रेडक्रसद्वारा निशुल्क स्वास्थ्य शिवीर संचालन - साझाकुरा
बुधबार, अशोज ८, २०८२

रेडक्रसद्वारा निशुल्क स्वास्थ्य शिवीर संचालन


editor@sajhakura June 23, 2025

संखुवासभा, असार ८
नेपाल रेडक्रस सोसाईटि संखुवासभाले सभापोखरी गाउँपालिका वडा नं. १ धुपुमा निशुल्क स्वास्थ्य शिवीरको आयोजना गरेको छ । आँखा, कान, अपांगता, हाडजोर्नी, लगायतका स्वास्थ्य समस्याहरुको परिक्षण गरिएको उक्त शिबिरमा १ सय ७१ जनाले सेवा लिएका छन् ।
शिवीरमा पहिचान गरिएको बिरामी र स्वास्थ्य समस्या भएका मध्ये १८ जनालाई एसएस टिप डिभाईस, ३ जनालाई ह्विल चेयर र ८ जनालाई टेक्ने लौरो उपलब्ध शिफारिस गरिएको छ । उक्त सामग्रीहरु केहिदिन भित्रै पहिचान गरिएको ब्यक्तिहरुलाई प्रदान गरिने रेडक्रसका फिल्ड सुपरभाईजर श्रृतीनाथ चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *