Blog - Page 30 of 114 - साझाकुरा
शनिबार, असार १३, २०८३

Blog

चालक झाँक्री प्रकाश भुजेल र दुर्घटनाका मृतकका परिवारबीच सहमति
समाचार

चालक झाँक्री प्रकाश भुजेल र दुर्घटनाका मृतकका परिवारबीच सहमति

३ मंसिर, दुर्घटनामा ज्यान लिएको आरोपमा पक्राउ परेका चालक झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच अन्तत सहमति जुटेको छ । दुई पक्षबीच छलफलपछि अस्पतालमा रहेको शव उठाईने भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । काठमाडौंको शंकरापुरमा गत कार्तिक २८ गते भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीको घटनास्थलमै र उनकी गर्भवती पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भै उपचारका क्रममा मृत्यु भएको थियो । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किन पुगेको थियो । चालक झाँक्रि प्रकाश भुजेल र मृतकका परिवार बिच के कस्तो सहमति भएको हो त्यो भने प्रष्ट भैनसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।...
संखुवासभामा पनि आजबाट कर सप्ताह शुरु ( फाेटाे फिचर सहित)
अर्थ/व्यापार, समाचार

संखुवासभामा पनि आजबाट कर सप्ताह शुरु ( फाेटाे फिचर सहित)

संखुवासभा मंशिर १ कर प्रणालीको सार, लगानीको आधार भन्ने मुल नाराका साथ शुरु भएको १३ औ्र कर दिवस तथा कर सप्ताहको अवसरमा करदाता सेवा कार्यालय संखुवासभाले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । सरकारले आज मंशिर १ देखि ७ गते सम्मलाई कर सप्ताहका रुपमा मनाउने घोषणा गरेको छ । आज संखुवासभाको खाँदबारी स्थीत पोखरी बजारबाट प्रभातफेरी शुरु गरि नगरका बिभिन्न स्थानको परिक्रमा सहित शुभकामना समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय उद्योगि ब्यवसायी , बिभिन्न कार्यालय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । संखुवासभा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको शुभकामना समारोहको अध्यक्षता करदाता सेवा कार्यालयका संखुवासभाका कार्यालय प्रमुख योगेश भट्टराईले गर्नूभएको थियो भने कार्यक्रमको कार्यक्रमको प्रमुख आतिथ्यता प्रमुख जिल्ला अधिकारी बिनोद खड्का रहनुभ...
सामाजिक संजालमार्फत ठगिको घटना बढ्दै सचेत रहन प्रहरीको अनुरोध
अपराध, समाचार

सामाजिक संजालमार्फत ठगिको घटना बढ्दै सचेत रहन प्रहरीको अनुरोध

संखुवासभा कार्तिक २९ पछिल्लो समय संखुवासभामा पनि सामाजिक संजालको प्रयोगबाट हुने ठगि धन्दामा पिडित हुनेहरुको संख्या बढ्दै गएको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्स एप्स, ईस्टग्राम, लगायतका सामाजिक संजाल मार्फत ठगिनेको संख्या दर्जनमा मात्र नभएर सैयौंको संख्यामा रहेको पिडितहरुको भनाई छ । ह्याकरहरुले अरुको फेसबुक, फेसबुक पेज, जि मेल लगायत अन्य संजालहरु ह्याक गरि आफ्ना चिनजान र साथीभाईहरुलाई म्यासेज पठाई पैसा माग्ने गरेको र आफ्नै चिनजानको साथी हो भन्ने सम्झेर पैसा ट्रान्सफर गर्दा आफु ठगिएको नाम नखुलाउने शर्तमा खाँदबारी १ का एक ब्यवसायीले बताए । उनले आफुजस्तै सामाजिक संजालबाट ठगिनेको संख्या उल्लेख्य रहेको अनुमान गरेका छन् । नजिकका चिनजानको साथीको फेसबुकबाट बारम्बार केहि रकम सहयोगका लागि अनुरोध भएकाले आफुले बिश्वास गरेर रकम पठाउँदा ठगिनुपरेको उनले बताए । पछिल्लो समय अनलाईन ठगिका घटनाहरु ...
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन
समाचार

