Blog - Page 53 of 114 - साझाकुरा
आइतवार, असार १४, २०८३

Blog

रास्वपाका मन्त्रीहरुले आज राजीनामा बुझाउँदै
राजनीति, समाचार

रास्वपाका मन्त्रीहरुले आज राजीनामा बुझाउँदै

असार २० राष्ट्रिय स्वतन्त्र पार्टीका चार मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राजीनामा दिने भएका हुन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आजै मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोड्दै नेपाली काँग्रेससँग गठबन्धन गरेपछि पुष्पकमल दाहालको सरकार अल्पमतमा परेको छ । ...
रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित 
राजनीति, समाचार

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित 

असार २० राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पदबाट निलम्वि त गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समितिले सभापति रवी लामिछानेको प्रस्तावमा सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ता तोकेको छ । निलम्बनको निर्णयपछि महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई कारवाही गरेको गुनासो गरेका छन् ।...
प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने एमालेको घोषणा
राजनीति

प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने एमालेको घोषणा

असार १९ नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई पदत्यागका लागि आजको समय दिने निर्णय गरेकोमा दाहालले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो । समर्थन फिर्ता लिने निर्णय प्रधानमन्त्री दाहाललाई आजै औपचारिक रुपमा जानकारी गराउने एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ । समर्थन फिर्ताको निर्णयसँगै एमालेले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई पनि फिर्ता बोलाएको छ । एमालेले समर्थन फिर्ता लिने भएपछि प्रधानमन्त्री दाहालको सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री दाहालसंग राजीनामा गर्ने वा ३० दिनभित्र पुनः प्रतिनिधिसभामा विश्वासको मत परीक्षण गर्ने विकल्प बाँकी रहने छ ।...
संखुवासभाका सुरेश अधिकारी प्रतिनिधि सभाकाे सचिवमा नियुक्त
समाचार

संखुवासभाका सुरेश अधिकारी प्रतिनिधि सभाकाे सचिवमा नियुक्त

असार १९ राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको हो । ‘राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरिएकाे राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत जनाएकाे छ । श्राेत:उज्यालाे अनलाईन...
माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै, एमालेका मन्त्रीबाट राजीनामा बुझाउने तयारी
राजनीति

माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै, एमालेका मन्त्रीबाट राजीनामा बुझाउने तयारी

असार १८ नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बैठक बोलाएको छ । बैठक केहीबेरमा प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ । दुई ठूला दल नेपाली काँग्रेस र एमालेबीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएसँगै पछिल्लो घटनाक्रमबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा एमालेबाट मन्त्री बनेकाहरुले आजै राजीनामा दिने तयारी गरेका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने नेताहरुको भनाइ छ । श्राेत:उज्यालाे अनलाईन ...
नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति
राजनीति, समाचार

नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति

असार १८ नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार दिनभरको दोडधुपछि मध्यरातमा दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति भएको हो । सरकार बनाउने सहमतिका लागि काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुने सहमति भएको छ । त्यस्तै सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिने र प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषय पनि समावेश गरिएको छ । जसअनुसार एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेश प्रदेश सरकारको नेतृत्व भने मधेशवादी दललाई नै दिने सहमति भएको छ । यसैगरि निर्व...
श्रावण २३ देखि ३१ गतेसम्म एसईईको पुरक परीक्षा
शिक्षा, समाचार

श्रावण २३ देखि ३१ गतेसम्म एसईईको पुरक परीक्षा

असार १७ माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी श्रावण २३ गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ । शिक्षा मन्त्रालयले दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई समेत परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्ड बैठकले परीक्षाको मिति सार्वजनिक गरेको हो । साउन २३ गतेदेखि शुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा असोजको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ । भर्खरै सार्बजनिक गरिएकाे एसईईमा अनुत्तीर्ण भएका दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीलाई पुनःपरीक्षामा सहभागी हुने अवसर दिईएकाे परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।...
२० वटा सहकारीका कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय
अर्थ/व्यापार, समाचार

२० वटा सहकारीका कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

१७ असार, मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट संखुवासभा जिल्ला सहित ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको हाे । सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन विशेष समितिले निर्णय गरेको छ । समस्याग्रस्त सहकारीका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भए पनि अरू विवरण, जानकारी र तथ्य आवश्यक पर्ने भएकाले कागजात झिकाउने निर्णय गरेको समितिले जनाएको छ । समितिको हिजोको बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, २०६१/०६२ मा सहकारी अधययनका लागि गठित कार्यदलका संयोजक युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहाद...
आगामि असार २० सम्म संखुवासभा सहित ३४ जिल्लामा ‘रेड अलर्ट’
समाचार

आगामि असार २० सम्म संखुवासभा सहित ३४ जिल्लामा ‘रेड अलर्ट’

१७ असार, मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट संखुवासभा जिल्ला सहित ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको हाे । यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी गरेको छ । रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् । अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन् । यी जिल्लामा बर्षादसंगै बाढि पहिराेकाे जाेखिम रहन सक्ने भएकाले सतर्क रहन माैसम बिभागले आग्रह गरेकाे छ । यी जिल्लामा रहेका खाेलाहरुमा जलसतह बढि बाढि र डुबानकाे संभावना बढिरहेकाे बिभागकाे भनाई छ ।...
संखुवासभामा निकुञ्जका कर्मचारी मृत भेटिए
समाचार

संखुवासभामा निकुञ्जका कर्मचारी मृत भेटिए

असार १६ मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन्। संखुवासभाको मकालु गाउँपालिका– ३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका गेम स्काउट पदमा कार्यरत ५० वर्षीय केशर कार्की आइतबार मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। उनलाई निकुञ्ज कार्यालयदेखि केही पर मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनी भिरबाट लडेको अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नयाँ पत्रिकामा याे खबर छ । ...