Blog - Page 56 of 114 - साझाकुरा
आइतवार, असार १४, २०८३

Blog

समाचार, स्वास्थ्य

१५ दिनभित्र बी एन्ड सीलाई सम्बन्धन दिन आदेश 

झापास्थित बी एन्ड सी मेडिकल कलेजले अन्ततः सम्बन्धन पाउने भएको छ । सर्वोच्च अदालतले बिहीबार चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयको नाममा परमादेश जारी गरेसँगै सम्बन्धन पाउने भएको हो । न्यायाधीशद्वय डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेका हुन् । सर्वोच्चले यसअघि १२ चैत, २०८० मा भएको फैसलाको पूर्ण पाठसमेत सर्वोच्चले सार्वजनिक गरेकोे छ । ‘यस वर्षको शैक्षिक सत्र सुरु हुनुअघि एमबिबिएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू,’ सर्वोच्च अदालतले फैसलामा भनेको छ । आदेशसँगै अब आयोग र काठमाडौं विश्वविद्यालयले १५ दिनभित्र सोको कार्यान्वयन गर्नुपर्नेछ । श्राेत: नयाँ पत्रिका ...
आज यी चार प्रदेशमा मेघगर्जन-चट्याङ्ग सहित पानी पर्ने सम्भावना 
समाचार

आज यी चार प्रदेशमा मेघगर्जन-चट्याङ्ग सहित पानी पर्ने सम्भावना 

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । जसकारण आज बिहानैबाट हाल मौसमको कोशी र बागमती प्रदेशका थोरै स्थानहरु र  बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बीनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका...
प्रधानमन्त्रि दाहालद्वारा अरुण तेश्राे मुख्य सुरुङ्गकाे ब्रेक थ्रु
अर्थ/व्यापार, समाचार

प्रधानमन्त्रि दाहालद्वारा अरुण तेश्राे मुख्य सुरुङ्गकाे ब्रेक थ्रु

जेष्ठ २२ संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गरिएकाे छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गरेका हुन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको ब्रेक थ्रु गरिएकाे प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले जानकारी दिए । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको हालसम्म ७० प्रतिशत बढी काम सकिएको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन)ले जनाएको छ ।  अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी हेलिकोप्टर मार्फत पावरहाउस स्थल चिचिलाको पुखुवाको कार्यक्रममा सहभागी हुने ...
एक अर्बभन्दा बढी बिगाे दाबी गर्दै गाेदावरीका मेयरसहित १४ विरुद्ध मुद्दा 
समाचार

एक अर्बभन्दा बढी बिगाे दाबी गर्दै गाेदावरीका मेयरसहित १४ विरुद्ध मुद्दा 

जेष्ठ २१ ललितपुरकाे गाेदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले साेमबार विशेष अदालतमा मुद्दा दर्ता गरेकाे छ। अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेकाे छ। त्यसकाे कुल बिगाे एक अर्बमाथि छ। श्राेत:नयाँ पत्रिका
गर्मीले भारतमा ३२० को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

गर्मीले भारतमा ३२० को मृत्यु

नयाँ दिल्ली (एजेन्सी) : तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। एजेन्सीका अनुसार पछिल्लो ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर प्रदेशमा मात्र सबैभन्दा बढी १ सय जनाको ज्यान गएको हो। बुधबारदेखि शनिबारसम्ममा राजस्थानमा चलेको तातो लहरका कारण ६० जनाको ज्यान गएको छ। यसैगरी झारखण्डमा ३७, ओडिसामा १८, मध्येप्रदेशमा २ र दिल्लीमा एक जनाको ज्यान गएको हो। अत्यधिक गर्मी भएपछि झारखण्डमा १ हजार ३ सय २६ जना अस्पताल भर्ना भएका छन्। पछिल्लो ३ दिनमा गर्मीकै कारण बिहारमा ६९ जनाको मृत्यु भएको तथ्यांक छ। जसमा यूपी–बिहारमा शुक्रबार मात्र ४० जनाभन्दा बढीको मृत्यु भएको छ। तीमध्ये लोकसभा चुनावी काममा खटिएका २५ कर्मचारी र अधिकारी छन्। त्यहाँ ४८.०२ डिग्रि तापक्रम मापन गरिएकाे थियाे ।...
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु
समाचार

मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु

मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेका .छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर रावतको पनि मृत्यु भएको थियो । शनिबार मानबहादुर, शोभान र राजबहादुरलाई मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढी ल्याइएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको थियो । अर्का बिरामी देवराज बुढालाई पनि स्वास्थ्य चौकीबाट गमगढी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । अनलाईन खबरमा याे समचार छ ।...
खाँदबारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
खेलकुद

खाँदबारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउँदो असार ६ देखि ८ गतेसम्म हुनेछ । जिल्ला ब्याडमिन्टन संघले खाँदबारीमा शुक्रबार पत्रकार सम्मेलन गरेर प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा पुरुष डबलतर्फ विजयी हुने टिमले जनही ६० हजार रुपैयाँ पाउने छन् । उपविजेताले ३५ हजार रुपैयाँ पाउने संघका अध्यक्ष संजिवकुमार श्रेष्ठ (राजु) ले बताए । भेट्रान्सतर्फका विजयीले भने जनही ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका खेलाडी सहभागी हुने आयोजकले जनाएका छन् । संखुवासभा एक्सप्रेस ...
त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन
समाचार

त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन

त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नाममा काठमाण्डौभित्र रहेका जग्गाको खोजी गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई लगत सङ्कलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अरु कामका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न भनिएको छ । समितिमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी सदस्य छन् भने प्रा.डा. प्रेमसागर थापा विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव छन् । समितिले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ ।  याे समचार उज्यालाे अनलाईनमा प्रकाशित छ । ...
समाचार

कान्तिपुर सहकारीमा ६ अर्ब हिनामिना : पूर्वअध्यक्ष लामा पक्राउ, नौ सञ्चालक अझै फरार 

मीनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष चन्द्रबहादुर (सिबी) लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार बिहान चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । चितवनमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । यसअघि नै लामासहित ११ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिसकेको छ ।  प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई पक्राउ गरी मुद्दा चलाएकोमा अन्य १० जना फरार थिए । सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया अझै फरार छन् । याे समचार नयाँ पत्रिकाले प्रकाशन गरेकाे छ ।...
२८ सय केजी सुन तस्करीमा संलग्न थप नौजना पक्राउ
अपराध, समाचार

२८ सय केजी सुन तस्करीमा संलग्न थप नौजना पक्राउ

विमानस्थलबाट दुई हजार आठ सय ३१ केजी सुन तस्करी गर्ने चिनियाँ नेतृत्वको समूहका थप नौजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोस्रो चरणमा अनुसन्धान गरी यसमा संलग्न थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।  दुई साताअघि नै उनीहरूलाई पक्राउ गरे पनि गिरोहका थप व्यक्ति खोजी गर्न सिआइबीले उनीहरूको नाम गोप्य राखेको छ । पक्राउ पर्नेमा काभ्रेका थर्कमान (कान्छा) लामासहितका व्यक्ति छन् । लामा चिनियाँको निर्देशनमा काठमाडौंमा सुन ओसारपसार गर्ने व्यक्ति हुन् ।  पहिलो चरणको अनुसन्धानमा तीन सय ६२ केजी सुन तस्करी भएको सिआइबीको निष्कर्ष थियो । थप अनुसन्धान गर्दा दुई हजार आठ सय ३१ केजी सुन सो समूहले नेपालमा तस्करी गरेको प्रमाण र आधार भेटिएको सिआइबी स्रोत बताउँछ ।  हाल नौजनालाई थुनामा राखी सुन तस्करी प्रकरणमा अनुसन्धान भइरहेको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवा...