हिमाल आरोही किपा लामु शेर्पा संखुवासभामा सम्मानित - साझाकुरा
बिहिबार, माघ २, २०८२

हिमाल आरोही किपा लामु शेर्पा संखुवासभामा सम्मानित


editor@sajhakura June 6, 2025

हिमाल आरोही किपा लामु शेर्पा संखुवासभामा सम्मानित
जेष्ठ २३
संखुवासभा । करिब दुई महिनाको अवधीमा विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४९मी.) र विश्वको पाँचौ अग्लो मकालु हिमाल (८४८५मी.) सफल आरोहण गर्ने संखुवासभा मकालु २ कि किप्पा ल्हमु शेर्पा सम्मानित भएकी छन् ।
विहीबार सदरमुकाम खाँदबारीमा जिल्ला समन्वय समिति संखुवासभाले किपा लामु शेर्पालाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मानित गरेको हो । जिल्लाको मकालु गाउँपालिका वडा नं. २ मा जन्मिएकी किपा लामुले यहि बर्ष करिब दुई महिनाको अवधीमा दुई अग्लो हिमाल आरोहण गरेर कीर्तिमानी कायम गरेकी हुन् । वि.सं. २०५३ माघ १५ गते बुबा पासाङ दोर्ची शेर्पा र आमा पासाङ डोमा शेर्पाको कोखबाट जन्मिएकी २८ बर्षीय किपा लामु ३ जना छोराछोरीका आमा हुन् । उनले गत १० अप्रिल अर्थात चैत्र २८ गते १२ दिनमा विश्वको पाँचौ अग्लो मकालु हिमाल चढेकी थिइन भने २३ मे अर्थात जेठ ९ गते ४ दिनमा नै विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल चढेर गृह जिल्ला संखुवासभा फर्किएकी हुन् ।
कार्यक्रममा सम्मानित ब्यक्तित्व किपा लामुले हिमाल आरोहण गर्न त्यति सजिलो नभएको बताईन् । उनले हेर्दा जति सजिलो होला जस्तो लागेपनि ज्यानैको जोखिम मोलेर हिमाल चढन कठिन रहेको बताउदैं चुचुरोमा पुगेपछि सबै दुःखहरु बिर्सने गरेको बताइन् । 
हिमाल आरोही किपा लामुलाई सम्मान गर्दै जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले एउटी महिला त्यसमा पनि आमाले विश्वको अग्लो दुई वटा हिमाल चढेर कीर्तिमानी कायम गरेकाले सम्मान गरिएको बताए । उनले यस्ता साहसी महिलालाई राज्यले समेत हौसला, सम्मान गर्नुपर्ने बताउर्दै सबैको लागि उदाहरणीय महिला बनेको बताइन् । 
कार्यक्रममा राजनैतिक दलका तर्फबाट नेपाली कांग्रेस कार्यवहाक जिल्ला सभापति अन्नतकुमार गौली, नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राई, रास्वपाका जिल्ला संयोजक भक्तनारायण श्रेठ, जसपा नेपालका अध्यक्ष सिताराम तिम्सिना र एकीकृत समाजवादी पार्टीका उपसचिव इन्द्रकुमार कार्कीले लगायतले बधाई तथा शुभकामना मन्तब्य राखेका थिए ।
संखुवासभाको मकालु गाउँपालिका मकालु हिमालकै नामबाट नामाकरण भएको हो ।
मकालु गाउँपालिकाका अधिकाँस मानिसहरु टेकिङ्ग पेशामा आवद्ध छन् । मकालुको सेदुवा, नुर्बुगाउँ, टासीगाउँ, वलुङ लगायतका क्षेत्रका अधिकांस युवाहरुको जिविकापार्जनको स्रोत नै ट्रेकिङ्ग ब्याबसाय हो । मकालु गाउँपालिकालाई आरोहीहरुको पालिका समेत भनेर चिनिन्छ । 
श्राेत: संखुवासभा एक्सप्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *