असार ६
नेपाली जनसम्पर्क समिति मलेशियाले संकलन गरि पठाएको रकम नेपाल पत्रकार महासंघ संखुवासभाले हस्तान्तरण गरेको छ । एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको छ ।
ं
समितिले संकलन गरि पठाएको रु ३० हजार मध्ये खाँदबारी ७ स्थीत माट्स नेपालदेवारा संचालित बाल कल्याण गृहलाई १५ हजार बराबरको सामग्री र सभापोखरी ६ मा गत जेष्ठ २५ गते आगलागि भै घरबार बिहिन बनेका सुवास राईको परिवारलाई हस्तान्तरण गरिएको हो ।
पत्रकार महासंघले जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा हिजो एक कार्यक्रमको आयोजना गरि बालकल्याण गृहलाई सहयोग उपलब्ध गराएको थियो भने आज सनिवार सभापोखरी वडा नं। ६ का वडाध्यक्ष जितेन्द्र वनेमको उपस्थीतिमा सभापोखरीका अग्नी पिडित राईका परिवारलाई महासंघ कार्यालयमै एक कार्यक्रमको आयोजना गरि रु १५ हजार हस्तान्तरण गरेको हो ।
नेपाली जनसम्पर्क समिति मलेशियाले यश अघि पनि विभिन्न समस्यामा परेका संखुवासभालीहरुलाई सहयोग उपलब्ध गराउँदै आएको अध्यक्ष चोलाकान्त पंगेनीले जानकारी दिए । भिडियो
