राष्ट्रिय योग दिवसको अवसरमा खाँदबारीमा सप्ताहव्यापी योगाभ्यास गराइने
संखुवासभा पाैष १६
राष्ट्रिय योग दिवसको अवसरमा खाँदबारी नगरपालिकाको वडा तह सम्म योग अभ्यास हुने भएको छ । जिल्ला योग समन्वय समिति सङ्खुवासभाको आयोजनामा खाँदबारीका ११ वटै वडामा योग, ध्यान र प्रणायम सञ्चालन गर्ने जिल्ला योग समन्वय समितिले पत्रकार संमेलन मार्फत जानकारी गराएको छ ।
जिल्लामा क्रियाशील योग, ध्यान, प्रणायम र सत्सङ हुँदै आध्यात्मिक जागरणको क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाहरुको समन्वयमा सप्ताहव्यापी योग, ध्यान, प्रणायम गर्न लागिएको जिल्ला योग समन्वय समितिका अध्यक्ष भिमबहादुर कट्टेलले जानकारी गराए ।
योग ध्यानलाई गाउँ, टोल, समुदाय हुँदै घरघर र व्यक्तिव्यक्ति सम्म पुर्याउन राष्ट्रिय योग दिवसको अवसरमा योग सप्ताहको आयोजना गरिएको अध्यक्ष कट्टेलले बताए ।
योग सप्ताह कार्याक्रम पौष २४ गते बाट माघ १ गते सम्म सञ्चालन गरिने छ ।
पाैष २४ गते बाट २९ गते सम्म वडा स्तरमा र माघ १...









