छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टनको उपाधी प्रविण र जानकीलाई
संखुवासभा, पाैष ६
सुरेन शाक्य,
जिल्ला व्याडमिन्टन संघ संखुवासभाद्वारा आयोजना तथा नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति प्रतिष्ठान संखुवासभाको प्रायोजन आयोजित छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टन प्रतियोगिताकाे उपाधि प्रबिण श्रेष्ठ र जानकिबल्लभले हात पारेका छन् ।
खाँदबारी नगरपालिका१, घिमिरेगाउँ स्थित सोमनाथ घिमिरे स्मृति कभर्ड हलमा २०८२ साल पौष ३ देखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा प्रविण श्रेष्ठ र जानकी बल्लभको जोडीले मुनुहाङ गुरुङ र राज बिक्रमको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हाे।
विजेता जोडीले नगद रु. ३५,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जोडीले नगद रु. २०,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगिताको सेमिफाइनल चरणमा पुगेका राजेन्द्र श्रेष्ठ र अ...