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन

कार्तिक २९ गण्डकी प्रदेशको प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा  निधन भएको छ । उनकाे उपचारकाक्रममा काठमाण्डाैस्थित ग्राण्डी अस्पतालमा निधन भएको हाे ।म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसकि समानुपातिक सांसद थिईन्। केही दिन डेङ्गी सङ्क्रमण भएको भएपनि उनकाे हृदयघातबाट मृत्युभएकाे हुनसक्ने पारिवारिक श्राेतले जनाएकाे छ ।...
वादविवाद प्रतियाेगिता ‘द डिवेट वार हुने
समाचार

वादविवाद प्रतियाेगिता ‘द डिवेट वार हुने

कार्तिक २८ संखुवासभामा नै पहिलाे पटक संसदीय प्रणालीमा आधारित वादविवाद प्रतियाेगिता 'द डिवेट वार हुने भएकाे छ । आज असल शासन क्लब सङ्खुवासभा क्लबले नेपाल पत्रकार महासंघ संखुवासभाकाे कार्यालयमा पत्रकार सम्मेलन गरेर याे कार्यक्रमकाे जानकारी दिएकाे हाे । मंसिर १४ गते देखि सुरु हुने याे कार्यक्रम विभिन्न चरणमा सम्पन्न हुने आयाेजकले जनाएकाे छ । वर्ड  स्कुल डिवेट च्याम्पियनसिप (डव्लुएसडीसी) काे नियमानुसार सञ्चालन हुनेछ । कार्यक्रम संयाेजक अनुप चापागाईका अनुसार खाँदवारी नगरपालिका भित्रका माविका १९ बर्ष मुनिका विद्यार्थीहरु सहभागी हुनेछन् । एक विद्यालयबाट १ छात्रा सहित ३ जना विद्यार्थीहरु सहभागी हुन पाउने चापागाईले जनाए । विद्यार्थीहरुकाे बाैद्धिक क्षमता विकास गरेर खाेज तथा अनुसन्धान गर्न प्रेरित गरि सामुहिक भावनाकाे विकास गर्दै आलाेचनात्मक चेतनाकाे अभिवृद्धी गर्नका लागि याे कार्यक्रम गर्न ...
एकादशी मेलाकाे सम्पुर्ण तैयारी पूरा खाँदबारी नगरपालिकाद्वारा बिदाकाे घाेषणा
समाचार, समाज

एकादशी मेलाकाे सम्पुर्ण तैयारी पूरा खाँदबारी नगरपालिकाद्वारा बिदाकाे घाेषणा

कार्तिक २६ खुवासभाको पबित्र धार्मिक तिर्थस्थल खाँदबारी ९ तुम्लिङ्गटारस्थित मनकामना धाममा सदा बर्ष झैं यसपालि पनि भब्य मेलाको तैयारी गरिएको छ । मेलालाई भब्य रुपमा सम्पन्न गर्न कार्तिक २७ गते खाँदबारी नगरपालिकाले माताहतका कार्यालयमा बिदाकाे घाेषणा गरेकाे छ । एकादशी मेला नामले प्रशिद्ध रहँदै आएको यो मेला वारिजमुना पारिजमुना नामको गितबाट थप प्रसिद्ध बन्दैआएको छ । बरिष्ठ लोकगायक स्वर्गिय खेमराज गुरुङ्गले एकादशी बजारैमा गितबाट यस मनकामना धामलाई अन्तराष्ट्रिय क्षेत्रसम्म पुर्याएका छन् । बिषेस गरि आज साँझबाट शुरु हुने मेलाको तैयारीका लागि हप्ता दिन अघिबाटै सम्पुर्ण तैयारीहरु शुरु गरिएको छ । मेलालाई थप भब्य बनाउनका लागि शिव परियार लगायतका राष्ट्रिय तथा स्थानीय कलाकाहरुको समेत सहभागितामा बिभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक मन्दीर ब्यवस्थापन समितिले जनाएको छ । पुर्वक...
बागलुङ जैमिनी दुर्घटनामा परि एकै वडाका पाँचकाे मृत्यु
समाचार

