बैसाख २२
मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नपा–१ का २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले बुधबार साँझ ७ बजेको समयमा वीरगन्जस्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको जनाएको छ ।
वीरगन्ज–१६ शंकराचार्य गेटस्थित सडक खण्डमा प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीको चेकिङ गस्तीले नेपालबाट भारततर्फ जाँदै गरेका एक पुरुष तथा १ युवतीलाई रोकेर सोधपुछ गर्दा शंकास्पद जवाफ आएकाले उनीहरुलाई निण्न्त्रणमा लिई थप अनुशन्धान गरिएको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार क्रममा तामाङले वीरगन्ज नजिक कपडा कारखानामा आकर्षक रोजगारि दिलाउने प्रलोभन देखाएई भारत लैजान लागेको खुलासा भएको प्रहरीले जनाएको छ ।
तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपि सुवास भट्टले बताए ।