Blog - Page 39 of 114 - साझाकुरा
शनिबार, असार १३, २०८३

Blog

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु
समाचार

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

भाद्र ११ खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ च्याम्टिार बाङमाका दुई बालबालिकाको सिँचाइका लागि खनिएको पोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको थियो । बेलुका पौने छ बजे फेला पारिएका दुवैजनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइपोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा उनिहरुको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले बताए । खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । हलेसीस्थित च्यास्मिटारका स्थानीय बासिन्दा हिउँदको समयमा उक्त मुहानमा खानेपान...
खेमराज गुरूङ स्रष्टा सम्मान शिलाबहादुर मोक्तानलाई प्रदान, टीका चाम्लिङलाई प्रतिभा पुरस्कार
समाचार

खेमराज गुरूङ स्रष्टा सम्मान शिलाबहादुर मोक्तानलाई प्रदान, टीका चाम्लिङलाई प्रतिभा पुरस्कार

भाद्, १० गायक एवं संगीतकार खेमराज गुरूङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरूङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानलाई प्रदान गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार आयोजित कार्यक्रममा मोक्तानलाई नगद ५० हजार रूपैयाँसहित सम्मान गरिएको हो। २०३१ सालमा अल इण्डिया रेडियो, कर्सियङबाट गीत संगीतमा प्रवेश गरेका मोक्तानका लोक, आधुनिक, राष्ट्रिय, भजन तथा फिल्मका गरी ३ हजारभन्दा बढी गीत रेकर्ड छन्। 'माथि माथि शैलुंगेमा, चोली राम्रो पाल्पाली ढाकाको' जस्ता गीत उनिद्वारा संगीतबद्ध केही चर्चित गीतहरू हुन्। गतवर्ष यो सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिएको थियो। यस्तै, ट्रष्टले प्रतिभा पुरस्कार कवि एवं गीतकार टीका चाम्लिङलाई प्रदान गरेको छ। यो पुरस्कारको राशी २० हजार रूपैयाँ छ। रेडियो नेपालबाट आयोजित आधुनिक संगीत सम्मेलनमा प्रथम स्थान हास...
ताप्लेजुङ गोल्डकपको उपाधी मोरङलाई
खेलकुद, समाचार

ताप्लेजुङ गोल्डकपको उपाधी मोरङलाई

♠ भाद्र १० ताप्लेजुङ- । दोश्रो ताप्लेजुङ गोल्डकको उपाधि सगरमाथा क्लब मोरङले जितेको छ । सोमबार भएको फाईनल खेलमा सहलेश क्लब सिराहालाई १-० गोल अन्तरले हराउदै उपाधी जितेको हो । मोरङका विजय भुजलले खेलको सुरुवातमै गरेको जितका लागि पर्याप्त भयो । उनले खेलको २ मिनेटमा गोल गरेका थिए । निक्कै प्रतिस्पर्धी खेलमा सहलेशले गोल फर्काउन सकेन । विजेता टिमले ५ लाख रुपैया नगद र ट्रफि जितेको छ । उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ र ट्रफिमा चित्त बुझाएको छ । श्राेत केञ्जाेखबर डट कम ...
बङ्गलादेशमा बाढीका कारण दुई दर्जन बढिको मृत्यु, ५० लाख नागरिक प्रभावित
अन्तर्राष्ट्रिय, समाचार

बङ्गलादेशमा बाढीका कारण दुई दर्जन बढिको मृत्यु, ५० लाख नागरिक प्रभावित

भाद्र १० एजेन्सी लगातारको बर्षादका कारण आएको बाढीका कारण बंगलादेशमा २ दर्जन बढिको मृत्यु भएको छ भने ५० लाख बढि नागरिक प्रभावित बनेका छन् । बाढिपछि त्यहाँको जनजिवन अस्तब्यस्त भएका कारण औषधि, खानेपानी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको अभाव भएको अन्तरतष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । बङ्गलादेश सरकारले बाढि पिडितहरुलाई स्थापीत गर्न चाँडैनै राष्ट्रिय संकल्पको प्रस्तावको तैयारी गरेका छन् । त्यहाँका सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनूसले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बिषयमा सरकारले काम अघि बढाएको बताए । साथै उनले भविष्यमा बाढीबाट हुने जोखिमलाई कम गर्ने विषयमा छिमेकी मुलुकहरूसँग छलफल सुरु गरिएको जानकारी दिए । बाढीका कारण त्यहाँका ११ जिल्ला सबैभन्दा बढी प्रभावित भएको बंगलादेश सरकारले जनाएको छ । बाढिका कारण त्यहाँ ४ लाखभन्दा बढी नागरिक बिभिन्न क्याम्पहरुमा जिवन निर...
ढुङ्गाले लागेर अरुण तेश्रोमा कार्यरत मजदुरको मृत्यु
समाचार