बागलुङ जैमिनी दुर्घटनामा परि एकै वडाका पाँचकाे मृत्यु

कार्तिक २६ आज बिहान जैमिनी नगरपालिका-८ छिस्तीबाट बागलुङका लागि छुटेको ग २ च ९२४७ नम्बरको पिक अप जीप जैदी र छिस्तीको सिमानामा दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै ज्यान गएकाे थियाे ।बागलुङको जैमिनिमा दुर्घटनामा मृत्यु हुनेहरु सबै जैमिनी नगरपालिका-८ छिस्ती केवइका बासिन्दा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङ अनुसार उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा जीप चालक जैमिनी नगरपालिका-८ छिस्ती केवईका ३८ वर्षका महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीस, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीस र ७५ वर्षको कुलप्रसाद श्रीस रहेका छन्। जैमिनी नगरपालिका-८ छिस्तीबाट सोमबार बिहान बागलुङका लागि  सवारी चालक सहित ६ जना सवार पिक अप पिक अप जीप जैमिनी नगरपालिका-७ हर्देवामा दुर्घटनामा परेकाे थियो।...
शाक्यको नेतृत्वमा ११ सदस्यीन नयाँ कार्यसमिति चयन गर्दै नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालको आठौं जिल्ला अधिवेशन सम्पन्न
समाचार

शाक्यको नेतृत्वमा ११ सदस्यीन नयाँ कार्यसमिति चयन गर्दै नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालको आठौं जिल्ला अधिवेशन सम्पन्न

कार्तिक २४ नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालको आठौं बार्षिक साधारण सभा आज खाँदबारीमा सम्पन्न भएको छ । नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालका जिल्ला अध्यक्ष लोकदर्शन शाक्यको सभापतित्व तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले लोकदर्शन शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा मुना पराजुली, सचिव कल्पना बराल, सहसचिव सुरज ठटाल, कोषाध्यक्ष प्रजिना शाक्य र सदस्यहरुमा युवराज शाक्य, मदन शर्मा बजगाईं, लमु शेर्पा, सुजता कट्टेल, उत्तम दाहाल र कुसुम रसाईली रहेका छन् । नवनिर्वाचित कार्यसमितिले थप ४ जना सदस्य पहिलो बैठकबाट मनोनयन गर्ने र निर्वाचित समितिमा कम्तिमा दलित सहित ४० प्रतिशत महिला सहभागिता रहनेगरि बिधानत प्रावधान राखिएकाले पहिलो बैठकबाटै ३ जनाको सल्लाहकार समिति, ४ जना मनोनीय सदस्य चयन गर्न नि...
दैलेखबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु
समाचार

दैलेखबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु

कार्तिक २३ दैलेखबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला भन्ने स्थान नजिकै भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरु मध्ये कसैको पनि पहिचान र सनाखत भैसकेको छैन । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रूपेश खड्काले बताए । दुर्घटनालगत्तै घटनास्थल पुगेका खड्कासहितको टोलीले घाईतेहरुलाई उद्दार गरि थप उपचारका लागि अस्पताल लगेको छ उनिहरु मध्ये केहीको अवस्था गम्भीर रहेको एसपी खड्काले जानकारी दिए । उक्त दुर्घटनामा परी २५ जना घाईते भएको गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काको भनाई छ । घाइते २५ जनाको उद्दार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्सब...
तस्करद्वारा प्रहरी र राजश्व टोलिमाथी ढुंगामुढा
समाचार

तस्करद्वारा प्रहरी र राजश्व टोलिमाथी ढुंगामुढा

कार्तिक २३ रुपन्देहीमा तस्कारद्वारा प्रहरी र राजश्व टोलिमाथी ढुंगामुढा प्रहार गरिएको छ । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीमाथि तस्करहरूले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा ढुंगामुढा गरेको प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अवैध रुपमा चिनी भण्डारण गरिएको गोप्य सूचनाका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानामा संयुक्त टोलिमाथी तस्करहरुले आक्रमण गरेको प्रहरीको भनाई छ। सो क्रममा संयुक्त टोलीले तस्करहरुलाई तित्तरबितर पारेर ११२ बोरा चिनी बरामद गरेकोमा बरामद गरिएको चिनी राजश्व अनुसन्धान कार्यालय बुटवल लैजाने क्रममा स्थानीयलाई प्रयोग गरि तस्करले अवरोध गरोको जनाईएको छ । तस्करहरूले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेको प्रहरीको भनाई छ । उक्त घटनामा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् भने प्रहरीको गाडीमा समेत नराम्ररी क्...