घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाले सभापोखरी गाउँपालिकाको बाह्रबिसे बजारको अनुगमन गरेको छ ।
संखुवासभा उद्योग बाणिज्य संघ, पशुसेवा बिज्ञ केन्द्र खाँदबारी, करदाता सेवा कार्यालय खाँदबारी, नेपाल पत्रकार महासंघ र प्रहरी चौकी बाह्रबिसका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको उक्त अनुगमन टोलिले पसलहरुमा राखिएका खाद्य तथा पेय पदार्थको परिक्षण गर्नूका साथै करदाता सेवा कार्यालय र संखुवासभा उद्योग बाणिज्य संघबाट ब्यवसायीका हितका लागि भैरहेका सेवाप्रवाहका बारेमा समेत जानकारी गराएको थियो ।
अनुगमन टोलिले डेट स्पायर भैसकेका करिव दश हजार बराबरका केहि पेय पदार्थहरु जफत गरि नष्ट समेत गरेको थियो । अनुगमन कार्यलाई निरन्तरता दिन आगामी दिनमा समेत बिषेस योजनाका साथ अघि बढ्ने कार्यक्रम रहेको घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाका प्रमुख प्रेमचन्द्र राईले जानकारी दिए ।
अखाद्य पदार्थकाे बिक्रि वितरण राेक्न र यस्ता अखाद्य पदार्थबाट मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर न्युनिकरण गर्न बाणिज्य संघले समेत भुमिका निर्वाह गर्दै आएकाे संखुवासभा उद्याेग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले बताए ।



