स्थापना दिवसका अवशरमा नागरिक सम्बाद - साझाकुरा
शुक्रबार, माघ २४, २०८२

स्थापना दिवसका अवशरमा नागरिक सम्बाद


editor@sajhakura June 3, 2025

मानव अधिकार तथा शान्ति समाज नेपालको २९ औं स्थापना दिवसका अवसरमा संखुवासभा शाखाले नागरिक सम्बादको आयोजना गरेको छ । शान्ति समाजले सोमबार सदरमुकाम खाँदबारीमा बैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्य सेवा नागरिकको आधारभुत अधिकार बिषयक नागरिक सम्बादको आयोजना गरेको हो ।
लोकदर्शन शाक्यको सभापतित्वमा भएको कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अनन्तकुमार गौली प्रमुख आतिथी रहनुभएको थियो भने संखुवासभा बिशिष्ठ अतिथी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष युवराज शाक्य, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, नेपाल रेडक्रस सोसाईटि संखुवासभाका सभापति सरोज कुमार बज्राचार्य, शान्ति समाजका पुर्व केन्द्रिय सदस्य निर्मला गुरुङ्ग, श्रृजनशिल सामुदायिक बिकास केन्द्रका अध्यक्ष राधादेवी बस्नेत नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, नागरिक समाजकी बेदकुमारी चापागाईं, लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा राधादेवी बस्नेतले बैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्य सेवा नागरिकको आधारभुत अधिकार बिषयमा अवधारणा प्रस्तुत गर्दे नागरिकको शिक्षा र स्वास्थ्य अधिकारलाई संबिधानले प्राथमिकतामा राखे पनि कार्यान्वयनमा भने अझै धेरै कमिकमजोरी रहेको औंल्याउनुभएको थियो । बैज्ञानिक शिक्षा भन्ने गरिएपनि अहिलेको शिक्षा निति र शिक्षण प्रकृया प्रबिधीमैत्री हुननसक्दा ब्यवहारिक शिक्षा प्रणाली अवलम्बनमा कठिनाई देखिएको बस्नेतको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथी अनन्तकुमार गौलीले नागरिकले पाईरहेको स्वास्थ्य सुबिधा भरपर्दाे हुन नसकेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधार हुन आवश्यक रहेको धारणा राख्नुभएको थियो । अहिलेको शिक्षा निति नै अब्यवहारिक र अबैज्ञानिक भएकाले अहिले युवाबर्ग गुणस्तरिय शिक्षा र रोजगारीको खोजिमा बिदेश पलायन हुन बाध्य भएको वहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *