Blog - Page 60 of 114 - साझाकुरा
आइतवार, असार १४, २०८३

Blog

संखुवासभामा सम्पन्न पालिकास्तरीय भलिबलको उपाधि झापाको दमकले जित्याे
खेलकुद

संखुवासभामा सम्पन्न पालिकास्तरीय भलिबलको उपाधि झापाको दमकले जित्याे

संखुवासभाको सभापोखरी गाउँपालिकामा तरुण दलले आयोजना गरेको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाको दमकले जितेकाे छ । सभापाेखरीकाे बाह्रबिसेमा भएकाे फाइनल खेलमा आयोजक सभापोखरीलाई ३–१ सेटले हराउँदै दमकले उपाधि हात पारेकाे थियाे। प्रतियोगितामा भोजपुरको षडानन्द नगरपालिकाले तृतिय स्थान हाँसिल गरेकाे छ। बेस्ट प्लेयर रोमन बस्नेत (दमक), बेस्ट स्पाइकर रोशन विक (सभापोखरी), बेस्ट ब्लकर पुकार तामाङ (दमक), बेस्ट सटर राजन लिम्बू (दमक), बेस्ट सर्भर प्रदीप कट्टेल (सभापोखरी) र बेस्ट लिब्रो भुवन केसी (दमक) घोषित भए।  त्यसैगरी, खुला वडास्तरीय महिला भलिबल प्रतियोगितामा भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ९ प्रथम भएको छ। २–० को सोझो सेटमा पाँचखपन नगरपालिका वडा नम्बर ८ लाई हराउँदै आमचोक– ९ ले उपाधि चुमेकाे हो। पुरुषतर्फका विजेतालाई नगद रु दुई लाख, उपविजेताले एक लाख र तेस्रोले नगद ५० हजा...
बैंकका तत्कालीन सीईओसहित ११ जनालाई हिरासतमा राख्न अनुमति
समाचार

बैंकका तत्कालीन सीईओसहित ११ जनालाई हिरासतमा राख्न अनुमति

उच्च अदालत पाटनले कमसल धितो राखी बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी बैंकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति प्रदान गरिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।  ...
राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित
राजनीति, समाचार

राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।  दाहालले राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता मा ओ बादी केन्द्रका नेता दाहालले गठबन्धन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए । दाहाललाई माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य गरी ३८ जनाले मत दिएका थिए भने राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मतदान गरेका थिए । दाहालका प्रतिस्पर्धी का रुपमा उम्मेदबारि दिएका राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको खसेकाे थियाे । आज भएको मतदानमा ५६ जना सांसद सहभागी थिए । ...
संखुवासभा प्रहरीद्वारा हत्यारा सार्बजनिक (भिडियाे सहित)
अपराध, समाचार

संखुवासभा प्रहरीद्वारा हत्यारा सार्बजनिक (भिडियाे सहित)

गत फागुन १८ गते खाँदबारी ७ मा भएकाे हत्याकाे सम्बन्धमा फागुन २७ गते संखुवासभा प्रहरीले हत्यारा सार्बजनिक गरेकाे छ । एक पत्रकार सम्मेलनकाे आयाेजना गरि हत्यारा सार्वजनिक गरेकाे हाे । खाँदबारी ११ का मंशिरे शेर्पाले लिभिङ टुगेदरमा खाँदबारी ७ आर्मी क्याम्प नजिक डेरामा आफुसंङ्गै बस्दैआएकि शिलिचाेङ २ घर भएकी २६ बर्षिया बीना कुमारी राईकाे हत्या गरि फरार रहेकाेमा प्रहरीले उनलाई फागुन २४ गते राति खाँदबारी ७ बाट पक्राउ गरेकाे थियाे । भिडियाे : https://youtu.be/B49r18P6aJ8?si=epelQ8a3jCTpNsd8...
पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुर मोहन श्रेष्ठ
समाचार

पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुर मोहन श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठ पार्टि कार्यालय धुम्बाराहि मै कुटिएका छन् । पार्टी कार्यालय, धुम्बाराहीमा रहेको केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको संग छलफल गरि कार्यकक्षबाट निस्किएका श्रेष्ठमाथि अज्ञात ब्यक्तिहरुले कुटपिट गरेको बताईएको छ । लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएको र उनि भाग्ने तैयारीमा रहेका बेला ढोकामै उनलाई कुटपिट गरिएको बताईएको छ । उनलाई कुटपिट गर्न थालिएपछि बुद्धिमान तामाङलगायतका केहि नेताहरुले उनिहरुलाई छुट्याएका थिए । आक्रमण गर्ने को हुन् र किन आक्रमण गरेका हुन् भन्ने बारेमा हालसम्म कुनै प्रष्ट नखुलेको राप्रपाका एक नेताले जनाए । श्रेष्ठले पुर्वमन्त्रि बिक्रम पाण्डेलाई भ्रष्टाचारी भनेर अभिब्यक्ति दिएका कारण उनीमाथि हातपात भएको हुनसक्ने आँकलन गरिएको छ । ँ ...
कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला
राजनीति, समाचार

