निर्वाचन सम्पन्न गर्न सबैको दायित्वः डिआईजि घिमिरे - साझाकुरा
बुधबार, फाल्गुन २०, २०८२

निर्वाचन सम्पन्न गर्न सबैको दायित्वः डिआईजि घिमिरे


editor@sajhakura January 8, 2026

पौष २४

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी बिनोद घिमिरेले घोषित निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सबैपक्षको सामुहिक योगदान आवश्यक भएको बताउनु भएको छ ।
संखुवासभा मकालु गाउँपालिकाको हेदाङनामा निर्माण भएको ईलाका प्रहरी कार्यालय उद्घाटनका क्रममा संखुवासभा आईपुग्नुभएका डिआईजि घिमिरेले आज बिहान पत्रकार संगको संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारको प्रमुख प्राथमिकतामा रहेको फागुन २१ को निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबैपक्ष एकजुट भएर लाग्नुपर्ने बताउनु भएको हो ।
शान्तिपुर्ण र भयरहित वातावरणमा घोषित निर्वाचन सम्पन्न गरि देशलाई निकास दिन यतिवेला सबैको दायित्व भएकोमा जोड दिँदै संञ्चार जगतको भुमिका महत्वपुर्ण हुने धारणा राख्नुभएको थियो ।
पत्रकार भेटघाटमा आफ्ना बिचार राख्दै नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले परिवर्तित समयमा शान्ति शुरक्षा र सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचन लगायत जिल्लाका सरोकारका बिषयमा संखुवासभाका पत्रकारहरु संबेदनशिल रहेको जनाउँदै जिल्लाका शुरक्षा निकायहरुसंग बिगतदेखि नै अनोन्याश्रीत सम्वन्ध रहँदै आएको स्मरण गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *