Blog - Page 76 of 114 - साझाकुरा
आइतवार, असार १४, २०८३

Blog

युद्ध बिरामको अन्त्य संगै इजरायल–हमासबीच युद्ध शुरु
अन्तर्राष्ट्रिय

युद्ध बिरामको अन्त्य संगै इजरायल–हमासबीच युद्ध शुरु

युद्ध बिरामको अन्त्यसंगै ईजरायल र प्यालेष्टिनी बिद्रोही समुह हमास बिचको शुद्ध पुन शुरु भएको छ । कतारको मध्यस्थतामा ईजरायल र हमास बिचको युद्ध सात दिनका लागि स्थगित गरिएको थियो । युद्ध बिरामको घोषणा सकिने बित्तिकै पुन ईजरायलले हमास केन्द्रित आक्रमण शुरु गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । इजरायलले अहिले दक्षिणी गाजामा हवाई आक्रमण बढाएको छ । इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै पुन युद्धको बाटो रोजेको संचार संस्था बिबीसीले बताएको छ । हमासद्वारा सञ्चालित आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजा पट्टीमा ईजरायलले धेरै हवाई आक्रमण गरेकाले अहिले त्यहाँको स्थीति भयावह भैरहेको छ । विस्फोट र गोलीबारीको आवाजले मानिसहरु आक्रान्त बनेको हमासको दावी छ । सात दिनसम्म चलेको युद्धविराममा हमासबाट बन्धक एक सय १० र इजरायलले बन्दी बना...
चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि
समाचार, स्वास्थ्य

चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि

दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन। बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ। चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट पाका उमेरका मानिसभन्दा बालबालिका बढी प्रभावित भएको जानकारीमा आएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ। चीनमा आकस्मिक रूपमा निमोनिया जस्तै श...
तसलामा बालेको आगो सल्किँदा दुई परिवारका चार जनाको मृत्यु
समाचार

तसलामा बालेको आगो सल्किँदा दुई परिवारका चार जनाको मृत्यु

बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरमा भएको आगलागीमा दुई परिवारका चार जनाको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । जाडोबाट बच्न तसलामा बालेको आगो सल्किँदा आगलागीमा परि चार जनाको ज्यान गएको प्रहरीको भनाई छ । ज्यान गुमाउनेमा भरत चन्दका दुई छोरा १८ महिनाका कार्तिक चन्द, सात वर्षीय कृष चन्द र भरतकी दिदी ३६ वर्षीया राधा बुढा र राधाकी छोरी मानषी बुढा रहेका छन् । आगलागीबाट भरतकी श्रीमती करिश्मा चन्द गम्भीर घाइते हुनुभएको वडा नम्बर ४ का अध्यक्ष सुरेश गौतमले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालको भनाई छ । ...
हमासले १३ जना बन्धक रिहा गरेपछि बदलामा इजरायलद्वारा ३९ प्यालेस्टिनी रिहा
अन्तर्राष्ट्रिय

हमासले १३ जना बन्धक रिहा गरेपछि बदलामा इजरायलद्वारा ३९ प्यालेस्टिनी रिहा

हमासले १३ जना बन्धक नागरिकलाई रिहा गरेपछि बदलामा इजरायले पनि ३९ जना प्यालेस्टिनीलाई जेलमुक्त गरेको छ । इजरायली जेलमा राखिएका २४ जना महिला र १५ किशोरीलाई शुक्रबार राति रिहा गरेको थियो। उनीहरुलाई ढुङ्गा प्रहार गरि हत्या प्रयास र अन्य जघण्य अपराधका आरोप लगाई थुनामा राखिएको थियो । हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन शुक्रबार २४ जना बन्धकलाई रिहा गरेको छ । गाजाबाट रिहा हुनेमा १३ जना इजरायली र अरु थाइ नागरिक रहेका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले जनाए अनुशार इजरायली महिला र बालबालिका तथा थाइल्यान्डका कामदारहरूलाई रिहा गरिएको छ । रिहा भएकाहरु अहिले रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका बीबीसीले उल्लेख गरेको । कतारको मध्यस्थतामा अहिले प्यालेष्टीनि बिद्रोहि समुह हमास र ईजरायलबिचको युद्ध ४ दिनका लागि स्थगित गरिएको छ । कतारको मध्यस्थतामा भएको सम्झौता अनुशार इजरायल र हमासले अस्थायी युद्धविर...
लैंङ्गिकहिंसा बिरुद्ध १६ दिने अभियान शुरु
समाचार, समाज

लैंङ्गिकहिंसा बिरुद्ध १६ दिने अभियान शुरु

लैङ्गिक हिंसा अन्त्यकाे सुनिश्चितता: महिला र बालबालिकामा लगानीकाे ऐक्यबद्धता भन्ने नाराका साथ लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियान आजबाट शुरु भएकाे छ । संखुवासभाकाे खाँदबारी नगरपालिका र जिल्ला प्रहरी कार्यालय संखुवासभाले संयुक्त रुपमा सहभागिता जनाउँदै खाँदबारीकाे पाेखरी बजारबाट अभियानकाे शुभारम्भ गरेकाे हाे । प्रत्येक बर्ष नाेभेम्बर २५ देखि डिसेम्बर १० सम्म बिश्वभर नै याे अभियान मनाउने गरिएकाे छ । अभियानकाे अवसरमा खाँदबारी नगरपालिकाले विभिन्न सचेतनामुलक जिंगल प्रसारण, डकुमेन्ट्रि प्रदर्शनी तथा अन्तरकृया कार्यक्रम समेत आयाेजना गरेकाे खाँदबारी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत निर्माण कुमार कार्कीले जानकारी दिए । भिडियाे: https://www.youtube.com/shorts/LzI_JQxLOt0...
पर्यटक तान्दै मत्स्यपोखरी
अर्थ/व्यापार, रोचक, समाचार, समाज