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला

काँग्रेस राष्ट्रिय सभा संसदिय दलको नेतामा काँग्रेसले कृष्णप्रसाद सिटौलालाई मनोनीत गरेको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेको काँग्रेसले बिज्ञप्ती मार्फत जानकारी गराएको छ । निजी सचिव केशवराज जोशीले काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई संसदीय दलको नेतामा मनोनयन गरिएको बिज्ञप्ती सार्वजनिक गरेका हुन् । ...
जसपाका उपेन्द्र यादव सहित दुई मन्त्री र एक राज्यमन्त्रीले लिए सफत
राजनीति, समाचार, स्वास्थ्य

जसपाका उपेन्द्र यादव सहित दुई मन्त्री र एक राज्यमन्त्रीले लिए सफत

जनता समाजवादी पार्टी जसपा नेपालका दुई मन्त्री र एक राज्यमन्त्रीले आज शपथग्रहण लिए्का छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र नेता नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालयको शपथ लिएको जसपा श्रोतले जनाएको छ । यसैगरि स्वास्थ्य राज्यमन्त्रीमा जसपाकै दीपक कार्कीले पनि आजै स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएको जनाईएको छ । ...
सुनको भाउ आईतबार तोलाको १ लाख २६ हजार
अर्थ/व्यापार, समाचार

सुनको भाउ आईतबार तोलाको १ लाख २६ हजार

सुनको भाउ आज आईतबार बढेर तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ पुगेको जनाएको हो । गत बिहीवार र शुक्रवार सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएकोमा सुनको भाउ बढेर अहिले सम्मकै उच्च मुल्यमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउमा पनि बृद्धि आएको छ । चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । ...
करेण्ट लागेर दुईकाे मृत्यु
समाचार

करेण्ट लागेर दुईकाे मृत्यु

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो।  बिद्धुत सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए।  'गाडेको विद्युत्को पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत् प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो', उनले भने, 'दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो।' मृतक केशवराज थापा स्थानीय मङ्गलासैनी माध्यमिक विद्यालयको शिक्षक थिए। अन्नपुर्ण पाेष्टमा याे खबर छ । ...
बरिष्ठ समाजसेवी श्रेष्ठले दिनेभए क्लबलाई निशुल्क जग्गा (भिडियाे)
भिडीयाे, समाचार

बरिष्ठ समाजसेवी श्रेष्ठले दिनेभए क्लबलाई निशुल्क जग्गा (भिडियाे)

हेल्पिङ्ग हेण्ड्स अन्तराष्ट्रियका अध्यक्ष, संखुवासभा स्थित सुर्य सेकेण्डरी बाेर्डिङ स्कुलका सञ्चालक खाँदबारी ताराद्वारा सम्मानित ब्यक्तित्व नारायण श्रेष्ठले खाँदबारी युथ क्लबलाई निशुल्क रुपमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। लामाे समय देखि संखुवासभाकाे सामाजिक सुधारका विभिन्न क्षेत्रमा कृयाशिल खाँदबारी युथ क्लब आफ्नै कार्यालय भवन नहुँदा समस्यामा पर्दै आएकाे छ । भवन अभावमा घर भाँडामा बस्दै आएकाे खाँदबारी युथ क्लबले विभिन्न ब्यक्ति र स्थानीय सरकारसंंग जग्गा उपलब्ध गराउन दर्जनाैं पटक आग्रह गर्दा पनि कुनै सुनुवाई हुन सकिरहेकाे थिएन । केहिदिन अघि क्लबले आयाेजना गरेकाे स्वागत सम्मान तथा भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै बरिष्ठ समाजसेबीका रुपमा परिचित श्रेष्ठले खाँदबारी १ स्थित सुर्य बाेर्डिङ स्कुल नजिकै रहेकाे मुल्यवान घडेरी क्लबलाई निशुल्क प्रदान गर्ने घाेषणा गरेका हुन् । ...