संखुवासभा असार ९
संखुवासभाको सदरमुकाम खाँदबारीस्थीत जिल्ला अस्पतालको नवनिर्मत ५० शैयाको भवन आज सोमबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ । बिकोइ÷स्वामिनारायण÷आशिर्वाद निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको भवन भवन निर्माण आयोजना धनकुटाको रु २७ करोड ४९ लाख ४५ हजारको लागतमा निर्माण गरिएको हो ।
राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, प्रसाशन र नागरिक समाजको उपस्थीतिमा उक्त भवन निर्माण कम्पनीले अस्पताल ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको जिल्ला समन्वय प्रमुख सुमन शाक्यले बताए ।
भवन र उपचार कक्षको अभावहुँदा बिरामीको उपचारमा समस्या हुँदै आएको उनको भनाई छ । उक्त भवनबाट चाँडैनै ब्यवस्थीत रुपमा उपचार सेवा प्रवाह शुरु गरिने समन्वय प्रमुख शाक्यको भनाई छ ।