तेह्रथुममा टिपर दुर्घटना : २ को मृत्यु, ३ घाईते
तेह्रथुमको लालीगुराँस नगरपालिका ९ काँडेमा टिपर दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ३ जना गम्भीर घाईते भएका छन् । म्याङलुङ बसन्तपुर सडक खण्डको काँडे बाट लसुने वजार तर्फ आउदै गरेको को १ ख ५८२९ नम्वरको टिपर वुधवार बेलुकी ६ : ३० वजे सडक बाट १ सय ५० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बसन्तपुर तेह्रथुमले जनाएको छ ।
दुर्घटनामा परी टिपरमा सवार झापा जिल्ला मेची नगरपालिका १५ का २३ बर्षिय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ बर्षका साधु श्रेष्ठको मृत्यु भएको बसन्तपुर अस्पतालले जनाएको छ । मादी नगरपालिका ४ संखुवासभा घर भएका बर्ष ४० का दिनेश तामाङ, झापा घर भएका बर्ष २१ का समिर चौधरी र उमेर नखुलेका बिष्णु थामी घाईते भएको ट्राफिक प्रहरीले जनँएको छ ।
थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ पठाईएको प्रहरीले जनाएको ...