ढुङ्गाले लागेर अरुण तेश्रोमा कार्यरत मजदुरको मृत्यु

संखुवासभा, भाद्र १० भारतीय निर्माण कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेश्रो परियोजनामा काम गर्ने एक जना मजदुरको ढुङ्गाले लागेर ज्यान गएको छ । ज्यान जानेमा संखुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरूण तेस्रोको अडिट–२ मा मजदुरी गर्दैआएका बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ९ का ५० बर्षिय तुलसीराम थारु रहेको प्रहरीले जनाएको छ । नियमित काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर शख्त घाईते भएका उनको हिजो बुलुकी उपचारका क्रममा खाँदबारी अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाईएको छ ।...
संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुबीच
अर्थ/व्यापार, समाचार

संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुबीच

भाद्र १० संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुलीको सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारवाहीका लागि सिफारिस गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा एमाले र माओवादी सांसदहरुबीच चर्काचर्की भएको हो । बैठकमा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नउठाएको भन्दै घिसिङसहितका अधिकारीहरूलाई कारवाहीको दायरामा ल्याउन प्रस्ताव गर्नुभएको थियो । पोखरेलले घिसिङमाथि नै कारवाहीको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्षी माओवादी लगायतका सांसदले आपत्ति जनाएका थिए । त्यस क्रममा पोखरेल र माओवादीका अमनलाल मोदीलगायतका सांसदहरुबीच चर्काचर्की भएको थियो । बैठकमा चर्काचर्की भएपछि समितिको बैठक कुनै निर्णय बिना नै स्थगित भएको थियो ।...
आज कृष्ण अष्टमी, भगवान श्रीकृष्णको पूजा आराधना गरि मनाइँदै
समाचार, समाज

आज कृष्ण अष्टमी, भगवान श्रीकृष्णको पूजा आराधना गरि मनाइँदै

भाद्र १० आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी । हिन्दू धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्मदिनको रुपमा कृष्ण भगवानको पूजा आरधना गरी मनाउँदैछन् । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान विष्णुको आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका विश्वास गरिन्छ । आज देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । आजको दिनलाई कृष्णअष्टमी र रातलाई मोहरात्रि भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको विश्वास छ । कंसको कालकोठरीमा व...
पाँचथरमा चार्जमा राखेको मोबाइल चलाउँदा करेण्ट लागेर एक किशोरको मृत्यु
समाचार

पाँचथरमा चार्जमा राखेको मोबाइल चलाउँदा करेण्ट लागेर एक किशोरको मृत्यु

भाद्र ९ चार्ज गर्न राखेको मोबाइल चलाउँदा पाँचथरमा एक किशोरको मृत्यु भएको छ। फिदिम २ पल्लोटारमा अस्थाइरुपमा बसोबार गर्दै आएका लादी गाउँपालिका ६ नुवाकोटका बद्रिकुमार पाण्डेका छोरा १५ वर्षीय युवराज पाँण्डेको करेन्ट लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शनिबार राति साढे ६ बजे मोबाइल चार्जमा राखी चलाउँदा पाण्डेलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । श्राेत:केञ्जाे खबर डट कम...
मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु
समाचार

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

भाद्र ९ महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेशकुमार यादवको आज सवारी दुर्घटनामा परि ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका महेत्तरिका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा परि आज बिहान मृत्यु भएको जानकारी दिए । जलेश्वर–बर्दिबास सडक खण्डमा पर्ने बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा वडाध्यक्ष यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाई छ । वडाध्यक्ष यादव नेपाल कम्प्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए ।...
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश
राजनीति, समाचार

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

भाद्र ९ सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । गत शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो । यो मुद्दाको किनारा नलाग्दासम्म सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने नियम तत्कालका लागि कार्यान्वयन नगर्न भनेको छ । यसअघि असार ३० गते न्यायाधीश विनोद शर्माको इजलासले यसबारे कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । असार २८ गते अधिवक्ता रामबहादुर राउतसहित दुई जनाले सर्वोच्च अदालतमा यस सम्वन्धमा रिट दर्ता गरेका थिए । सरकारले सामाजिक सुरक्षा भत्ता लिनलगायत अन्य सेवामा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयहरूमा भीड बढेको छ । सरकारले साउन १ गतेदेखि लागू हुने गरी पहिलो चरणमा २८ वटा जिल्लामा सामाजिक सुरक्...