

इलामको पाथिभरा मन्दिरमा उठेका लाखौं रकम घोटाला

इलामको रोङ गाउँपालिका–३ पाथिभरा मन्दिरमा उठेको ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ भेटी घोटाला भएको पाइएको छ । भेटीको विषयमा अनियमितता छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको आम्दानी र खर्चबाट ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ घोटाला भएको देखिएको हो । छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले ८८ लाखबढी रुपैयाँ घोटाला भएको देखिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय इलामले गत २३ जेठमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिमा गाउँपालिकाका तर्फबाट लेखापरीक्षक प्रज्वल अधिकारी थिए । तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनले आर्थिक वर्ष २०७५/०७६ देखि २०७९ माघ मसान्तसम्मको ...
आजदेखि सोह्र श्राद्ध सुरू
समाज

आजदेखि सोह्र श्राद्ध सुरू

शनिबारदेखि सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्धलाई पितृ पक्ष आरम्भ भएको रुपमा लिइन्छ । सोह्र श्राद्धको पहिलो दिन नै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरीएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यो तीथिलाई सोह्रश्राद्ध भनिएको हो । चाडपर्व तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका सा...
ठगी आराेपमा अभिनेता अनमाेल केसी पक्राउ
समाचार, समाज

ठगी आराेपमा अभिनेता अनमाेल केसी पक्राउ

अभिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन् । अनुसन्धानका लागि भन्दै उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । चलचित्र 'रावायण' मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएको भनी निर्माता चन्द्रकला कटवाल थापाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताउनुभयो । उहाँका अनुसार केसीसहित चलचित्रका अन्य कलाकारसमेतले निर्माताहरूबाट एक करोड १५ लाख रुपैयाँ लिएको पाइएको छ । उनीहरूका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ...
राष्ट्रपति पौडेल पैदल हिँडेरै इन्द्रजात्रामा सहभागी
समाज

राष्ट्रपति पौडेल पैदल हिँडेरै इन्द्रजात्रामा सहभागी

राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन गाडीबाट झरेर हिँडेरै जात्रास्थलमा पुग्नुभएको छ । राष्ट्रपति पौडेल बिहिबार काठमाडौको बसन्तपुरस्थित हनुमान ढोकामा इन्द्रजात्राको अवलोकन गर्न जानु भएको हो । इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्ने गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । राष्ट्रपति पौडेल जुद्ध सालिकबाट कुमारी घरसम्म हिडेरै जानु भएको हो । ...
आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा
समाज

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भदौशुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डाै, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखालगायत ठाउँमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भदौशुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्रामा राष्ट्रपतिबाट हनुमानढोकामा रहेको गद्दी बैठकमा जीवित देवीका ...
काठमाडौंको प्रसिद्ध ईन्द्रजात्रा आजदेखि सुरू
समाज

काठमाडौंको प्रसिद्ध ईन्द्रजात्रा आजदेखि सुरू

काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलबारबाट सुरू भएको छ । मंगलबार बिहान १० बजेर ४० मिनेटको साइतमा बसन्तपुरमा ध्वजारोहण गर्ने कार्यक्रम रहेको छ । काठमाडौं महानगरपालिकाले सोमबार वसन्तपुरमा पत्रकार सम्मेलन गरी सो पर्वको शुभारम्भ मंगलबारदेखि सुरू हुने जानकारी गराएको हो । जात्राका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा साामाजिक, सांस्कृतिक र धार्मिक क्रियाकलापहरु संचालन भइरहेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउनेछन् । इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रही आएको छ । नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रुपमा इन्द्रको पूजा आराधना गर्दछन् । ८ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाईन्छ । यसैबीच, का...