पाैष १५
ल्हाेसारकाे अवसरमा सेकाहा सामुदायिक बिकास क्लब खाँदबारी ४ सेकाहाले पाैष ११ देखि १५ सम्म ऐतिहाँसिक महाेत्सवकाे आयाेजना गरेकाे छ ।
महाेत्सवकाे समापन कार्यक्रममा चर्चित गायक धिरज राई लगायतका कलाकारबाट साँगितिक प्रस्तुति दिने कार्यक्रम रहेकाे छ । महाेत्सवका अवसरमा विभिन्न खेलकुद प्रतियाेगितामा सहभागिहरुलाई पुरस्कार वितरणकाे कार्यक्रम समेत राखिएका छन् ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् ।
तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ ।
यसैगरि संखुवासभाका गुरुङ समुदायले पनि बिबिध कार्यक्रमका साथ तमु ल्हाेसार मनाउँदैछन् ।