Blog - Page 58 of 114 - साझाकुरा
मङ्लबार, असार १६, २०८३

Blog

चितवनको दद्रेनी खोला पुल नजिक स्कुल बसमा आगजनी
मुख्य समाचार

चितवनको दद्रेनी खोला पुल नजिक स्कुल बसमा आगजनी

चितवन – भरतपुर महानगरपालिका २० दद्रेनी खोला पुलमा नचिनेका मानिसको समूहले स्कुल बसमा आगजनी गरेको छ । विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बाग्मती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसमा छ जनाको समूहले आगजनी गरेर भागेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । आगजनीबाट बस जलेर पूर्ण रूपमा क्षति भएको छ । बस जलाउने व्यक्तिहरूको पहिचान गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । बसमा लागेको आगो स्थानीय र प्रहरी मिलेर निभाएका थिए । उज्यालाे अनलाईन...
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
समाचार

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

संखुवासभा बैसाख २७ विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि बुधबार उडान भएको छ ।  यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो ।  विमानस्थल खुलेपछि बुद्धएयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । लामाे समय उडान अवरुद्ध भएका कारण विशेष गरि सङ्खुवासभा र भोजपुरका वृद्धवृद्धा र बिरामीलाई समस्या पर्दै आएकाे थियाे । ...
खाँदबारीमा प्रेस स्वतन्त्रता दिवश मनाईयाे
अन्तर्राष्ट्रिय, समाचार

खाँदबारीमा प्रेस स्वतन्त्रता दिवश मनाईयाे

मानव अधिकार तथा शान्ति समाज नेपालकाे आयाेजनामा संखुवासभाकाे खाँदबारीमा ३१ औं अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाईएकाे छ । जिल्ला अध्यक्ष लाेकदर्शन शाक्यले प्रेस स्वतन्त्रता बिना लाेकतन्त्रकाे कल्पना गर्न नसकिने धारणा राख्दै संञ्चार बिहिन समााजकाे कल्पना गर्नै नसकिने बताए । सम्बाेधनका क्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका उपाध्यक्ष कृष्णराज शाक्यले प्रेस सँधै निश्पक्ष र स्वतन्त्र हुनुपर्ने बताए । अरुलाई खबरदारी गर्नुपर्ने भएकाले प्रेस जगत पहिले आफैं जिम्मेवार र बिश्वासनिय हुन आवश्यक रहेकाे उनकाे धारणा थियाे । सुशासन, मानव अधिकारकाे संरक्षण र अहिले समाजमा बढिरहेकाे भ्रष्टाचार, बिकृति बिसंगतिकाे अन्त्यका लागि प्रेस जगतकाे भुमिका महत्वपुर्ण रहने उपाध्यक्ष शाक्यकाे भनाई थियाे । कार्यक्रममा समापन मन्तब्यका क्रममा मानव अधिकार तथा शान्तिसमाजका केन्द्रीय सदस्य निर्मला गुरुङले सुचना प्...
आगलागिबाट मुढे बजारकाे दुई घरमा क्षति
समाचार

आगलागिबाट मुढे बजारकाे दुई घरमा क्षति

संखुवासभा बैशाख २१ गए राति संखुवासभाको धर्मदेबी नगरपालिकाको केन्द्र मुढे बजारमा भीषण आगलागी भएकाे छ । करिब ९:०० बजे शुरु भएकाे आगलागि तेर्हथुमकाे लालिगुराँश नगरपालिकाकाे दमकलकाे सहायताले करिब ३ घण्ट पछि नियन्त्रणमा लिईएकाे थियाे । प्रहरी, सेना र स्थानीयकाे सकृयताबाटाति करिब साढे बाह्र बजेतिर आगलागि नियन्त्रणमा आएकाे स्थानीय संचारकर्मी दुरगेश पाैडेलले जानकारी दिए । आगलागिबाट रुद्र ब. जिमिको दुईवटा घरमा क्षती पुग्दा करिब १ कराेड ५० लाख बढिकाे क्षति पुगेकाे आंकलन गरिएकाे छ । कारण खुल्न नसकेपनि बिद्धुत सर्ट भै आगलागि भएकाे अनुमान गरिएकाे छ । ...
सामाजिक उत्तरदायित्व बहनमा अग्रसर बन्दै नेपाल एसबिआई बैंक
अर्थ/व्यापार, समाचार

सामाजिक उत्तरदायित्व बहनमा अग्रसर बन्दै नेपाल एसबिआई बैंक

दुर्गामणी पाैडेल संखुवासभा बैसाख २० नेपालका बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको नेपाल एसबिआई बैंक धर्मदेबी शाखाले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत धर्मदेबी वडा न.३ मा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल केजी देखि कक्षा चार सम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रायक सुट प्रदान सुट प्रदान गरेको छ। बैंकले विगत देखि नै विभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको धर्मदेबी शाखाका कर्मचारी जिवस राज अर्यालले बताउनु भएको छ ।  बैंकले लिएको यस्तो पहलबाट सामुदायिक बिधालयना विद्यार्थीको आकर्षण बढ्ने साथै शैक्षिक गुणस्तरमा सघाउ पुग्ने विश्वास लिएको छ। बैंकले बिधालयमा गरेको यो किसिमको कार्यक्रम प्रभावकारी रहेको र यो कार्यक्रमबाट विद्यार्थी मात्र नभई अभिभावक समेत हर्षित रहेको हुनाले आउँदा दिनमा एस्ता किसिमका कार्यक्रम हरु अन्य संस्थाले समेत संचालन गर्न सिंहेश्वरी माध्यमिक...
यूएईमा फेरि भीषण वर्षा, अत्यावश्यक बाहेक ड्राइभिङ्ग नगर्न सूचना
अन्तर्राष्ट्रिय

