यी लक्षण,जसले क्षयरोगको संकेत गर्छ
डा.राजु पंगेनी
टिबी एवं क्षयरोगले शरीरको कुनैपनि भागलाई असर गर्नसक्छ । तर, धेरैजसो फोक्सो, घाँटी, हड्डी, पेट, मस्तिष्कमा यसको असर रहन्छ । क्षयरोगबाट सबैभन्दा बढी फोक्सो प्रभावित हुन्छ । ७० देखी ८० प्रतिशतलाई फोक्सोको क्षयरोग देखापर्छ । क्षयरोग एक सङ्क्रमित व्यक्तिबाट अर्कोमा सर्छ ।
के कारणले हुन्छ
यो माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको कारणले हुन्छ । यो ब्याक्टेरियाले प्रायः फोक्सोलाई निशाना बनाउँछ, तर यसले फोक्सोका साथै शरीरका अन्य भागहरूलाई पनि क्षति पु¥याउँछ ।
यो हावाबाट सर्ने रोग हो । क्षयरोग लागेको व्यक्तिले हाच्छ्युँ गर्दा वा खोक्दा माइक्रोब्याक्टेरिया हावाको माध्यमबाट अन्य व्यक्तिमा सर्छ । यदि कसैको प्रतिरक्षा प्रणाली कमजोर छ भने ऊ सजिलै क्षयरोगको सिकार हुन सक्छ ।
कसरी थाहा हुन्छ ?
क्षयरोगको सामान्य लक्षणहरूमा २ हप्ता भन्दा बढी ज्वरो आउने हुन्छ, जुन...