पर्यटक तान्दै मत्स्यपोखरी

संखुवासभाको चिचिला गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित मत्स्यपोखरी सङ्खुवासभा कै एक उत्कृष्ठ धार्मिक तथा पर्यटकिय गन्तब्य हो । जिल्ला सदरमुकाम खाँदबारीबाट करिव डेढ घण्टाको सवारी दुरीमा रहेको यस पोखरीलाई जिल्लाकै एक उत्कृष्ठ धार्मिक पर्यटकिय गन्तब्यका रुपमा स्थापीत गर्न चिचिला गाउँपालिकाले बिभिन्न दीर्घकालिन योजनाहरु अघि सारेको छ । पोखरीमा तिर्थयात्री तथा पर्यटकहरु असला माछाको अवलोकनका लागि पुग्ने गरेका छन् । असला माछाका साथसाथै यहाँको मनमोहक प्राकृतिक दृष्यावलोकन र रमणिय वातावरणले यस क्षेत्रको यात्राका लागि पर्यटकलाई आकर्षण गर्ने गरेको छ । मत्स्य पोखरिको आकर्षण थप्न फोहोरा सहितको माछो, शिवलिङ्ग, बसाहा, शेषनाग, शान्तिका अग्रदुत गौतम बुद्ध लगायतको प्रतिमा बनाई प्राण प्रतिष्ठा समेत गरिएको छ । अव चाँडैनै पोखरी वरिपरि लगाईएको रेलिङमा एक सय बढिको संख्यामा नेपालको राष्ट्रिय झण्डा फहराउने...
भुमिहिन २६ परिवारलाई धनिपुर्जा
समाचार

भुमिहिन २६ परिवारलाई धनिपुर्जा

बर्षौ देखि अर्काको जग्गामा बस्दै आएका भूमिहिनलाई पाँचखपन नगरपालिका ७ भैसि चोकको चैनपुर बाह्रबीसे सडक खण्डमा जग्गा उपलव्ध गराएको छ । २६ परिवारलाई परिवार संख्या हेरेर १ सय ३० देखि ३ सय २० बर्गमिटरसम्म जग्गा उपलव्ध गराईएको हो । उनीहरुलाई भूमि आयोगका जिल्ला अध्यक्ष अध्यक्ष शंकरमान कडेल, संघीय सांसद दीपक खड्का लगायतले साेमबार एक कार्यक्रमकाे आयाेजना गरि धनीपुर्जा हस्तान्तरण गरेका हुन् ।...
संखुवासभाकाे खाँदबारी नगरपालिकाद्वारा आगामी मंशिर ७ गते स्थानीय बिदाकाे घाेषणा
समाचार

संखुवासभाकाे खाँदबारी नगरपालिकाद्वारा आगामी मंशिर ७ गते स्थानीय बिदाकाे घाेषणा

संखुवासभाकाे खाँदबारी नगरपालिकाले आगामी मंशिर ७ गते स्थानीय बिदाकाे घाेषणा गरेकाे छ । स्थानीय एकादशी मेलालाई भब्य रुपमा सम्पन्न गर्ने उदेश्यले ७ गते बिहिबारका दिन अत्यावश्यक सेवा बाहेकका कार्यालय बिदा दिने निर्णय गरिएकाे नगरपालिकाले बिज्ञप्ति मार्फत जनाएकाे छ । एकादशी मेलाकाे अवसरमा बिबिध साँस्कृतिक कार्यक्रमकाे समेत आयाेजना गरिएकाे छ । ...
भिपिएन र डिएनएसबाट टिकटक चलाउँदा बैंकिङ डाटा चोरी हुनसक्छ : प्रहरी
अपराध, समाचार

भिपिएन र डिएनएसबाट टिकटक चलाउँदा बैंकिङ डाटा चोरी हुनसक्छ : प्रहरी

नेपाल प्रहरीको साइबर ब्यूरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ। यस्ता माध्यमबाट प्रतिबन्धित सामाजिक सन्जाल टिकटकको प्रयोग भइरहेको भन्दै ब्यूरोले व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुनसक्ने जनाएको छ। भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरुको समेत पहुँच पुर्याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ ब्यूरोले मंगलबार जारी गरेको सूचनामा भनिएको छ।...
माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
समाचार

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ७ गते माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको छ । मेडिकल व्यावसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान र नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले मंसीर ७ गते एकै समयमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले सो स्थानमा प्रदर्शन गर्न रोक लगाएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै पुतलीसडकको पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिमगेट, सर्वोच्च अदालत हुदै माइतीघर मण्डलाको चारैतर्फ, माइतीघरदेखि बबरमहल, विजुलीपुल हुँदै नयाँ बानेश्वरचोकसम्म निषेधित क्षेत्र तोकिएको जनाएको छ । यो क्षेत्रमा ३० दिनसम्म पाँच जना भन्दा धेरै व्यक्ति भेला हुन नपाउने, अनसन, धर्ना तथा प्रदर्शन गर्न नपाउने पनि सीडीओ कार्यालयले जनाएको छ । ...