यूएईमा फेरि भीषण वर्षा, अत्यावश्यक बाहेक ड्राइभिङ्ग नगर्न सूचना

दुबई,वैशाख २० युनाइटेड अरब इमिरेट्रसमा विहीबार बिहानैदेखि अचाक्ली वर्षा भएको छ । अबुधावी र दुवई क्षेत्र वर्षाबाट बढी प्रभावित भएको जनाइएको छ । दुवईका बासिन्दा बिहान उठ्दा हुरी, आकाशमा गडगडाहट र चट्यांङ्गको अवस्था रहेको थियो । मौसम प्रक्षेपणभन्दा अघि नै बिहान ३ बजे नै यो अवस्था आएको थियो । खाडी मुलुक यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो । विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको जनाइएको छ । अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न र अत्यावश्यक परेमा होसियारी अपनाउन सरकारी निकायले सर्वसाधारणलाई अलर्ट जारी गरेको गल्फ न्युजले जनाएको छ । नारायणी अनलाईन ...
संकल्प प्रस्ताव संविधान विपरीतः मुख्यमन्त्री कार्की
राजनीति, समाचार

संकल्प प्रस्ताव संविधान विपरीतः मुख्यमन्त्री कार्की

कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट पारित गरिएको संकल्प प्रस्ताव संबिधानको अपहेलना भएको भन्दै आज कोशी प्रदेश प्रमुखलाई एक पत्र हस्तान्तरण गरेका छन् । उनले प्रदेश सरकार परिवर्तनका लागि यस किसिमको संकल्प प्रस्तावको अभ्यास कहिँ नरहेको भन्दै उक्त प्रस्ताव संबिधान बिपरित रहेको जिकिर गरे । संवैधानिक पदको मर्यादा माननीय प्रदेश प्रमुखज्यूबाट हुने कुरामा आफु बिश्वस्त रहेको भन्दै उनले विधिको शासन एवं शक्ति पृथकीकरणको सिद्धान्त तथा नेपालको संविधानको धारा १२८ विपरीत सर्वोच्च अदालतको क्षेत्राधिकारलाई प्रयोग गरी संविधानलाई निस्तेज र निश्प्रभावी बनाउने प्रयास शुरु भएको कार्कीको भनाई छ । उनले संविधान मौन रहेको कतिपय विषयमा सर्वोच्च अदालतको क्षेत्राधिकार उल्लङ्घन गरी संविधानको मर्म र भावना विपरीत संविधानको धारा १६८ को कुनै उपयुक्त धारा प्रयोग गरी सरकार निर्माण गर्नु भन्ने आदेशात्मक अभि...
इलाम २ मा एमालेका उम्मेदवार नेम्वाङ विजयी
राजनीति, समाचार

इलाम २ मा एमालेका उम्मेदवार नेम्वाङ विजयी

इलाम २ बाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बुवा सुवास नेम्वाङ्गको मृत्यु पश्चात त्यहाँ भएको उपनिर्वाचनमा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा बिजयी भएको निर्वाचन आयोगले जनाएको छ । निकटतम प्रतिद्धन्दी कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८ सय ३० मतले पछि पार्दै नेम्वाङ्ग बिजयी बनेका हुन् । कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले तीन दशक अघि देखि निर्वाचन जित्दै आएको छ । २०८० साल भदौ २७ मा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन पछि इलाम–२ बाट प्रतिनिधी सभा सदस्य पद रिक्त रहेको थियो । प्राप्त अन्तिम परिणामअनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा स्थापित भएको छ । पहिचानवादी नेता डकेन्द्र सिहं लिम्बुले ११ हजार चार सय ५७ मत प्राप्त गरेका थि...
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
समाचार

नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । देशभरका यातायात कार्यालयबाट एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् । ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र(लाइसेन्स) जारी भएको भेटिएको थियो । अनलाईन खबर...
समाचार

१६ गते देखि बन्द अरुण नदिकाे फेरि पुन संचालनमा आयाे

भाेजपुरकाे उत्तरी दिङ्ला र संखुवासभाको तुम्लिङटार जाेड्ने अरुण नदिमा पर्ने सतिघाटकाे फेरि संचालनमा आएको छ । गत चैत १६ गते दिउसोबाट लठ्ठा घुमाउने पुुल्लीमा समस्या देखिए पछि फेरि बन्द भएको थियाे । लठ्ठा घुमाउने पुल्लि खिएर जानुका साथै त्यसले लठ्ठाका तारमा समेत समस्या देखिए पछि तत्काल फेरि बन्द गरिएको थियाे । षडानन्द नगरपालिकाकाे सम्पुर्ण टिम र काठमाडौंबाट आएको प्राविधिक टाेलिकाे अथक प्रयासपछि बैशाख ६ गतेबाट फेरि पुन संचालनमा आएको षडानन्द नगरपालिकाका कार्यकारी अधिकृत माेहन चापागाईंले बताए । फेरि मर्मत पछि उत्तरी क्षेत्रबाट चल्ने लामाे तथा छाेटाे दुरिका सवारीसाधन दिउँसोबाट संचालनमा आएका छन् । नदिमा पानीको वहाव षडान्नद नगरपालिका तर्फ माेडिएकाले सतिघाटतर्फ बालुवा धेरै थुप्रिएकाे छ । उक्त बालुवा स्काभेटल लगाएर नहटाउँदा सम्म ठुला मालवाहक सवारीसाधन ओसारपसारमा भने केही कठिनाइ हुने र त्यसकाे...